default_image

3 years ago

April 27, 2023

‘मेरो भन्दा अघि जहिले पनि नेपालको नाम आउँछ’-सन्दीप

489 views

0 Bookmark

काठमाठौं (हाम्रो खेलकुद) – स्पिनर सन्दीप लामिछानेले ओडिआई इतिहासमा सर्वाधिक छिटो १ सय विकेट लिने कीर्तिमान पूरा गरेपछि आफ्नो भन्दा पहिला नेपालको नाम सधैं आउने बताएका छन् । एसिसी प्रिमियर कपमा समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराउँदै समूह विजेता बनाउन सानदार अलराउन्ड प्रदर्शन गरेका सन्दीपले खेलपछि उक्त प्रतिक्रिया दिएका हुन् ।

ओमानविरुद्ध सन्दीपले ओडिआई क्रिकेटमा ४२ खेलमा १ सय विकेट पूरा गर्ने कीर्तमान बनाए । उनले ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको तोडेका थिए । सन्दीप अघि राशिद खानले ४४ खेलमा १ सय विकेट पूरा गरेका थिए ।

‘एकैदमै राम्रो र खुसी लाग्छ । मेरो लागि मात्रै होईन कि मेरो नाम भन्दा अघि जहिले नि नेपालको नाम आउँछ । नेपाली बलर भनेर जहिले पनि चिनिन्छ । रेकर्डमा पनि नेपालनै लेखेको हुन्छ । हामी त मोरेर पनि जाउला । तर नेपालको नाम चाहिँ सधैं रहनेछ’, सन्दीपले सर्वाधिक छिटो ओडिआईमा एक सय विकेट लिने कीर्तिमान बारे भने ।

त्यसैमा सन्दीपले थपे, ‘यो एकदमै राम्रो उपलब्धी हो कसैको लागि पनि । पक्कैपनि म त्यो कीर्तिमान पनि नेपाली बलरनै तोडेको हेर्न चाहनेछु ।’

समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले हराउँदै समूह विजेताको रुपमा सेमिफाइनलमा पुर्याउन सानदार अलराउन्ड प्रदर्शन गरेका सन्दीप खेलको प्लेयर अफ द म्याच चुनिएका थए । जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अल आउट भयो । कतारलाई सस्तैमा अल आउट गर्न सन्दीपले सर्वाधिक पाँच विकेट लिए । सन्दीप लामिछानेले ९.१ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिएका थिए ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अल आउट भएको थियो । नेपालका सन्दीपले ५८ बलमा ६ चौकासहित सर्वाधिक ४२ रनमा नट आउट रहेका थिए । एक समय २८ ओभरमा १११-९ को अवस्थामा पुगेको नेपाललाई ललित र सन्दीपले अन्तिम विकेटका लागि ४६ रनको साझेदारी गर्दै सम्मानजनक योगफलमा पुर्याएका थिए ।

सन्दीप १० औं नम्बरमा ब्याटिङमा गएका थिए । जुन समय नेपाल १०५-८ को दयनीय अवस्थामा थियो । सन्दीप आफूलाई दबाब नभएको बताए ।

‘दबाब चाहिँ थिएन । आफ्नो ब्यसिकहरुलाई सम्झेर खेलेका थियौं । एकदमै धेरै ओभर बाँकी थियो । म र ललित हाम्रो लागि एक एक रन महत्वपूर्ण छ भनेर खेलेका थियौं । यहाँबाट २०–२५ रन जोड्न सक्यौं भने केहि प्रतिस्पर्धा गर्न सक्छौं भन्ने थियो’, सन्दीपले भने ।

नेपालले शनिबार सेमिफाइनल खेलमा कुवेतसँग खेल्नेछ । फाइनल सोमबार हुनेछ । उपाधि जित्न सके नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

सन्दीपको पूरा भिडियो यहाँ हेर्नुहोस् : https://www.youtube.com/watch?v=JpVv7mvutVY

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.