2 years ago
April 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा शनिबार कुवेतसँग खेल्दैछ । खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरुहुनेछ । नेपाल कुवेतलाई हराउँदै फाइनलमा स्थान बनाउने लक्ष्यका साथ मैदान उत्रनेछ ।
नेपाल समूह ए को विजेता र कुवेत उप–विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् । नेपालले समूह चरणको अन्तिम खेलमा कतारसँग खेलेको थियो । कतारविरुद्ध नेपालको ब्याटिङ राम्रो हुन नसकेपनि बलिङले जिताएको थियो । ब्याटिङमा नेपाल खराब प्रदर्शनका साथ १ सय ५७ रनमै अल आउट भएको थियो । बलिङमा भने उत्कृष्ट प्रदर्शनका साथ कतारलाई ८९ रनमै अल आउट गरेको थियो ।
कतारको प्लेइङ–११ बाट नेपालले टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ । नेपालले गुलशन झाको स्थानमा करण केसीलाई मौका दिने सम्भावना देखिन्छ । कतारमा बायाँ हाते बलरको बाहुल्यता हुँदा गुलशनलाई खेलाएको थियो । गुलशनको बलिङ भने राम्रो हुन सकेको छैन ।
त्यसैले कतारविरुद्ध करणलाई नै मौका दिने सम्भावना देखिन्छ । करण नेपालका प्रमुख तीव्र गतिका बलर हुन् । गुलशनले कतारविरुद्ध ३ ओभरमा १७ रन खर्चिदा विकेट विहीन बनेका थिए । बलिङ मजबुत बनाउन गुलशनको स्थानमा करणलाई खेलाउने सम्भावना देखिन्छ । नेपालले टोलीमा अन्य ब्याटिङ र बलिङ कुनैपनि परिवर्तन गर्ने सम्भावना छैन ।
ओपनरमा आसिफ शेख र कुशल भुर्तेल हुनेछन् । ओपनरले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । टोलीले उनीमाथि थप विश्वास गर्नेछ । विकल्पमा ज्ञानेन्द्र मल्ल छन् । तर पनि नेपालले पहिलो रोजाईलाई नै मैदान उतार्नेछ । ओपनर बाहेक अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्दै आएका छन् ।
कुशल र आसिफमाथिको विश्वासलाई निरन्तरता दिनेछ । तेस्रो नम्बरमा भीम सार्की खेल्नेछन् । राम्रो प्रदर्शन गर्दै आएको भीमबाट ठूलो आशा गर्नेछ । चौथो नम्बरमा रोहित पौडेल, पाँचौं नम्बरमा कुशल मल्ल र छैटौं नम्बरमा आरिफ शेख हुनेछन् ।
यी तीन ब्याटरको प्रदर्शनले धेरै फरक पार्नेछ । सातौंमा दीपेन्द्रसिंह ऐरी, आठौंमा सोमपाल कामी, नवौंमा करण केसी, १० औं नम्बरमा सन्दीप लामिछाने र ललितनारायण राजवंशी–११ औं नम्बरमा खेल्नेछन् ।
तीव्र गतिका बलरमा सोमपाल र करणको जोडी हुनेछ । स्पिनरमा ललित र सन्दीप हुनेछन् । पार्टटाइम स्पिनरमा दीपेन्द्र र कुशल मल्ल हुनेछन् ।
नेपालको प्लेइङ-११ :
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गर्दै सुपर फोरमा प्रवेश गर्ने समूह बी को पहिलो टोली बनेको छ । सोमवार भएको दिनको पहिलो खेलमा आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित हात पार्यो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल ७ ओभरमा […]
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]