default_image

3 years ago

May 2, 2023

‘नेपाली दर्शक भगवानको रुप हुन्’- सन्दीप

401 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाली दर्शक भगवानको रुप भएको बताएका छन् । एसिसी प्रिमियर कपमा नेपाललाई च्याम्पियन बनाउँदै एसिया कपमा पुर्याएपछि सर्वोत्कृष्ट खेलाडी चुनिएका सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् ।

सोमबार वर्षा हुँदा पनि दर्शकले अन्तिम समय सम्म पानीमा रुज्दै नेपाली टोलीलाई साथ दिएका थिए । सन्दीप नेपाली समर्थक भगावनको रुप रहेको बताए ।

‘मलाई लाग्छ नेपाली दर्शक भगवानका रुप हुन् । म मान्छु कि भगवानले आफ्नो अवतारमा वहाँहरुलाई पठाएको हो । एकदमै दुःखहरुको क्षण हुन्छ सबैमा । क्रिकेटमा पनि त्यसरी नै चलेको थियो । वहाँहरुले कहिल्यै पनि साथ छाड्नु हुँदैन । मैले अघिनै भने जस्तो वहाँहरुको एउटा ठूलो भूमिका खेल्छ । घरेलु दर्शकले एकदमै फरक पार्छ । हिजो ४-५ बजे सम्म मैदान पुरै भरिपूर्ण थियो । अहिले खेल सकिएपछि, पुरस्कार वितरणपछि अहिले पनि वहाँहरु हुनुन्छ’, उनले भने ।

एसिया कपमा पुगेपछि एकदमै राम्रो र सबैजना खुसी छौं । अन्तिम चार पाँच महिनाको मिहिनेत हो । तीन चार महिना देखी टिम प्रदर्शन पनि हो । यो मोमेन्ट हरुमा फरक फरक प्रदर्शन थियो । चाँहे त्यो जिम्बावेमा हुने विश्वकप छनोटमा होस् वा एसिया कपमा पुग्दा । यो टिम प्रयास हो’, सन्दीपले एसिया कपमा पुगेपछि भने ।

सन्दीपले एसिया कप एकदमै महत्वपूर्ण हुने बताए । ‘एसिया कपले हाम्रो लागि धेरै महत्व राख्छ । किनभने हामीले अहिले सम्म यी स्तरका शीर्ष टोलीसँग खेल्न पाएका छैनौं । भारत र पाकिस्तान हाम्रो समूहमा छ । हामी सबै जनाको लागि अवसर हो । एउटा स्तर पार गरेर अर्को स्तरमा पुगेका छौं । जहाँ पुगेको हामी सधैभरीलाई हेर्न चाहन्छौं । शीर्ष टोलीसँग कसरी खेल्ने एउटा राम्रो सिकाई हुनेछ’, उनले भने ।

सन्दीपले इन्डियन प्रिमियर लिग देखि विश्वका लगभग सबै विदेशी फ्रेन्चाइज लिग खेलेका छन् । भारत र पाकिस्तानले खेल्ने स्तरको क्रिकेट सन्दीपलाई अनुभवछ । नेपालको एसिया कपमा सहभागीता मात्रै हुन्छ की प्रतिस्पर्धा भन्ने प्रश्नमा उनले भने, ‘हामी हाम्रो क्षमता खेल्यौ भने एकदमै राम्रो क्रिकेट खेलेर अगाडि बढ्न सक्छौं । जित वा हार हाम्रो हातमा हुँदैन । हामी हाम्रो प्रक्रिया र प्यासनमा काम गर्ने हो । जित वा हार भन्दा पनि एउटा ठूलो गौरवको कुरा हो । मैले जसरी बुझेको छु अरु खेलाडीहरुले पनि त्यसै अनुसार बुझ्नेछन् ।’

नेपालले २०१४ को टि२० विश्वकप खेलेपछि क्रिकेट नेपाली क्रिकेटमा विकाशमा रातारात परिवर्तन आएको थियो । एसिया कप नेपाली क्रिकेट विकाशमा त्यो टर्निङ प्वाइन्ट हुनेछ । सन्दीप सपना एसिया कप निरन्तर र विश्वकप रहेको बताए ।

‘पक्कैपनि नेपालले २०१४ मा विश्वकप खेलेर म आफैंले क्रिकेट खेल्न थालेको थिएँ । एउटा ठूलो क्षण हुनेवाला छ । त्यो क्षणले गर्दा हामी प्रभावित भयौं । हामी सकेसम्म राम्रो दिन चाहन्छौं । आउने समयमा जति पनि युवा पिढीँ हुनुन्छ । वहाँहरुलाई सधैंभर यादगार हुनेछ । नेपालले एसिया कप खेलेको थियो । सपना एसिया कप मात्रै होईन निरन्तर एसिया कप र विश्वकप हो’, सन्दीपले भने ।

सन्दीपको पूरा हेर्नुहोस् :

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.