default_image

3 years ago

April 27, 2023

शतकधारी कुशल आउट भएसँगै संकटमा नेपाल

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओमानविरुद्ध शतक हानेका युवा अलराउन्डर कुशल मल्ल आउट भएसँगै एसिसी प्रिमियर कपमा घरेलु टोली नेपाल संकटमा परेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभरमा ५ विकेट गुमाउँदै ७६ रन बनाएको छ ।

सोमपाल कामी २० बलमा ८ र आरिफ शेख ७ बलमा ३ रनमा क्रिजमा अविजित छन् । यसअघि ओमानविरुद्ध ५९ बलमै शतक हानेका युवा अलराउन्डर कुशल मल्ल आउट भएपछि नेपाल भने संकटमा पुगेको छ । कुशल स्पिनर क्वाइस अहमदको १८ औं ओभरको पहिलो बलमा ३ रनमा कट एण्ड बोल्ड आउट भएका थिए ।

कुशलले ओमानविरुद्ध ६४ बलमा ९ चौका र १९ छक्कासहित १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए । साउदीविरुद्ध ४० बलमा ५ चौका र ५ छक्कासहित ७० रनमा आउट भएका थिए । कुशल नेपालको दुबै खेलमा प्लेयर अफ द म्याच चुनिएका थिए । कतारविरुद्ध नेपालले रन जोड्न संघर्ष गरेको छ ।

नेपालले ओपनर कुशल भुर्तेललाई दुई रनमै गुमाएको थियो । तीव्र गतिका बलर गयान मुनाविराको दोस्रो ओभरको दोस्रो बलमा कुशल शट लेगमा खुराम शाहजादबाट क्याच आउट भएका थिए । कुशलले ८ बल खेलेका थिए । मुनाविराको चौथो ओभरको तेस्रो बलमा स्वीप खेल्ने धुनमा एज लागेर भीम सार्की ६ रनमा विकेटकिपर इमाल लियानागेबाट क्याच आउट भए ।

ओपनर आसिफ शेख १३ औं ओभरको चौथो बलमा १९ रनमा आउट भए । तीव्र गतिका बलर इक्रमउल्लाह खानको बलमा स्क्वायर लेगमा पुल सट खेल्ने धुनमा मोहम्मद तनविरबाट क्याच आउट भएका थिए । आसिफले २७ बलमा २ चौका प्रहार गरे ।

नेपालले आसिफ आउट भएपछि सोमपाललाई ब्याटिङमा पठाएको थियो । कप्तान रोहित पौडेल ३६ बलमा २ चौकासहित २७ रनमा कट बिहाइन्ड हुँदै पेभेलिएन फर्किए । स्पिनर क्वाइस अहमदको १६ औं ओभरको तेस्रो बलमा रोहित कट खेल्ने धुनमा विकेटकिपरबाट क्याच आउट भएका थिए ।

नेपालले आजको खेलमा करण केसीको स्थानमा गुलशन झालाई मौका दिएको छ । नेपाल समूह विजेता बन्दै सेमिफाइनल खेल्न यस खेल जित्नै पर्ने हुन्छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.