default_image

1 year ago

May 18, 2023

महबुब आलमले बिटिएम मन्त्र थकालीबाट खेल्ने

220 views

0 Bookmark

हिमाल खरेल/बिर्तामोड

बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गर्ने प्रथम कर्पोरेट सुपर सिक्स क्रकेट प्रतियोगितामा पूर्वराष्ट्रिय खेलाडी महबुब आलमले खेल्ने भएका छन् ।

बिहीबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा आलमले बिटिएम मन्त्र थकाली टिमको प्रतिनिधित्व गर्ने टिम कप्तान सुरज खड्काले जानकारी दिएका छन् ।

बिटिएम मन्त्र थकालीमा आलमसहित कप्तान सुरज खड्का, नृत्य खडोलिया, अभ्यास तिम्सिना, रुपनारायण श्रेष्ठ, फिर्दोस अन्सारी, दिपक काफ्ले र उमेश खरेल मैदान उत्रिने छन् । फिर्दोस अन्सारी कोशी प्रदेशका प्रमुख अलराउन्डर हुन् । उनले तीव्र गतिसँगै तल्लोक्रममा राम्रो प्रदर्शन गर्ने गर्दछन् ।

यसैबीच, बिटिएम मन्त्र थकालीले आलमको जर्सी पनि सार्वजनिक गरेको छ । प्रतियोगिता झापाको बिर्तामोडमा जेठ ६ गतेदेखि सुरु हुनेछ । प्रतियोगिता बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता हुनेछ । प्रतियोगितामा २० टोलीको सहभागीता रहनेछ ।

प्रतियोगिता विजेता टोलीले नगद एक लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेता टिमले नगद पचास हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट ब्याटर र बलरले समान ५ हजार १ सय रुपैयाँ पाउनेछन् । खेलको प्रत्येक म्यान अफ द म्याचले २१ सय रुपैयाँ पाउनेछन् । फाइनल खेल भने रात्रिकालिन हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.