default_image

2 years ago

April 22, 2023

हैदराबादलाई हराउँदै चेन्नई तेस्रो स्थानमा

113 views

0 Bookmark

एजेन्सी – ओपनर डेभन कन्वेको अर्धशतक र रविन्द्र जडेजाको उत्कृष्ट बलिङको सहयोगमा चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को २८ औं खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ ।

चौथो जितसँगै महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईले प्लेअफ सम्भावना बलियो बनाउँदै अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

चेन्नईको जितमा डेभन कन्वे ५७ बलमा १२ चौका र १ छक्कासहित ७७ रनमा अविजित रहे । अर्का ओपनर ऋतुराज गायकवाड ३० बलमा २ चौकासहित ३५ रनमा आउट भए ।

पहिलो विकेटका लागि ऋतुराज र कन्वेले ११ ओभरमा ८७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । अजिंक्या रहाणे र अम्बाती रायुडू समान ९ रनमा आउट भए । मोईन अली ६ रनमा अविजित रहे । हैदराबादका स्पिनर मयंक मारकान्डेले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनायो । हैदराबादका अभिषेक शर्माले २६ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । ओपनर ह्यारी ब्रुक १८, राहुल त्रिपाठी २१, एडेन माक्ररम १२, हेनरिक क्लासेन १७ र मयंक अग्रवाल २ रनमा आउट भए ।

चेन्नईका रविन्द्र जडेजाले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । आकाश सिंह, महेश थिक्सेना र मथिसा पाथिरानाले समान एक विकेट लिए ।

चेन्नई ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । समान खेल र नजिजाका साथ ८ ( ८ अंक भएपनि नेटरनरेटको कारण राजस्थान शीर्ष र लखनऊ दोस्रो स्थानमा छन् । हैदराबाद भने ६ खेलमा २ मा जित र ४ मा हारसहित ४ अंकका साथ नवौं स्थानमा छ ।

October 22, 2024

नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिका ए विरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । अमेरिकामा आयोजना हुने विश्व कप लिग टू अगाडीको ५० ओभरको अभ्यास खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । अमेरिका ए ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन […]

October 22, 2024

वेस्ट इन्डिजका फिलिप पोखराबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर एन्डरसन फिलिपलाई टोलीमा भित्र्याएको छ । पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौस र नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडेलाई टोलीमा भित्र्याएको थियो । फिलिपले वेस्ट इन्डिजका लागि २ टेस्ट र […]

October 22, 2024

अमेरिकाबारे जानकार नेपालको सफल ब्याटिङ

डालस, अमेरिका (हाम्रो खेलकुद) – क्यानडामा बिर्सनलयाक भ्रमणको एक सातामै नेपालले घरेलु टोली अमेरिकाविरुद्ध ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा तीन खेलको टी-२० आई सिरिज क्लिन स्वीप गर्यो । अमेरिकालाई उसकै घरेलु मैदानमा हराउनु कुनै सामान्य प्रदर्शन होइन । अमेरिका गत जुनमा टी२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध पारेर सुपर ८ मा पुगेको टोली थियो । अमेरिकाले अर्को […]

Success

Thank you for your time.