3 years ago
May 13, 2023
एजेन्सी – सूर्य कुमार यादव (स्काई) को शतकको सहयोगमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सलाई पराजित गरेको छ ।

शुक्रबारको खेलमा मुम्बईले गुजरातमाथि २७ रनको जित दर्ता गर्यो । मुम्बईले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा गुजरात २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९१ रनमा सिमित भयो । स्पिनर राशिद खानले अन्त्यतिर आक्रामक इनिङ खेल्दै हारको अन्तर घटाएका थिए ।
बलिङतर्फ ४ विकेट लिएका राशिदले ब्याटिङमा १० छक्का प्रहार गरे । मात्र ३२ बलमा ७९ रन जोडेका उनले ३ चौका पनि प्रहार गरे । त्यसअघि गुजरातका लागि डेविड मिलरले २६ बलमा ४१ रन जोडेका थिए । चौथो ओभरमा नै २६-३ को अवस्थामा पुगेको गुजरात १४ औं ओभरमा १०३-८ को स्थितिमा थियो । राशिदले त्यसपछि आक्रामक ब्याटिङका साथ सम्मानजनक स्कोरसम्म पुर्याए ।
गुजरातका लागि ओपनरद्वय रिद्धिमान साह (२) र शुभ्मन गिल (६) चलन नसक्दा हार्दिक पान्ड्या ४ र विजय शंकर २९ रनमा आउट भए । अभिनव मनोहरले २ रन जोड्दा राहुल टेवाटिया १४ रनमा पेभेलियन फर्किए । मुम्बईका आकाश माधवलले ३ तथा पियुष चावला र कुमार कार्तिकेयाले २-२ विकेट लिए ।

त्यसअघि स्काईले इनिङको अन्तिम बलमा छक्का प्रहार गर्दै शतक पूरा गर्दा मुम्बईले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १८ रन जोडेको थियो । आइपिएल करिअरको पहिलो शतक प्रहार गर्ने क्रममा स्काईले ४९ बलमा १ सय ३ रनको योगदान दिए । उनले यसक्रममा ११ चौका र ६ छक्का प्रहार गरेका थिए । उनले ३२ बलमा अर्धशतक पूरा गरेका थिए ।
कप्तान रोहित शर्मा सातौं ओभरको पहिलो बलमा आउट भएपछि स्काई ब्याटिङमा आएका थिए । रोहितले १८ बलमा ३ चौका र २ छक्काको मदतले २९ रन जोडे । सोहि ओभरमा इशान किशन पनि राशिद खानको शिकार बने । २० बलमा ३१ रन जोडेका इशानले ४ चौका र १ छक्का प्रहार गरे ।
नेहाल वाधेराले ७ बलमा १ चौका र १ छक्कासहित १५ रन जोड्दा विष्णु विनोदले समान २-२ चौका र छक्कासहित २० बलमा ३० रन बनाए । राशिद खानले गुजरातका लागि ४ विकेट लिए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]