2 years ago
April 23, 2023
काठमाडौं – युएईका युवा ब्याटर वृत्य अरविन्दले एसिसी प्रिमियर कपमा सिंगापुरविरुद्ध शतक प्रहार गरेका छन् । टियु मैदानमा वृत्यले ९६ बलमा शतक पूरा गरेका थिए । वृत्य ९८ बलमा १३ चौका र १ छक्कासहित १ सय १ रनमा क्रिजमा छन् ।
उनले यसअघिको खेलमा टियु मैदानमा कुवेतविरुद्ध १ सय ४७ बलमा १७ चौका र ९ छक्कासहित १ सय ८५ रनमा आउट भएका थिए ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ३४ ओभरमा ५ विकेट गुमाउँदै ३ सय ४ रन बनाएको छ । युएईका कप्तान मोहम्मद वासिम ८२ बलमा १ सय ६० रन बनाउँदै आउट भएका छन् ।
वासिम ८२ बलमा ९ चौका र १६ छक्कासहित १ सय ६० रनमा आउट भएका थिए । उनी आदित्य भर्गवको २८ औं ओभरमा पाँचौं बलमा थर्डम्यानमा मनप्रीत सिंहबाट क्याच आउट भएपछि दोहोरो शतकको अवसर गुमाएका थिए ।
वासिमले ३४ बलमा अर्धशतक पूरा गरेका थिए । ६२ बलमा शतक पूरा गरेका थिए । ७८ बलमा १ सय ५० रन पूरा गरेका थिए ।
दोस्रो विकेटका लागि वृत्य अरविन्द र मोहम्मद वासिमले दोस्रो विकेटका लागि २ सय ४६ रनको साझेदारी गरेका थिए । टियु क्रिकेटम मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले २९ ओभरमा ३ विकेट गुमाउँदै २ सय ७९ रन बनाएको छ ।
वृत्य अरविन्द ८४ बलमा १३ चौका र १ छक्कासहित ९२ रनमा क्रिजमा छन् । युवा ओपनर आर्यन लाक्रा ७ बलमा २ चौकासहित १२ रनमा आउट भए । रमिज शाहजाद शून्यमा आउट भए । आसिफ खान ११ र रोहन मुस्तफा ३ रनमा आउट भए । सिंगापुरका विनोथ भास्करन र आदित्य भर्गवले समान दुई विकेट लिएका छन् ।
युएईले पहिलो खेलमा कुवेतलाई १ सय ४३ रनले हराएको थियो । दोस्रो खेलमा हङकङसँग डकवर्थ लेविस पद्धतिको आधारमा ६७ रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै सेमिफाइनल रहन बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ ।
February 8, 2025
काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एकसँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]
February 7, 2025
सुमन अधिकारी,बुटवल लुम्बिनी खुकुरी क्लब जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सेमिफाइनल खेलमा शुक्रवार तिरुपति क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै खुकुरीले फाइनलको यात्रा तय गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ३४ रनको बलियो योगफल खडा […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेल शुक्रवार सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिताको सातौं दिन भएको समुह ‘बी’ अन्तर्गत भएको लिग चरणको अन्तिम खेलमा सिवाइसी अत्तरियाले न्यु होराइजन बुटवललाई ७८ रनले हरायो । यो जितसँग अत्तरिया समुह […]