default_image

2 years ago

May 7, 2023

रुटको डेब्यू, २१ करोडका ब्रुक बेन्चमा

211 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका टेस्ट स्टार ब्याटर जो रुटले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सबाट सनराइजर्स हैदराबादविरुद्ध डेब्यू गरेका छन् । घरेलु मैदान जयपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको राजस्थानले जो रुटलाई आइपिएलमा डेब्यू दिएको छ ।

रुटलाई राजस्थानले आइपिएल अक्सनमा १ करोड(१ करोड ६० लाख) भारुमा किनेको थियो । मध्यक्रममा लगातार कमजोर ब्याटिङपछि राजस्थानले रुटलाई डेब्यू दिएको हो । राजस्थानले रुटलाई खेलाउँदा स्पिनर एडम जाम्पालाई बेन्चमा राखेको छ । रुटबाट राजस्थान मध्यक्रममा सानदार प्रदर्शन चाहन्छ । सम्भव त उनले तेस्रो नम्बरमा खेल्नेछन् ।

यता हैदराबादले युवा ब्याटर ह्यारी ब्रुकलाई बेन्चमा राखेको छ । ब्रुकलाई हैदराबादले अक्सनमा १३ करोड २५ लाख भारु (२१ करोड नेपाली रुपैयाँ) मा किनेको थियो । ब्रुकले कोलकाताविरुद्ध ५५ बलमा १ सय रनको सानदार शतकीय इनिङ खेलेका थिए । त्यो खेल बाहेक अन्यमा उनले राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

लगातार खराब प्रदर्शनपछि हैदराबादले ब्रुकको स्थानमा ग्लेन फिलिप्सलाई मौका दिएको छ । फिलिप्स आक्रामक ब्याटिङका लागि चिनिन्छन् ।

हैदराबादको प्लेइङ ११ :

अभिषेक शर्मा, राहुल त्रिपाठी, एडेन माक्ररम (कप्तान), हेनरिक क्लासेन (विकेटकिपर), ग्लेन फिलिप्स, अब्दुल सामद, मार्को यानसन, विभ्रान्त शर्मा, मयंक मारकंडे, भुवनेश्वर कुमार र टि नटराजन ।

राजस्थानको प्लेइङ ११ :

यशस्वी जैसवाल, जस बटलर, सन्जु स्यामसन(कप्तान), जो रुट, ध्रुब जुरेल, शिम्रन हेटमायर, रविचन्द्रन आश्विन, मुरुगन आश्विन, सन्दीप शर्मा, कुलदीप यादव र युजभेन्द्र चहल ।

January 12, 2025

शकिब, लिटनबिना बंगलादेशको च्याम्पियन्स ट्रफी टोली घोषणा

एजेन्सी – शकिब अल हसन र लिटन दासबिना बंगलादेशले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले आइतवार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतमा सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा रहेका लिटन यस पटक टोलीमा अटाएनन् । लिटनले पछिल्ला १३ इनिङमा अर्धशतक […]

January 12, 2025

जाधवले बनाइन् ५० ओभरको खेलमा ३ सय ४६ रन !

एजेन्सी – भारतकी १४ वर्षीया इरा जाधवले १ सय ५७ बलमा अविजित ३ सय ४६ रन बनाएकी छिन् । भारतमा जारी महिला यू–१९ एकदिवसीय ट्रफीमा मुम्बईबाट खेलेकी जाधवले मेघालयविरुद्ध नट आउट ३ सय ४६ रन बनाएकी हुन् । मुम्बईले मेघालयविरुद्ध ३ विकेटको क्षतिमा ५ सय ६३ रन बनाएको थियाे । जाधव ४२ चौका र १६ […]

January 12, 2025

शीर्षस्थानमा रहँदै पुलिस एलिट कपको फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले लिग चरणको अन्तिम खेलमा आइतवार बागमती प्रदेशलाई पराजित गर्दै जय ट्रफी मेन्स एलिट कपको फाइनलमा पुगेको छ । एलिट कपको फाइनलमा पुग्ने पुलिस दोस्रो टोली बनेको छ । यसअघि आजै मधेश प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले फाइनल पुगेको थियो । लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेशविरुद्ध ५ […]

Success

Thank you for your time.