3 years ago
May 2, 2023
एजेन्सी – पुछारको दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४४ औं खेलमा गुजरात टाइटन्समाथि पाँच रनको रोमान्चक जित हात पारेको छ । दिल्लीले तेस्रो जितका साथ प्लेअफ सम्भावना कायमै राखेको छ ।

जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २५ रन बनाउन सक्यो । गुजरातका कप्तान हार्दिक पान्ड्या ५३ बलमा ७ चौकासहित सर्वाधिक ५९ रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेननन् ।
गुजरातलाई जितको लागि अन्तिम १२ बलमा ३३ रन चाहिँएको थियो । पहिलो बल एनरिच नोर्कियाले हार्दिक पान्ड्यालाई डट राखे । दोस्रो बलमा दुई रन दिँदा तेस्रो बलमा एक रन दिए । ९ बलमा जितको लागि ३० रन चाहिँएको थियो । राहुल टेवाटियाले अन्तिम तीन बलमा लगातार तीन छक्का हानेपछि अन्तिम ६ बलमा १२ रन चाहिँएको थियो ।
ईशान्त शर्माले पहिलो बल हार्दिक पान्ड्यालाई दुई रन दिए । लगत्तै अर्को बलमा एक रन दिए । तेस्रो बल डट राख्दा चौथो बलमा टेवाटिया राइली रोसोउबाट क्याच आउट भए । पाँचौं बलमा राशिद खानले दुई रन बटुलेका थिए । अन्तिम बलमा जितको लागि ७ रन चाहिँएको थियो । अन्तिम बलमा एक रन दिँदै रोमान्चक जित दिलाए ।
गुजरातका ओपनर ऋद्धिमान शाह र डेविड मिलर डक आउट भए । शुभमन गिल र विजय शंकर समान ६ रनमा आउट भए । राहुल टेवाटिया ७ बलमा ३ छक्कासहित २० र अभिनव मनोहर ३३ बलमा १ छक्कासहित २६ रनमा आउट भए ।
दिल्लीका ईशान्त शर्माले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । खलिल अहमदले ४ ओभरमा १ मेडनसहित २४ रन खर्चेर २ विकेट लिए । कुलदीप यादवले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । नोर्कियाको नाममा एक विकेट रह्यो ।
त्यसअघि अहमदाबादमा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । दिल्लीको जितमा अमन खानले ४४ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । उनी बाहेक अन्य कुनैपनि खेलाडीले राम्रो गर्न सकेनन् ।
ओपनर फिलिप साल्ट शून्य, डेविड वार्नर दुई, प्रियम गर्ग १०, रायली रोसोउ ८, मनिष पाण्डे १ र रिपल पटेलले २३ रन बनाए । अक्षर पटेल ३० बलमा २ चौका र १ छक्कासहित २७ रनमा आउट भए ।
गुजरातका तीव्र गतिका बलर मोहम्मद शामीले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिएपनि ब्याटिङ नचल्दा टोलीलाई जिताउन सकेनन् । मोहित शर्माले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।
दिल्ली ९ खेलमा ३ मा जित र ६ मा हारसहित पुछारमा छ । गुजरात ९ खेलमा ६ मा जित र ३ मा हारसहित १२ अंकका साथ शीर्ष स्थानमा छ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]