default_image

9 months ago

June 4, 2023

नेपाललाई सिरिज उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पाँचौं तथा अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै सिरिज उपाधि जितेको छ । नेपालले पाँच खेलको महिला टि२० आई सिरिज ३-२ ले जितेको हो । जितको लागि १ सय १० रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर सीता रानामगरले ३७ […]

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पाँचौं तथा अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै सिरिज उपाधि जितेको छ । नेपालले पाँच खेलको महिला टि२० आई सिरिज ३-२ ले जितेको हो ।

जितको लागि १ सय १० रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर सीता रानामगरले ३७ बलमा ६ चौकासहित सर्वाधिक ३४ रनको योगदान दिइन् । नेपालले पहिलो ओभरको तेस्रो बलमै ओपनर कविता कुँवरलाई ४ रनमा गुमाएको थियो ।

महिराह इजातीले इन्दु बर्मालाई ५ रनमा बोल्ड गर्दा नेपाल ४ ओभरमा २०-२ को अवस्थामा थियो । सीताले प्रहार गरेको सटमा नन स्ट्राइकबाट रन लिनेक्रममा सम्झना खड्का रन आउट हुन पुगिन् ।

११ औं ओभरको तेस्रो बलमा नुर दानियाले सीता रानालाई कप्तान मास एलिसाबाट क्याच गराएपछि नेपाल केहि दबाबमा परेको थियो । ऐश्या एलिसाले विन्दु रावललाई ५ रनमा एलबीडब्लू आउट गरिन् ।

कप्तान रुविना विनीफ्रेडको बलमा २३ रनमा बोल्ड आउट भएपछि नेपाल केहि दबाबमा देखिएको थियो । रुविनाले ३० बलमा ३ चौका प्रहार गरिन् । अप्सरी बेगम १३ बलमा २ चौकासहित १५ रनमा अविजित रहिन् । ज्योति पाण्डे १६ बलमा १ चौकासहित १४ रनमा नटआउट रहिन् । मलेसियाकी हमिजाहले सर्वाधिक दुई विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । मलेसियाकी वान जुलिया मोहम्मद रोस्दीले ६० बलमा ३ चौकासहित सर्वाधिक ४७ रन बनाएकी थिइन् । महिराह इजाती इस्मालीले ३१ बलमा १ चौकासहित २० रन बनाइन् । तेस्रो विकेटका लागि इस्माली र रोस्दीले ६० रनको साझेदारी गर्दै बलियो योगफलको आधार तय गरेका थिए ।

मलेसियालाई ओपनर विनीफ्रेड आनी दुराईसिंघमले २५ बलमा ४ चौकासहित २४ रन जोड्दै आउट भएकी थिइन् । पहिलो विकेटका लागि विनीफ्रेड र वान जुलियाले ७.३ ओभरमा ३८ रनको साझेदारी गरेका थिए ।

स्पिनर कविता जोशीले विनीलाई एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाइन् । लगत्तै अर्को बलमा कप्तान मास एलिसा यासमिन एलबीडब्लू आउट भएपछि खेलमा फर्किने संकेत देखाएको थियो । तर त्यसपछि नेपालले विकेट लिन सकेन ।

नेपालकी कविता कुँवरले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन् । ईश्वरी विष्टले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा ७ विकेट र तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको थियो । चौथो खेल नेपालले ४ विकेटले हार्न पुगेको थियो ।

February 25, 2024

नेपालको औसत सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स विरुद्ध जारी अन्तिम खेलमा नेपालले औसत सुरुवात गरेको छ । नेपालले १३ ओभरमा ३ विकेट गुमाएर ५४ रन जोडेको छ । क्रिजमा कुशल भुर्तेल २५ रन जोडेर खेलिरेहका छन् । राम्रो सुरुवात पाएको नेपालले ५ ओभरको अन्तरमा ओपनर आसिफ शेख, अनिल शाह र कुशल मल्लको […]

February 25, 2024

नेपालले टस हार्यो, टोलीमा २ परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएसँगै नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो । आज नेपाली टोलीमा दुई परिवर्तन भएको छ । देव खनाल र सोमपाल कामीले विश्राम पाउँदा गुलशन झा र […]

February 24, 2024

एक्सपर्ट भरतपुर मेयर्स कप- अर्किड समूह विजेता

चितवन (हाम्रो खेलकुद)– एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिगमा चरणमा लगातार जितसंगै अर्किड सेकेण्डरी स्कुल सेमिफाइनल प्रवेश गरेको छ । लक्ष्मी माविले सान्त्वना जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । आफ्नो लिग चरणको अन्तिम खेलमा शनिबार इडेन गार्डेन स्कुललाई १ सय ८ रनले पराजित गर्दै समूह ‘बी’को विजेताको रुपमा सेमिफाइनल स्थान सुरक्षित […]

Success

Thank you for your time.