3 years ago
April 28, 2023
एजेन्सी – लखनऊ सुपर जायन्ट्सले रनको वर्षा गराउँदै इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को ३८ औं खेलमा पन्जाब किंग्सलाई ५६ रनले हराएको छ । यो जितसँगै लखनऊले अंक तालिकामा दोस्रो स्थानमा उक्लिदै प्लेअफ सम्भावना मजबुत बनाएको छ ।

जितको लाग २ सय ५८ रनको विशाल लक्ष्य पछ्याएको पन्जाब १९.५ ओभरमा २ सय १ रनमा अल आउट भयो । पन्जाबका अथर्व टैडेले ३६ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६६ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन । विशाल लक्ष्य पछ्याएको पन्जाबले ओपनर प्रभसिमरन सिंह ९, शिखर धवन १, लियाम लिभिङस्टोन २३ र साम करन २१ रनमा आउट भए ।
सिकन्दर राजा २२ बलमा ४ चौका र १ छक्कासहित ३६ र जितेश शर्मा १० बलमा ३ छक्कासहित २४ रनमा आउट भए । लखनऊका नविन उल हकले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । रवि विश्रोईले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । यश ठाकुरले ३.५ ओभरमा ३७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । मार्कस स्टाइनिसले एक विकेट लिए ।
त्यसअघि मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५७ रन बनाएको थियो । यो आइपिएल इतिहासकै दोस्रो ठूलो योगफल थियो । आइपिएलमा सर्वाधिक ठूलो योगफल २०१३ मा रोयल च्यालेन्जर्स बेंगलोरले पुणे वारियर्सविरुद्ध ५ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो । अन्य कुनैपनि टोलीले आइपिएलमा २ सय ५० रनको योगफल कटाएका थिएनन् ।

लखनऊको जितमा मार्कस स्टोइनिसले ४० बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७२ रनको योगदान दिए । कप्तान लोकेश राहुल ९ बलमा १ चौका र १ छक्कासहित १२ रनमै आउट भए । तर अर्का ओपनर कायल मेयर्सले २४ बलमा ७ चौका र ४ छक्कासहित ५४ रन जोड्दै सानदार सुरुवात दिलाएका थिए ।
युवा ब्याटर आयुष बदोनीले २४ बलमा ३ चौका र ३ छक्कासहित ४३ रन बनाउदै आउट भए । तेसो विकेटका लागि स्टोइनिस र बदोनीले ८९ रनको सानदार साझेदारी गरेका थिए ।
निकोलस पुरन १९ बलमा ७ चौका र १ छक्कासहित ४५ रनमा आउट भए । चौथो विकेटका लागि निकोलस पुरन र मार्कस स्टोइनिसले ३० बलमा ७६ रनको साझेदारी गरेपनि रनको वर्षा गराएको थियो । दीपक हुडा ११ र क्रुनाल पान्ड्याले ५ रन बनाए ।
पन्जाबका कागिसो रबाडाले ४ ओभरमा ५२ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंह, साम करन र लियाम लिभिङस्टोनले समान एक विकेट लिए । लखनऊ ८ खेलमा ५ मा जित र ३ मा हारसहित १० अंकका साथ दोस्रो स्थानमा छ । राजस्थान रोयल्स ८ खेलमा ५ मा जितसहित १० अंकका साथ शीर्षस्थानमा छ । समान १० अंक भएपनि गुजरात र चेन्नई नेटरनरेटको कारण तेस्रो र चौथो स्थानमा छन् । पन्जाब भने ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]