default_image

1 year ago

May 28, 2023

धोनीको कप्तानी सामु गिलको असली परिक्षा

204 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७: ४५ मा विश्वको सर्वाधिक ठूलो क्रिकेट रंगशाला अहमदाबादमा हुनेछ।

यस खेललाई विश्व क्रिकेटकै एक सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीको उत्कृष्ट कप्तानी सामू गुजरातका युवा ब्याटर शुभमन गिलको उच्च लयको परिक्षा हुनेछ । धोनी आइपिएलका सर्वाधिक सफल कप्तान हुन् । चेन्नई १४ मध्य १० संस्करण फाइनल खेलेको छ । चार पटक उपाधि जितेको छ ।

धोनीको कप्तानीमा चेन्नई दुई पटक मात्रै लिगबाट बाहिरिनु परेको छ । धोनी टि२० विश्वकप, एकदिवसीय विश्वकप र च्याम्पियन्स ट्रफी उपाधि जित्ने विश्वकै एक्लो कप्तान हुन् । धानीको खुबी भनेकै खेलाडीमाथि विश्वास र खेलको अवस्था अनुसार अघि बढाउनु हो । खेलको अवस्था हेरेर खेलाडी परिवर्तन गर्दछन् । उनको कप्तानी चाल विपक्षीले बुझ्न निकै कठिन पर्छ । विपक्षी ब्याटरको कमजोरी सहजै पत्ता लगाउँदै बलरलाई त्यसै अनुसार निर्देशन दिन्छन् ।

त्यसैले गिललाई चेन्नईविरुद्ध रन जोड्न सहज हुनेछैन । पहिलो क्वालिफायर खेलमा गिल ४२ रनमा आउट भएका थिए । दीपक चाहरले चलाखीपूर्ण स्लोवर बलमा गिललाई डिप स्क्पायर लेगमा डेभन कन्वेबाट क्याच आउट गराएका थिए । गिलले पछिल्ला चार मध्य तीन खेलमा शतक हानेका छन् । यस सिजनमा ओरेन्ज क्याप जित्ने पक्का भएको छ ।

गिलले १६ खेलमा ३ शतक र ४ अर्धशतकसहित ८ सय ५१ रन बनाएका छन् । दोस्रो क्वालिफायर खेलमा गिलले ६० बलमा ७ चौका र १० छक्कासहित १ सय २९ रनको सानदार इनिङ खेलेका थिए । त्यसअघि लिगका अन्तिम दुई खेलमा गिलले बेंगलोरविरुद्ध १ सय ४ र हैदराबादविरुद्ध १ सय १ रन हान्दै लगातार शतक हानेका थिए । गिल सुरुवाती समय क्रिजमा टिकेपछि अन्तिम समयमा आक्रामक ब्याटिङ गर्नेछन् ।

तर धोनीको कप्तानी सामू सहज हुनेछैन । धोनी ब्याटरलाई हेरी बलिङ परिवर्तन गर्ने गर्दछन् । धोनी विश्वका त्यस्ता कप्तान हुन् जसले अम्पायर र खेललाई नै रोकेर आफ्नो निर्णय लागु गर्दछन् । पहिलो क्वालिफायर खेलमा धोनीले गुजरातविरुद्ध आफ्ना डेथ ओभर स्पेलिष्ट बलर मथिशा पाथिरानालाई बलिङ गराउन चार मिनेट खेल नै रोकेका थिए ।

मैदान बाहिर गएर फर्किएपछि नियम अनुसार चार मिनेट पछि मात्रै बलिङ गर्न पाउने थिए । क्रिकेटमा खेलाडी जति समय बाहिर बस्छ त्यतिनै समय मैदान छिरेपछि बलिङ र ब्याटिङ गर्न पाउँदैनन् । तर धोनीले खेल नै रोकेर चार मिनेट अम्पायरलाई सुझाब दिँदै समय बिताउँदै पाथिरानालाई बलिङ गराएका थिए । अम्पायरले पनि धोनीसँग सल्लाह मागेका थिए ।

सम्भव त धोनीको यो अन्तिम आइपिएल खेल हुनेछ । धोनी पनि उपाधिका साथ करिअर अन्त्य गर्न चाहन्छन् । पहिलो क्वालिफायरपछि भने धोनीले आफूले आइपिएल खेल्ने वा नखेल्नेमा ८-९ महिनापछि निर्णय लिने बताएका थिए ।

चतुर दिमागका खानी भएका धोनी आफ्नो उत्कृष्ट कप्तानीमा पुन उपाधि जिताउन चाहन्छन् । धोनीले कप्तानीमा तुषार देशपान्डे, पाथिराना र अजिंका रहाणेले यस सिजनमा सानदार प्रदर्शन गरेका छन् । रहाणेले त आफ्नो खेल्ने शैलीनै परिवर्तन गर्दै आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् ।

चेन्नईसँग चार खेल खेल्दा गिलले एक अर्धशतक प्रहार गरेका छन् । गिल चेन्नईविरुद्ध ४२, ६३, १८ र ० मा आउट भएका छन् । गिल आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै उपाधि जिताने सोचमा हुनेछन् । धोनी आफ्नो कप्तानीमा पाँचौं उपाधि जिताउने सोचमा हुनेछन् ।

चेन्नईका युवा तीव्र गतिका बलर पाथिराना खेलको नायक बन्नसक्छन् । उनले डेथ ओभरमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । बेबी मलिङ्गाको नामले चर्चित उनले यस सिजनमा ११ खेलमा १७ विकेट लिएका छन् । इकोनमी रेट ७.७२ छ । उनी सटिक योर्करका लागि चिनिन्छन् । उता अफगानिस्तानका राशिद खानले चेन्नईको मध्यक्रम धरासयी बनाउन सक्छन् ।

वर्तमान समयका उत्कृष्ट लेग स्पिनर राशिद खानले यस सिजनमा १६ खेलमा २७ विकेट लिएका छन् । उनीअघि सर्वाधिक विकेट लिनेमा गुजरातकै मोहम्मद शामी २८ विकेटका साथ शीर्ष स्थानमा छन् । यी दुई बलरबीच पर्पल क्याप अवार्डमा उत्कृष्ट प्रतिस्पर्धा हुनेछ । राशिद खानले तल्लोक्रममा सानदार ब्याटिङको क्षमता समेत राख्दछन् ।

मध्यक्रममा शिबम दुबे चेन्नईका प्रमुख ब्याटर हुन् । दुबेले यस सिजनमा सानदार प्रदर्शन गरेका छन् । १५ खेलमा २९ छक्कासहित ३ सय ८६ रन बनाएका छन् । उता डेविड मिलर गुजरातका मध्यक्रमका प्रमुख हतियार हुन् । विष्फोटक ब्याटरका लागि अनुभवी चेन्नईविरुद्ध युवा टोली गुजरातको प्रदर्शन निकै हेर्न लायक हुनेछ ।

यी दुई टोलीबीच चार खेल हुँदा गुजरात तीन खेलमा विजयी चर्चित मिलर यस सिजनमा खासै चलेका छैनन् । ठूलो खेलमा स्टार खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । पावर प्लेमा चेन्नईका दीपक चाहर र गुजरातका मोहम्मद शामीको प्रदर्शन हेर्न लायक हुनेछ । डेथ ओभर गुजरातका मोहित शर्मा र चेन्नईका मथिशा पाथिराना हुनेछन् । स्पिनरमा रविन्द्र जडेजा र महेश थिक्सेना हुनेछन् । उता राशिद खान र नूर अहमदको जोडी हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.