default_image

2 years ago

May 29, 2023

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विकास गर्ने घोषणा गरेको छ । संसदमा सोमबार आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री प्रकाशशरण महतले त्रिवि मैदानलाई अन्तर्राष्ट्रिय मैदानका रुपमा विकास गर्ने बताएका हुन् ।

मन्त्री महतले देशमा अन्य ४ वटा क्रिकेट रंगशालाको निर्माण गरिने पनि बताएका छन् । जसमा विराटनगरमा गिरिजाप्रसाद कोइराला, बैतडीमा दशरथ चन्द, कैलालीमा फाप्ला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रंगशाला छन् ।

खेलाडीलाई सहुलियत कर्जा प्रदान गर्ने बजेटमा समावेश गरिएको छ । खेलकुदको पुर्वाधार निमार्णमा निजि साझेदारीमा काम गर्ने घोषणा गरिएको छ। असोजमा चीनमा आयोजना हुने एयिसाली खेलकुदमा सहभागिता र तयारीका विषयमा बजेट मौन रहेको छ ।

January 12, 2025

शकिब, लिटनबिना बंगलादेशको च्याम्पियन्स ट्रफी टोली घोषणा

एजेन्सी – शकिब अल हसन र लिटन दासबिना बंगलादेशले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले आइतवार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतमा सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा रहेका लिटन यस पटक टोलीमा अटाएनन् । लिटनले पछिल्ला १३ इनिङमा अर्धशतक […]

January 12, 2025

जाधवले बनाइन् ५० ओभरको खेलमा ३ सय ४६ रन !

एजेन्सी – भारतकी १४ वर्षीया इरा जाधवले १ सय ५७ बलमा अविजित ३ सय ४६ रन बनाएकी छिन् । भारतमा जारी महिला यू–१९ एकदिवसीय ट्रफीमा मुम्बईबाट खेलेकी जाधवले मेघालयविरुद्ध नट आउट ३ सय ४६ रन बनाएकी हुन् । मुम्बईले मेघालयविरुद्ध ३ विकेटको क्षतिमा ५ सय ६३ रन बनाएको थियाे । जाधव ४२ चौका र १६ […]

January 12, 2025

शीर्षस्थानमा रहँदै पुलिस एलिट कपको फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले लिग चरणको अन्तिम खेलमा आइतवार बागमती प्रदेशलाई पराजित गर्दै जय ट्रफी मेन्स एलिट कपको फाइनलमा पुगेको छ । एलिट कपको फाइनलमा पुग्ने पुलिस दोस्रो टोली बनेको छ । यसअघि आजै मधेश प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले फाइनल पुगेको थियो । लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेशविरुद्ध ५ […]

Success

Thank you for your time.