3 years ago
April 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपमा वर्षाको कारण तेस्रो स्थानको लागि कुवतेसँगको खेल रद्द भएसँगै ओमान आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ । वर्षाको कारण दोस्रो इनिङ हुन नसकेपछि ओडिआई वरियताको स्थानमा ओमान इमर्जिङ टिम्स एसिया कपमा पुगेको हो ।

जितको लागि १ सय ३१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा ४१ रन बनाउँदा कुनै विकेट नगुमाउँदा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि लगातार वर्षापछि पुन खेल हुन सकेको थिएन । पहिला खेल २० ओभर गर्न खोजिएको थियो । तर २० ओभरको लागि समय नभएपछि सुपर ओभर गर्न खोजिएको थियो । तर मैदान सुक्न अझै एक घण्टा लाग्ने भएपछि सुपर ओभर पनि हुन सकेन ।
त्यसैको कारण ओमान ओडिआई वरियताको आधारमा इमर्जिङ टिम्स एसिया कपमा पुगेको हो । कुवेत भने ओडिआई टोली होईन । ओमान भने १८ औं ओडिआई स्थानमा छ । खेल नतिजा विहीन हुँदा सुपर ओभरको कारण ओमान तेस्रो हुँदै इमर्जिङ टिम्स एसिया कपमा पुगेको हो ।
ओमानका जतिन्दर सिंह १९ बलमा ३ चौका र १ छक्कासहित २६ र कश्याप प्रजापति १३ रनमा अविजित थिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कुवेत ३१.३ ओभरमा १ सय ३० रनमा अल आउट भएको थियो ।
कुवेतका ओपनर आदनान इद्रिसले ४८ बलमा ६ चौकासहित सर्वाधिक ३४ रन बनाए । अन्तिम विकेटको रुपमा आउट भएका सैयद मुनिब १० बलमा ५ चौका र १ छक्कासहित २८ रनमा आउट भए । ओपनर रविजा सनदरुवान १२ र मोहम्मद अस्लाम समान १२ रनमा आउट भए । यासिन पटेल १७, मित भावसार, शिराज खान र बिलाल ताहिरले खाता खोल्न सकेनन् ।

ओमानका स्पिनर जय ओडेराले ५.३ ओभरमा १ मेडनसहित १४ रन खर्चेर ५ विकेट लिएका थिए । बिलाल खानले ७ ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । आयन खान,जिशान मकसुद र जतिन्दर सिंहले समान एक विकेट लिएका थिए ।
फाइनलमा पुग्दै नेपाल र युएई इमर्जिङ टिम्स एसिया कपमा स्थान पक्का गरेका छन् । सेमिफाइनल खेलमा ओमान युएईसँग डकवर्थ लेविस पद्धतिको आधारमा दुई रनले पराजित हुँदै बाहिरिएको थियो ।
कुवेत भने नेपालसँगको खेल वर्षाको कारण रद्द भएपछि बाहिरिएको थियो । सोमबार नेपाल र युएईबीच फाइनलको लागि प्रतिस्पर्धा हुनेछ । वर्षाको कारण खेल हुन नसके मंगलबार हुनेछ । मंगलबार पनि हुन नसकेको खण्डमा सुपर ओभर हुनेछ । सुपर ओभर पनि हुन नसकेको खण्डमा नेपाल एसिया कपमा पुग्नेछ । नेपालको ओडिआई वरियता १४ औं र युएईको १९ औं स्थानमा छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]