3 years ago
May 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आगमी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको लागि नेपालको २२ सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ । घोषणा टोलीमा नेपालले खासै परिवर्तन गरेको छैन । पछिल्लो समय बन्द प्रशिक्षणमा बोलाउँदै आएका खेलाडीलाई बोलाएको छ ।

नेपालले एक हप्ताको बन्द प्रशिक्षणपछि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका जानेछ । नेपालले एक हप्ताको तयारीपछि अन्तिम टोली घोषणा गर्नेछ । १० टोली सहभागी विश्वकप छनोट आगमी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुनेछ । नेपाल मे अन्तिममा जिम्बावे जानेछ । विश्वकप छनोटमा नेपाल, स्कटल्यान्ड, ओमान, युएई, अमेरिका, श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्स छन् ।
यी १० टोलीलाई आइसिसीले दुई समूह विभाजन गर्नेछ। हालसम्म आइसिसीले समूह विभाजन गरेको छैन । श्रीलंका र वेस्टन्डिज फरक समूहमा हुने पक्कापक्की छ। चाँडैनै समूह विभाजन गर्नेछ। हरेक समूहमा पाँच टोली हुनेछन् ।
हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा हरेक टोलीले एक अर्कासँग खेल्नेछन् । जसबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले नै भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।
नेपालले दक्षिण अफ्रिकामा नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल खेल्नेछ । यो खेल वार्मअप म्याच हुनेछ । अर्थात ओडिआई मान्यता खेल हुनेछैन । नेपालले दक्षिण अप्रिका ए टोलीसँग पनि खेल खेल्ने सम्भावना छ ।
नेपालको २२ सदस्य टोली :
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरि, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सुर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनास बोहोरा
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]