3 years ago
April 23, 2023
काठमाडौं – युएईका युवा ब्याटर वृत्य अरविन्दले एसिसी प्रिमियर कपमा सिंगापुरविरुद्ध शतक प्रहार गरेका छन् । टियु मैदानमा वृत्यले ९६ बलमा शतक पूरा गरेका थिए । वृत्य ९८ बलमा १३ चौका र १ छक्कासहित १ सय १ रनमा क्रिजमा छन् ।

उनले यसअघिको खेलमा टियु मैदानमा कुवेतविरुद्ध १ सय ४७ बलमा १७ चौका र ९ छक्कासहित १ सय ८५ रनमा आउट भएका थिए ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ३४ ओभरमा ५ विकेट गुमाउँदै ३ सय ४ रन बनाएको छ । युएईका कप्तान मोहम्मद वासिम ८२ बलमा १ सय ६० रन बनाउँदै आउट भएका छन् ।

वासिम ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रनमा आउट भएका थिए । उनी आदित्य भर्गवको २८ औं ओभरमा पाँचौं बलमा थर्डम्यानमा मनप्रीत सिंहबाट क्याच आउट भएपछि दोहोरो शतकको अवसर गुमाएका थिए ।
वासिमले ३४ बलमा अर्धशतक पूरा गरेका थिए । ६२ बलमा शतक पूरा गरेका थिए । ७८ बलमा १ सय ५० रन पूरा गरेका थिए ।

दोस्रो विकेटका लागि वृत्य अरविन्द र मोहम्मद वासिमले दोस्रो विकेटका लागि २ सय ४६ रनको साझेदारी गरेका थिए । टियु क्रिकेटम मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले २९ ओभरमा ३ विकेट गुमाउँदै २ सय ७९ रन बनाएको छ ।
वृत्य अरविन्द ८४ बलमा १३ चौका र १ छक्कासहित ९२ रनमा क्रिजमा छन् । युवा ओपनर आर्यन लाक्रा ७ बलमा २ चौकासहित १२ रनमा आउट भए । रमिज शाहजाद शून्यमा आउट भए । आसिफ खान ११ र रोहन मुस्तफा ३ रनमा आउट भए । सिंगापुरका विनोथ भास्करन र आदित्य भर्गवले समान दुई विकेट लिएका छन् ।

युएईले पहिलो खेलमा कुवेतलाई १ सय ४३ रनले हराएको थियो । दोस्रो खेलमा हङकङसँग डकवर्थ लेविस पद्धतिको आधारमा ६७ रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै सेमिफाइनल रहन बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]