default_image

2 years ago

June 10, 2023

भारतको च्याम्पियन बन्ने आशा कायमै

195 views

0 Bookmark

एजेन्सी – भारतले आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा अष्ट्रेलियाले दिएको विशाल विजयी लक्ष्य पछ्याउँदै च्याम्पियन बन्ने आशा कायमै राखेको छ । चौथो दिनको खेल सकिँदा भारत दोस्रो इनिङमा १६४-३ को अवस्थामा छ । भारतलाई अन्तिम दिन जितको लागि २ सय ८० रन चाहिँदा हातमा ७ विकेट हुनेछ । उता अष्ट्रेलियालाई जितको लागि अन्तिम दिन ७ विकेट आवश्यक पर्दछ ।

भारतका विराट कोहली ६० बलमा ७ चौकासहित ४४ रनमा नट आउट छन् । कोहलीलाई अजिंक्या रहाणेले ५९ बलमा ३ चौकासहित २० रनमा साथ दिनेछन् । कोहली र रहाणेले चौथो विकेटका लागि ७१ रनको साझेदारी गरेका छन् । विशाल विजयी लक्ष्य पछ्याएको भाारतलाई प्रमुख ब्याटर विराट कोहलीले च्याम्पियन बन्ने आशा कायमै राखेका हुन् । पाँचौं दिन पहिलो सेसनमा कोहली र रहाणेको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

भारतलाई ओपनर शुभमन गिल र रोहित शर्माले ७.१ ओभरमा ४१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । गिल स्कट बोलान्डको बलमा स्लिपमा क्यामरन ग्रीनबाट उत्कृष्ट क्याच आउट हुँदै पेभेलिएन फर्के । गिलले १९ बलमा २ चौका प्रहार गरे । आक्रामक ब्याटिङ गरेका कप्तान रोहित शर्मा ६० बलमा ७ चौका र १ छक्कासहित ४३ रनमा आउट भए । रोहित स्पिनर नाथन लायनको बलमा स्वीप खेल्ने धुनमा मिस हुँदा आउट हुन पुगेका थिए ।

चेतेश्वर पुजारा ४७ बलमा ५ चौकासहित २७ रनमा आउट भए । उनी प्याट कमिन्सको बलमा क्याच आउट भएका थिए । त्यसअघि अष्ट्रेलियाले चौथो दिन दोस्रो सेसनमा दोस्रो इनिङ २७०-८ को समयमा समाप्तिको घोषणा गरेको थियो । पहिलो इनिङमा १ सय ७३ रनले पछि हुँदा समग्रमा भारतले ४ सय ४४ रनको विशाल लक्ष्य पाएको थियो ।

अष्ट्रेलियाका विकेटकिपर एलेक्स केरी १ सय ५ बलमा ८ चौकासहित सर्वाधिक ६६ रनमा नटआउट रहे । मिचेल स्टार्क ५७ बलमा ७ चौकासहित ४१ रनमा आउट भए । सातौं विकेटका लागि केरी र स्टार्कले ९३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । मार्नस लाबुसेन १ सय २६ बलमा ४१ र क्यामरन ग्रीन २५ रनमा आउट भए ।

ओपनर डेविड वार्नर १, उस्मान खवाजा १३, स्टिभ स्मिथ ३४ र ट्रविस हेड १८ रन बनाउँदै आउट भए । भारतका रविन्द्र जडेजाले सर्वाधिक तीन विकेट लिए । मोहम्मद शामी र उमेश यादवको नाममा समान दुई विकेट रह्यो ।

भारत पहिलो इनिङमा २ सय ९६ रनमा अल आउट भएको थियो । भारतका अजिंक्या रहाणेले १ सय २९ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ८९ रनको योगदान दिए । शार्दुल ठाकुर १ सय ९ बलमा ६ चौकासहित ५१ रनमा आउट भए ।

सातौं विकेटका लागि रहाणे र ठाकुरले १ सय ९ रनको शतकीय साझेदारी गरेका थिए । रविन्द्र जडेजा ५१ बलमा ७ चौका र १ छक्कासहित ४८, रोहित शर्मा १५, शुभमन गिल १३, विराट कोहली र चेतेश्वर पुजारा समान १४ रनमा आउट भए । अष्ट्रेलियाका प्याट कमिन्सले सर्वाधिक तीन विकेट लिए । मिचेल स्टार्क, क्यामरन ग्रीन र स्कट बोलान्डले समान दुई विकेट लिए । नाथन लायनले एक विकेट लिए ।

त्यसअघि इंग्ल्यान्डको द ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया पहिलो इनिङमा ४ सय ६९ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका मध्यक्रमका ब्याटर ट्रविस हेडले १ सय ७४ बलमा २५ चौका र १ छक्कासहित सर्वाधिक १ सय ६३ रनको सानदार शतकीय इनिङ खेले ।

हेड मोहम्मद शिराजको बलमा लेग साइडको बलमा एज लागेर विकेटकिपर के एस भरतबाट क्याच आउट भए । स्टिभ स्मिथ २ सय ६८ बलमा १९ चौकासहित १ सय २१ रनमा आउट भए । स्मिथ शार्दुल ठाकुरको बलमा बोल्ड आउट भए । चौथो विकेटका लागि स्मिथ र हेडले ४ सय ८ बलमा २ सय ८५ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेपछि अष्ट्रेलियाले विशाल योगफल बनाएको थियो ।

विकेटकिपर एलेक्स केरी ६९ बलमा ७ चौका र १ छक्कासहित ४८ रनमा आउट भए । ओपनर डेविड वार्नर ६० बलमा ८ चौकासहित ४३, उस्मान खवाजा डक, मार्नस लाबुसेन २६, क्यामरन ग्रीन ६ र प्याट कमिन्स ९ रनमा आउट भए । भारतका मोहम्मद शामीले सर्वाधिक चार विकेट लिए । मोहम्मद शामी र शार्दुल ठाकुरको नाममा दुई दुई विकेट रह्यो ।

February 10, 2025

म्याथ्यु बने ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने ब्याटर

एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]

February 10, 2025

विलियम्सनको शतकमा न्युजिल्याण्डको सानदार जित

एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]

February 10, 2025

विवेक अर्जुन ट्रफीका सर्वोत्कृष्ट खेलाडी

धनगढी (हाम्रो खेलकुद)- अर्जुन ट्रफी टोली विजेता सिवाइसी अत्तरियाका विवेक यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। विवेकलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनका साथै १० विकेट लिएका थिए। दोस्रो भएको फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर दुवै चिनिए। उनले ५ खेलमा १ […]

Success

Thank you for your time.