default_image

3 years ago

April 26, 2023

सेमिफाइनलमा पुग्न निर्णायक खेलमा युएईको सानदार सुरुवात

207 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर रोहन मुस्तफाले लगातार दुई विकेट लिएपछि युएईले एसिसी प्रिमियर कपमा सेमिफाइनलमा पुग्न निर्णायक खेलमा बहराइनविरुद्ध सानदार सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको बहराइन ८ ओभरमा ४ विकेट गुमाउँदै २७ रन बनाएको छ ।

युएईका दुई स्पिनर आयन खान र रोहन मुस्तफाले दुई विकेट लिएका छन् । ओपनर मोहम्मद युनिस र शहवाज बादरले ४ ओभरमा २२ रनको साझेदारी गरेका थिए ।

स्पिनर आयन खानको चौथो ओभरको अन्तिम बलमा शहबाज पाँच रनमा एलबीडब्लू आउट भए । रोहन मुस्तफाले पाँचौं ओभरको पाँचौं बलमा जुनैद अजिज शून्यमा एलबीडब्लू आउट भए । लगत्तै अर्को बलमा सोहिल अहमद कट एण्ड बोल्ड आउट भएका थिए ।

अर्को ओभरको पाँचौं बलमा आयन खानले मोहम्मद युनिसलाई १६ रनमा कट एण्ड बोल्ड आउट गरेपछि बहराइन २३-४ को दयनीय अवस्थामा पुगेको थियो । बहराइनका फैज अहमद र कप्तान हैदर बट क्रिजमा छन् ।

समूह बी मा युएई ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । बहराइन ३ ओभरमा १ मा जित र १ मा हारसहित ३ अंकका साथ चौथो स्थानमा छ । युएई यस खेलमा विजयी हुँदा सेमिफाइनलमा पुग्नेछ । पराजित हुँदा युएई बाहिरिनेछ । बहराइन विजयी हुँदा भने सेमिफाइनलमा पुग्न कुवेत र हङकङबीचको नतिजा पर्खनु पर्ने हुन्छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.