default_image

3 years ago

May 29, 2023

कप्तान रोहित नेक्स्टको ब्रान्ड एम्बासडर

325 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पोडेल जेन नेक्स्ट कन्सल्टिङ ग्रुपको राष्ट्रिय ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । सोमबार जेन नेक्स्टबाट संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत मोहम्मद अस्लाम र रोहितले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता २०२३ जुन १ बाट सुरु हुनेछ । सम्झौता आपसी समझदारीका लागि दुई पक्षमा सीमित गरिएको छ । सम्झौता एक वर्षको लागि हुनेछ । ब्रान्ड एम्बासडर भएवापत राष्ट्रिय टोलीका कप्तान रोहितले आफ्नो सामाजिक सञ्जालहरूबाट जेन नेक्स्ट कन्सल्टिङ ग्रुपको प्रवद्र्धन गर्नेछन् । जेन नेक्स्टले अस्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, बेलायत र क्यानडा जाने विद्यार्थीलाई काउन्सिलिङ गर्ने काम गर्दछ ।

त्यसबाहेक रोहितले जेन नेक्स्ट सहभागी हुने शैक्षिक मेलामा पनि सहभागिता जनाउने छन् । कप्तान रोहितले सन् २०१८ मा एमस्ट्राडाममा नेदरल्यान्ड्सविरुद्ध आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए । त्यसयता उनले ४६ खेलमा १३ सय २६ रन बनाइसकेका छन् । उनी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । सन् २०२२ को सेप्टेम्बरदेखि रोहित नेपाली राष्ट्रिय टोलीका कप्तान छन् ।

रोहितको कप्तानीमा नेपालले विश्वकप लिग २ को अन्तिम १२ मध्येको ११ खेल जित्दै सोझै विश्वकप छनोटमा पुगेको थियो । रोहितकै कप्तानीमा नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपका लागि छनोट भएको छ । आगमी सेप्टेम्बरमा हुने एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्नेछ । रोहित नेपाली क्रिकेट टोलीका वर्तमान समयका प्रमुख ब्याटर हुन् ।

‘यो भर्खरै खुलेको कम्पनी हो । उद्घाटन भएको एक महिनामात्र भएको छ । तर क्रिकेटकै पृष्ठभुमिबाट आएकाले म जहिले पनि नेपाली क्रिकेटसंग आवद्ध हुनका लागि खोजिरहेको थिए । दुई पटक कीर्तिपुरमा गएर नेपालले यूएई र पपुवा न्यु गिनीसंगको खेल हेरेपछि रोहितको प्रदर्शन र नेतृत्व दुबैबाट प्रभावित भए, जसको कारण हामी रोहितलाई आफ्नो ब्रान्ड एम्बासडर बनाउने अभियानमा पुग्यौं । यसलाई हामीले जिम्मेवारीको रुपमा लिएका छौं’, मोहम्मद अस्लामले सम्झौकाको क्रममा भने ।

‘पहिलो पटक यस खाले सम्झौता गर्न पाउँदा म निकै उत्साहित छु । विशेष गरी विश्वकप छनोट र एसिया कप जस्तो महत्वपूर्ण प्रतियोगिता खेल्नु अगाडि यस्तो सम्झौतामा अनुबन्ध हुन पाउनु विशेष छ । आर्थिक हिसाबमा क्रिकेट खेलाडी अझै संघर्षरत नै छन् । धेरै खेलाडी गाह्रो अवस्थामा छन्’, रोहितले भने ।

त्यसैमा थपे, ‘मासिक पारिश्रमिक बाहेक खेलाडीले उपाधि जित्दा खेरि मात्र नगदको सम्मान पाउछन् । सधैं जितिन्छ नै भन्ने हुँदैन । हाम्रो स्तरको क्रिकेटमा अझ जति माथि गयो उति उपाधि जित्ने सम्भावना कम हुन्छ । त्यसैले यस्तो खाले सम्झौताले खेलाडीलाई धेरै मोटिभेट गर्छ । मेरो जेन नेक्स्टसँगको सम्झौताले अरू क्रिकेटर वा अन्य खेलका खेलाडीलाई पनि यो बजारमा प्रवेश गराउन मद्दत गर्न सक्छ।’

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.