default_image

3 years ago

May 1, 2023

टियुमा वर्षा जारी

339 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसी प्रिमियर कपको फाइनलमा नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित बनेको छ । टियु क्रिकेट मैदानमा सामान्य वर्षा जारी छ । टियुमा पिच, ३० ¥यार्ड र मैदानको अधिकाम्स भाग कभरले ढाकिएको छ । सिमसीमे पानी जारी छ । मौसम पूर्वाअनुमानका अनुसार वर्षा तीन बजे सम्म रहनेछ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई २७.३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको छ । आज खेल हुनलाई कम्तिमा तीन बजे वर्षा रोकिनु पर्ने हुन्छ । मैदानको अधिकाम्स भागमा कभरले ढाकिएको हुँदा यदि वर्षा रोकिएमा आज पुन खेल हुने सम्भावना रहन्छ ।

आज खेल हुनलाई नेपाललले २० ओभर ब्याटिङ गर्नुपर्ने हुन्छ । नेपालले यहि अवस्थामा २० ओभरको खेल भएमा ६० देखि ७० रन विना विकेट गुमाउनु पर्ने हुन्छ । डकवर्थ लेविसमा विकेट अनुसार लक्ष्य परिवर्तन हुने गर्दछ । विकेट गुमाएमा भने विकेट अनुसार लक्ष्य बढ्नेछ ।

आज नेपालले २० ओभर ब्याटिङ गर्ने सम्भवन नभएमा भने खेल हुने छैन । कट अफ टाइम ५ : २४ छ । अर्थात उक्त समय सम्म खेल सकि सकेको हुनुपर्छ । उक्त समय सम्म २० ओभर हुन सक्ने भएमा मात्रै आज खेल हुनेछ । खेल आज हुन नसकेमा मंगलबार हुनेछ । मंगलबार यहिँ अवस्थाबाट खेल सुरुहुनेछ । मंगलबार पनि वर्षाको सम्भावना छ ।

यदि मंगलबार नेपालले २० ओभर पनि ब्याटिङ गर्न सकेन भने अन्तिम विकल्प सुपर ओभर हुनेछ । सुपर ओभर पनि वर्षाको कारण हुन नसके ओडिआई वरियताको कारण नेपाल एसिया कपमा पुग्नेछ । नेपाल ओडिआई वरियाता १४ औं र युएई १९ औं स्थानमा छन् ।

नेपालका स्पिनर ललितनारायण राजवंशी ह्याट्रिक नजिक छन् । युएईका आसिफ खान सर्वाधिक ४६ रनमा आउट भए । उनी स्पिनर ललित नारायण राजवंशीको २८ औं दोस्रो बलमा आसिफ खान एज लागेर आरिफ शेखबाट क्याच आउट भए । उनले ५४ बलमा ७ चौका र १ छक्का प्रहार गरे । लगत्तै अर्को बलमा जहुर खान स्लिपमा क्याच आउट भए । तर ह्याट्रिक बलमा भने पानी परेपछि पिच कभरले ढाक्न बोलाएका थिए । त्यसपछि भने वर्षा जारी छ ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.