3 years ago
May 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युएईका प्रमुख ब्याटर मोहम्मद वासिम एसिसी प्रिमियर कपमा नेपालविरुद्ध सुरुवातमै आउट भएका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले ४ ओभरमा १ विकेट गुमाउँदै २३ रन बनाएको छ । युएईका वृत्य अरविन्द ४ र आयन लाक्रा ६ रनमा नटआउट छन् ।

चोभार एण्डबाट आएका तीव्र गतिका बलर सोमपाल कामीको चौथो ओभरको पहिलो बलमा गल्लीमा युएईका कप्तान मोहम्मद वासिम ११ रनमा टप एज लागेर ललितनारायण राजवंशीबाट क्याच आउट भए । उनले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे । क्रिजमा वृत्य अरविन्द र आयन लाक्रा छन् । विष्फोटक तथा प्रमुख ब्याटर सुरुवामै आउट भएसँगै नेपाललाई फाइनल खेलमा ठूलो राहत मिलेको छ ।
नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरीको स्थानमा गुलशन झालाई मौका दिएको छ । दीपेन्द्र २०१७ मा नेपाली क्रिकेट टोलीमा केन्याविरुद्ध डेब्यू गरेपछि प्रदर्शनको कारण पहिलो पटक बेन्चमा बसेका हुन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]