default_image

12 months ago

June 4, 2023

नेपाललाई सिरिज उपाधि जित्न मलेसियाको बलियो लक्ष्य

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाले पाँचौं तथा अन्तिम महिला टि२० आई खेलमा नेपाललाई सिरिज उपाधि जित्न १ सय १० रनको बलियो लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनायो ।

मलेसियाकी वान जुलिया मोहम्मद रोस्दीले ६० बलमा ३ चौकासहित सर्वाधिक ४७ रनको योगदान दिइन् । महिराह इजाती इस्मालीले ३१ बलमा १ चौकासहित २० रन बनाइन् । तेस्रो विकेटका लागि इस्माली र रोस्दीले ६० रनको साझेदारी गर्दै बलियो योगफलको आधार तय गरेका थिए ।

मलेसियालाई ओपनर विनीफ्रेड आनी दुराईसिंघमले २५ बलमा ४ चौकासहित २४ रन जोड्दै आउट भएकी थिइन् । पहिलो विकेटका लागि विनीफ्रेड र वान जुलियाले ७.३ ओभरमा ३८ रनको साझेदारी गरेका थिए ।

स्पिनर कविता जोशीले विनीलाई एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाइन् । लगत्तै अर्को बलमा कप्तान मास एलिसा यासमिन एलबीडब्लू आउट भएपछि खेलमा फर्किने संकेत देखाएको थियो । तर त्यसपछि नेपालले विकेट लिन सकेन ।

नेपालकी कविता कुँवरले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन् । पाँच खेलको सिरिज २-२ को रबराबरी अवस्थामा छ । ईश्वरी विष्टले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् ।

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.