default_image

1 year ago

April 30, 2023

हारका बाबजुद मार्श बने प्लेयर अफ द म्याच

111 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्सका अलराउन्डर मिचेल मार्श इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४० औं खेलमा सनराइजर्स हैदराबादविरुद्ध हारको बाबजुद प्लेयर अफ द म्याच चुनिएका छन् । दिल्ली ९ रनले पराजित भएपनि मिचेल मार्शले ब्याटिङ र बलिङ दुबैमा सानदार प्रदर्शन गरेपछि खेलको प्लेयर अफ द म्याच चुनिएका हुन् ।

जितको लागि १ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन मात्रै बनाउन सक्यो । दिल्लीका मिचेल मार्शले ३९ बलमा १ चौका र ६ छक्कासहित ६३ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।

अर्का ओपनर फिलिप साल्ट ३५ बलमा ९ चौकासहित ५९, डेविड वार्नर डक, मनिष पाण्डे एक, प्रियम गर्ग १२ र शरफराज खान ९ रनमा आउट भए । अक्षर पटेल १४ बलमा १ चौका र २ छक्कासहित २९ र रिपल पटेलले ११ रन बनाए ।

हैदराबादका स्पिनर मयंक मारकन्डेले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमार, अकिल हुसैन, टि नटराजन, अभिषेक शर्माले समान एक विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । हैदराबादका अभिषेक शर्माले ३६ बलमा १२ चौका र १ छक्कासहित ६७, मयंक अग्रवाल ५, राहुल त्रिपाठ १०, एडम माक्ररम ८ र ह्यारी ब्रुक डक आउट भए ।

हेनरक क्लासेन २७ बलमा २ चौका र ४ छक्कासहित ५३, अब्दुल सामद २८ र अकिल हुसैनले १६ रन बनाए । दिल्लीका मिचेल मार्शले ४ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ४ विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । अक्षर पटेल र ईशान्त शर्माले समान एक विकेट लिए ।

दिल्ली ८ खेलमा २ मा जित र ४ मा हारसहित पुछारमा छ । दिल्ली प्लेअफमा पुग्न अव बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । हैदराबाद ८ खेलमा ३ मा जित र ५ मा हारसहित ६ अंकका साथ आठौं स्थानमा छ । गुजरात ८ खेलमा ६ मा जितसहित १२ अंकका साथ शीर्ष स्थानमा छ ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.