default_image

3 years ago

May 2, 2023

कोहली र गम्भीरबीच फेरि झगडा

363 views

0 Bookmark

एजेन्सी – भारतीय दुई चर्चित क्रिकेटर विराट कोहली र गौतम गम्भीरबीच फेरि झगडा भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४३ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरका प्रमुख ब्याटर विराट कोहली र लखनऊ सुपर जायन्ट्सका मेन्टर गौतम गम्भीरबीच झगडा भएको छ।

यी दुई क्रिकेटरबीच पहिला देखिनै राम्रो सम्बन्ध छैन । सोमबार राती कम स्कोरको खेलमा बेंगलोरले लखनऊलाई १८ रनले पराजित गर्यो । जितको लागि १ सय २७ रनको विजयी लक्ष्य पछ्याएको लखनऊ १९.५ ओभरमा १ सय ८ रनमा अल आउट भयो ।

खेलको समयमा कोहलीले निकै आक्रामक सेलेब्रेसन गरेका थिए । यसअघि बेंगलोरको घरेलु मैदान चिन्नास्वामीमा लखनऊले २ सय १३ रनको विजयी लक्ष्य पूरा गर्दा गौतम गम्भीरले बेंगलोरका समर्थकलाई चुप रहन भन्दै सेलेब्रेसन गरेका थिए । कोहलीले पनि त्यसको जवाफ दिँदै सोमबार राती लखनऊका क्रुनाल पान्ड्या आउट भएपछि सेलेब्रेसन गरेका थिए ।

लखनऊका समर्थकलाई पनि कोहलीले चुप रहन सेलेब्रेसन गरेका थिए । खेल सकिएपछि भने गम्भीर र कोहलीको झगडानै हुन पुग्यो । खेल सकिएपछि लखनऊका तीव्र गतिका बलर नविन उल हकले कोहलीसँग हात मिलाउँदा नै केहि भनाभन गरेका थिए ।

नविन उल हकले कोहलीसँग खेल भावना विपरित व्यहवहार गर्दै हात फाल्न पुगेका थिए । कोहली केहि आक्रोश बनेपनि संयमितका साथ लखनऊका खेलाडीसँग हात मिलाउन गएका थिए । कोहली र गम्भीरले पनि हात मिलाएका थिए । त्यो समय सम्म झगडा भएको थिएन ।

कोहलीसँग लखनऊका कायल मेयर्सले कुराकानी गरेका थिए । त्यसैक्रममा गम्भीरले मेयर्सलाई कोहलीसँग कुरा नगर्न भन्दै लगेर गएका थिए । त्यहिँबाट झगडा सुरु भएको थियो । कोहली त्यसैको कारण निकै आक्रोशित हुँदै गम्भीरलाई केहि भन्न पुगेका थिए । त्यसपछि गम्भीर पनि फर्किएर पुन कोहलीसँग गएपछि झगडा सुरु भएको थियो ।

गम्भीर र कोहलीबीच केहि समय सम्म भनाभननै चलेको थियो । तर पछि गम्भीरलाई लखनऊका कप्तान लोकेश राहुल लगायतका खेलाडीले झगडा नगर्न भन्दै त्यहाँबाट लगेर गएका थिए ।

कोहली र गम्भीरबीच २०१३ को आइपिएलमा पनि ठूलो झगडा परेको थियो । भारतीय पूर्व चर्चित ओपनर गम्भीर र कोहलीबीच ब्यक्तिगत रुपमा राम्रो सम्बन्ध छैन । सोमबार राती झगडा गरेपछि यी दुई खेलाडीलाई आइपिएलले १०० प्रतिशत म्याच फि जरिवना लगाएको छ । त्यस्तै नविन उल हकललाई खेलको ५० प्रतिशत जरिवना लागेको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.