default_image

3 years ago

May 6, 2023

लोमरोर र कोहलीको अर्धशतकमा दिल्लीलाई बलियो लक्ष्य

280 views

0 Bookmark

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ५० औं खेलमा दिल्ली क्यापिटल्सलाई १ सय ८२ रनको बलियो लक्ष्य दिएको छ । अरुण जेट्ली स्टेडियम दिल्लीमा टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनायो ।

बेंगलोरका युवा खेलाडी महिपाल लोमरोर २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५४ रनमा अविजित रहे । उनको यो आइपिएल करिअरको पहिलो अर्धशतक हो ।

बेंगलोरलाई ओपनर विराट कोहली र फाफ डु प्लेसिसले १०.३ ओभरमा ८२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । मिचेल मार्शको बलमा डु प्लेसिस डिप कभरमा अक्षर पटेलबाट क्याच आउट भए । उनले ३२ बलमा ५ चौका र १ छक्कासहित ४५ रनमा आउट भए ।

लगत्तै अर्को बलमा ग्लेन म्याक्सवेल विकेटकिपर फिलिप साल्टबाट कट विहाइन्ड हुँदै गोल्डेन डक पेभेलिएन फर्के । विराट कोहली ४६ बलमा ५ चौकासहित ५५ रनमा आउट भए । तीव्र गतिका बलर मुकेश कुमारको बलमा फाइन लेगमा कोहली खलिल अहमदबाट क्याच आउट भए । दीनेश कार्तिक ११ रनमा आउट हुँदा अनुज रावत ८ रनमा नटआउट रहे ।

दिल्लीका मिचेल मार्शले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । मुकेश कुमारले ३ ओभरमा ३० रन खर्चेर १ विकेट लिए । खलिल अहमदले ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.