3 years ago
June 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डले भिसाको कारण नाम फिर्ता लिएपछि सोमबारदेखि हङकङमा हुने एसिसी वुमन्स टि२० इमर्जिङ टिम्स एसिया कप नेपालले खेल्ने भएको छ ।

प्रतियोगिता १२ जुन देखि २१ जुन सम्म हङकङमा हुँदैछ । क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले थाईल्यान्डले भिसाको कारण नाम फिर्ता लिएपछि उक्त प्रतियोगिता आफूहरुले खेल्न लागेको हाम्रो खेलकुदलाई जानकारी दिएका छन् ।
‘थाईल्यान्डले नखेल्ने भयो । उसको स्थानमा हामी जादै छौं । यो हामीलाई हिजो बिहान मात्रै थाहा भएको हो । त्यसको लागि हामीले तयारी गरेका छौं । हामी शनिबार वा आइतबार त्यसतर्फ जान्छौं’, पाठकले हाम्रो खेलकुदसँग भने ।
नेपालले टिकट भने आफ्नो खर्चमा जाने उनले बताए । ‘टिकटहरु हामीले नै काट्नुपर्छ । २५-३० लाख खर्च आउँछ । थाईल्यान्डले समयमा भिसा नहुने भएपछि फिर्ता लिएको बुझिएको छ’, उनले भने ।
समूह ए मा नेपाल, हङकङ, भारत र पाकिस्तानका ए टोली हुनेछन् । भारत र पाकिस्तान टेस्ट हुँदा हुँदा इमर्जिङ टिम्स एसिया कपमा आफ्नो ए टोली पठाउने छन् । नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ । दोस्रो खेल नेपालले १५ जुनमा भारतसँग खेल्नेछ । नेपालले १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ए टोली छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।
पाकिस्तानले युवा तीव्र गतिकी बलर फतिमा सानाको कप्तानीमा टोली घोषणा गरेको छ । सानाले पाकिस्तानको सिनियर टोलीबाट डब्लू ३१ ओडिआई र डब्लू २४ टि२० आई खेल खेलेकी छिन् । २१ वर्षीय साना पाकिस्तानकी प्रमुख बलर हुन् । भारतले भने यू१९ खेली सकेकी स्वेता सेहरावतको कप्तानीमा टोली घोषणा गरेको छ ।
नेपाली टोली यसै सातौ मलेसियासँगको पाँच महिला टि२० आई खेलको सिरिज ३-२ ले जितेर स्वेदश फर्किएको छ । नेपालले सिरिज जितेपनि स्तर र प्रदर्शनमा भने ठूलो प्रश्न उठेको थियो । नेपालले उक्त सिरिज एकवर्षपछि अन्तर्राष्ट्रिय पहिलो खेलको रुपमा खेलेको थियो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]