3 years ago
May 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा विकेटकिपर अर्जुन साउद र तीव्र गतिका बलर किशोर महतोले नेपाली क्रिकेट टोलीमा लामो समयपछि पूनरागमन गरेका छन् । नेपालले आगमी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि १६ सदस्य टोली घोषणा गर्दा किशोर र अर्जुन टोलीमा फर्किएका छन् ।

नेपालले अघिल्लो महिना एसिसी प्रिमियर कप च्याम्पियन टोलीलाई नै निरन्तरता दिएको छ । उक्त १४ सदस्यबाट १६ बनाएको छ । नेपालले दक्षिण अफ्रिकामा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग वार्मअप खेल खेल्नेछ । त्यस्तै नेपालले जिम्बावेमा युएई र ओमानसँग वार्मअप खेल खेलेपछि आफ्नो अन्तिम १५ सदस्य टोली घोषणा गर्नेछ।
विकेटकिपर अर्जुन साउद पछिल्लो पटक नेपाली टोलीमा गत डिसेम्बरमा आइसिसी विश्वकप लिग २ मा नामिबिया भम्रणमा थिए । नामिबिया भ्रमणमा स्कटल्यान्डविरुद्ध डिसेम्बर ८ मा खेलेका थिए । त्यसपछि नेपालले आइसिसी विश्वकप लिग २ मा तीन महत्वपूर्ण सिरिज र एसिसी प्रिमियर कप उपाधि जित्दा अर्जुन वैकल्पिक खेलाडीमा रहँदै आएका थिए ।
टोलीको प्रशिक्षणमा नियमित रहेपनि अन्तिम टोलीमा पर्न सकेका थिएनन् । अर्जुनले नेपालबाट ७ ओडिआई खेलमा १ अर्धशतकसहित १ सय २५ रन बनाएका छन् । उनले युएईविरुद्ध नोभेम्बरमा टियु मैदानमा डेब्यू गर्दै ५१ रन बनाएका थिए । त्यसपछि राम्रो गर्न सकेका थिएनन् ।

अर्जुन ओपनर र फिनिसर दुबै ब्याटिङका लागि चिनिन्छन् । उनी विकेटकिपर राम्रो गर्ने गर्दछन् । नेपाल टि२० लिगमा अर्जुनले विराटनगर सुपर किंग्सबाट राम्रो प्रभाव छाडेका थिए । उनी नेपालको व्याकअप विकेटकिपरको रुपमा रहनेछन् । नेपालले पहिलो रोजाईमा आसिफ शेखलाई उतार्ने पक्का छ ।
उता डेथ ओभरमा राम्रो प्रदर्शन गर्दै आएका किशोर महतोले पनि टोलीमा फर्किएका छन् । किशोर भदौमा केन्या भ्रमणपछि पहिलो पटक नेपालको अन्तिम टोलीमा परेका हुन् । किशोर लगातार नेपालको प्रशिक्षणमा रहँदै आएका थिए । तर अन्तिम टोलीमा स्थान बनाउन सकेका थिएनन् ।
किशोरले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सबाट डेथ ओभरमा सानदार प्रदर्शन गरेका थिए । जिम्बावे तीव्र गतिका बलर सहयोगी हुँदा साथै किशोरले डेथ ओभर र पावर प्ले दुबैमा राम्रो बलिङ गर्दा नेपालले उनलाई टोलीमा बोलाएको छ । किशोरलाई टोलीमा फर्किदा नेपालको तीव्र गतिको बलिङ आक्रामण मजबुत बन्नेछ ।

किशोरले गत वर्ष जुलाईमा घरेलु टोली स्कटल्यान्डविरुद्ध ओडिआईमा डेब्यू गरेका थिए । उनले खेलको त्यो एकमात्रै ओडिआई खेल हो । जिम्बावेमा नेपालले किशोर, प्रतिश जि.सी, गुलशन झा, सोमपाल कामी र करण केसी गरि पाँच तीव्र गतिका बलर टोलीमा समेटेको छ ।
नेपालले दक्षिण अफ्रिकामा आगमी महिना जिम्बावेमा हुने आइसिसी एकदिवसीय विश्वकप छनोटको अन्तिम तयारीको लागि बुधबार जानेछ ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]