3 years ago
June 2, 2023
एजेन्सी – इंग्ल्यान्डका युवा ब्याटर ओली पोपले आयरल्यान्डसँगको एकमात्रै टेस्ट खेलमा सानदार दोहोरो शतक हानेका छन् । लड्समा दोस्रो दिन दोस्रो सेसनमा पोपले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो दोहोरो शतक हानेका हुन् ।

उनले २ सय ७ बलमा दोहोरो शतक पूरा गरेका थिए । पोपले एन्डी म्याकबर्नीलाई छक्का हान्दै दोहोरो शतक पूरा गरेका थिए । दोहोरो शतक पूरा गरेको अर्को बलमा भने उनी विकेटकिपर लोर्कान टकरबाट क्याच आउट हुन पुगे । ओली पोपले २ सय ८ बलमा २२ चौका र ३ छक्का सहित २ सय ५ रनको सानदार दोहोरो शतकीय इनिङ खेले ।
इंग्ल्यान्डले पहिलो इनिङमा ५२४/४ को अवस्थामा समाप्ति घोषणा गर्यो । इंग्ल्यान्डले पहिलो इनिङमा ३ सय ५२ रनको विशाल अग्रता लिएको छ । इंग्ल्यान्डका अर्का ओपनर बेन डकेट १ सय ७८ बलमा २४ चौका र १ छक्कासहित १ सय ८२ रनमा आउट भए । उनी ग्राहम हुमेको बलमा बोल्ड भएका थिए । ओपनर ज्याक क्रली ४५ बलमा ११ चौकासहित ५६ रनमा आउट भएका थिए ।
पहिलो विकेटका लागि डकेट र क्रलीले १ सय ९ रनको शतकीय साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि डकेट र ओली पोपले २ सय ५६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड पहिलो दिनमै १ सय ७२ रनमा अल आउट भएको थियो । आयरल्यान्डका जेम्स म्याकुलम ३६ र कर्टिस क्याम्फर ३३ रनमा आउट भएका थिए । इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले सर्वाधिक ५ विकेट लिएका थिए । ज्याक लेचले ३ र म्याथ्यु पट्सले दुई विकेट लिए ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]