3 years ago
May 17, 2023
एजेन्सी – स्टार विकेटकिपर तथा आक्रामक ब्याटर जोनी बेयरस्टो झण्डै एक वर्षपछि इंग्ल्यान्डको टोलीमा फर्किएका छन् । इंग्ल्यान्डले अघिल्लो महिना आयरल्यान्ड्सँग लड्समा खेल्ने एकमात्रै टेस्टको खेलको लागि बेयरस्टोलाई टोलीमा समेटेको छ।

गतवर्ष अगष्टमा गल्फ खेल्नेक्रममा लड्दा बायाँ खुट्टामा चोट लागेपछि उनी मैदान बाहिर रहँदै आएका थिए। एसेज सिरिज अघि आयरल्यान्डसँगको खेलबाट उनले इंग्ल्यान्डको टोलीमा फर्किएका हुन् । उनी टोलीमा फर्र्किदा इंग्ल्यान्डको मध्यक्रम ब्याटिङ निकै मजबुत बन्नेछ । उनले अगष्टमा दक्षिण अफ्रिकाविरुद्ध अन्तिम टेस्ट खेल खेलेका थिए ।
तीव्र गतिका बलर क्रिस वोक्सले पनि एक वर्षपछि टोलीमा पूनरागमन गरेका छन् । तीव्र गतिका बलर जोफ्रा आर्चरलाई भने इंग्ल्यान्डले विश्राम दिने निर्णय लिएको छ । इंग्ल्यान्डले आर्चरलाई आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपलाई ध्यानमा राखेको बुझिएको छ ।
युवा ब्याटर ओली पोपलाई उपकप्तानको जिम्मेवारी दिएको छ । इंग्ल्यान्ड र आयरल्यान्डबीचको टेस्ट खेल आगमी जुन १ देखि लड्समा सुरु हुनेछ । त्यसपछि विश्व क्रिकेटकै चर्चित एसेज सिरिज इंग्ल्यान्डमा सिरिज हुनेछ । इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको सर्वाधिक प्रतिष्ठाको उक्त एसेज ट्रफी पाँच टेस्ट खेलको हुनेछ । पहिलो खेल १६ जुनदेखि सुरु हुनेछ ।
आयरल्यान्डविरुद्ध इंग्ल्यान्डको टेस्ट टोली :
बेन स्टोक्स (कप्तान), जेम्श एन्डरसन, जोनी बेयरस्टो, स्टुअर्ट ब्रोड, ह्यारी ब्रुक, ज्याक क्रली, बेन डकेट, ड्यान लरेन्स, ज्याक लेच, ओली पोप, म्याथ्यु पट्स, ओली रोविन्सन, जो रुट, क्रिस वोक्स र मार्क वुड ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]