3 years ago
April 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कुवेतका कप्तान मोहम्मद अस्लामले एसिसी प्रिमियर कपको फाइनलमा नेपाल आफूलाई मनपर्ने टोली भएको बताएका छन् । तेस्रो स्थानको लागि ओमानसँगको खेल वर्षाको कारण रद्द भएपछि आइतबार अस्लामले उक्त प्रतिक्रिया दिएका हुन् ।

‘एसिया कप उपाधि कस्ले जित्छ र खेल्छ भन्न वास्तवमा यो कठिन छ । किनभने बराबरी स्तरको खेल हो । मलाई लाग्छ गत महिना हामीले यहाँ खेलि सकेका छौं । दुबै निकै राम्रा टोली छन् । म दुबै टोलीलाई शुभकामना दिन चाहन्छु । म कसले जित्छ भन्न सक्दैन । तर ब्यक्तिगत रुपमा नेपाल मनपर्ने टोली हो’, उनले भने ।
कुवेत पहिलो सेमिफाइनल खेलमा नेपालसँग खेलेको थियो । वर्षाले प्रभावित खेलमा नेपालले शनिबार ४२ ओभरमा ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याएको कुवेत ८.३ ओभरमा ३७/६ को अवस्थामा वर्षा भएपछि नेपाल समूह विजेताको रुपमा फाइनल खेलेको थियो । कुवेतले समूह चरणमा युएईसँग १ सय ४३ रनको हार व्यहोरेको थियो । अघिल्लो महिना नेपालमा ओमानसँग कुवेतले अभ्यास खेल समेत खेलेको थियो ।
तेस्रो स्थानको लागि भएको खेलमा वर्षाको कारण कुवेत पुन नतिजा विहीन हुँदै बाहिरियो । १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा ४१ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । पुन खेल हुन नसकेपछि ओमान ओडिआई वरियतामा माथि रहँदै एसिसी इमर्जिङ टिम्स एसिया कपमा पुगेको थियो ।
शनिबार सेमिफाइनल खेलमा नेपालको धेरै समर्थक भएकोमा यस्तो वातावरणमा खेल्ने अनुभव नभएको बताए । ‘हिजो नेपालसँगको खेलमा धेरै दर्शक सामु खेल्ने हामीमा अनुभव थिएन । त्यसैको कारण हाम्रो खेलाडी दबाबमा परे । हरेक कुरा अनुभवमा भरपर्छ । अर्को पटक नेपाल आउँदा राम्रो भएर आउने छौं’, उनले भने ।
मोहम्मद अस्लामको पूरा भिडियो यहाँ हेर्नुहोस् :
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]