default_image

1 year ago

May 28, 2023

आइपिएल उपाधिको लागि चेन्नई र गुजरात भिड्दै

184 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा गुजरातको घरेलु मैदान नरेन्द्र मोदी रंगशाला अहमदाबादमा सुरुहुनेछ । चेन्नई पाँचौं पटक र गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने सोचमा हुनेछन् ।

विश्व क्रिकेटकै एक सर्वाधिक सफल कप्तान धोनीको सम्भव त यो आइपिएल अन्तिम खेल हुने हुँदा चेन्नई उपाधिका साथ बिदा गर्न चाहन्छ । धोनीको उत्कृष्ट कप्तानी सामू गुजरातको परिक्षा हुनेछ ।

चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । गुजरातले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा भेट पक्का गरेको हो । गुजरातका युवा ओपनर शुभमन गिल र चेन्नईका ऋतुराज गायकवाड दुबै टोलीका प्रमुख ब्याटर हुन् । यी दुई ब्याटर उच्च लयमा छन् । गिल १६ खेलमा ३ शतक र ४ अर्धशतकसहित ८ सय ५१ रनका साथ शीर्ष स्थानमा छन् । गिलले पछिल्ला चार इनिङमा तीन शतक हानेका छन् ।

गिलले हैदराबादविरुद्ध १ सय १ र रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १ सय ४ रनको अविजित शतकीय इनिङ खेलेका थिए । लगातार दुई शतक हानेका गिल चेन्नईविरुद्ध क्वालिफायर खेलमा ४२ रनमा आउट हुन पुगेका थिए । दोस्रो क्वालिफायरमा मुम्बईविरुद्ध गिलले १ सय २९ रनको सानदार शतकीय इनिङका साथ फाइनलमा स्थान पक्का गराए । गिलको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

यता चेन्नईका डेभन कन्वे र ऋतुराज गायकवाडले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । कन्वेले ६ सय २५ र गायकवाडले ५ सय ६४ रन बनाएका छन् । गुजरातमा युवा ब्याटर साई सुदर्शनले तेस्रो नम्बरमा खेल्दै राम्रो प्रभाव छाड्दै आएका छन् । चेन्नईमा अजिंक्या रहाणे फरक शैलीमा प्रस्तुत हुँदै आएका छन् ।

गुजरातमा विजय शंकर, हार्दिक पान्ड्या, डेविड मिलर र राहुल टेवाटियाले मध्यक्रम र तल्लोक्रम सम्हाल्नेछन् । मिलर क्रिजमा टिकेको खण्डमा उपाधि यात्रा सहज बनाउन सक्छन् । राशिद खान गुजरातका फिनिसर हुन् । उता चेन्नईमा शिवम दुबे, मोईन अली, रविन्द्र जडेजा, अम्बाती रायुडू र महेन्द्रसिंह धोनीले तल्लोक्रम र मध्यक्रम सम्हाल्नेछन् । दुबे राम्रो लयमा छन् । विष्फोटक ब्याटिङ गर्दै आएका दुबेबाट फाइनलमा चेन्नई सानदार प्रदर्शन चाहन्छ । धोनी आफ्नो उत्कृष्ट प्रदर्शनमा उपाधि जिताउन चाहन्छन् ।

गुजरातको बलिङ आक्रामण उत्कृष्ट छ । मोहम्मद शामी र मोहित शर्माको जोडीले यस आइपिएलमा सानदार प्रदर्शन गरेका छन् । शामी २८ विकेटका साथ शीर्ष स्थानमा छन् । शर्मा २४ विकेटका साथ तेस्रो स्थानमा छन् । गुजरातका राशिद खान २७ विकेटका साथ दोस्रो स्थानमा छन् । पावर प्लेमा शामी र डेथ ओभरमा शर्मा हुनेछन् ।

मध्यक्रममा अफगानिस्तानका दुई स्टार स्पिनर राशिद खान र नूर अहमद हुनेछन् । तेस्रो तीव्र गतिका बलरमा गुजरातले जोशुवा लिटिललाई मैदान उतार्नेछ । यता चेन्नईको बलिङ आक्रामण सन्तुलित छ । पावर प्लेमा तुषार देशपान्डे र दीपक चाहरको जोडी हुनेछन् । स्वींगका लागि चर्चित चाहरले पावर प्लेमा राम्रो प्रदर्शन गर्दै आएका छन् । मध्यक्रममा स्पिनर महेश थिक्सेना, रविन्द्र जडेजा र मोईन अली हुनेछन् ।

जडेजा र थिक्सेनाको प्रदर्शन महत्वपूर्ण हुनेछ । उता डेथ ओभरमा मथिसा पाथिराना हुनेछन् । यस सिजनमा सानदार प्रदर्शन गरेका पाथिराना अन्तिम खेलमा उत्कृष्ट प्रदर्शनका साथ उपाधि जिताउन चाहन्छन् । पाथिरानाको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

आइपिएलमा चेन्नई र गुजरातबीच चार खेल भएका छन् । जसमा चेन्नई एक र गुजरात तीन खेलमा विजयी भएका छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.