default_image

1 year ago

June 14, 2023

एशेजको पहिलो खेलको लागि इंग्ल्यान्डको प्लेइङ-११ घोषणा

152 views

0 Bookmark

एजेन्सी – विश्वको सर्वाधिक प्रतिष्ठित द एशेज सिरिज अन्तर्गत पहिलो खेलको लागि घरेलु टोली इंग्ल्यान्डले आफ्नो प्लेइङ ११ सार्वजनिक गरेको छ । अष्ट्रेलियासँगको पाँच खेलको सिरिज अन्तर्गत पहिलो खेल शुक्रबारदेखी बर्मिङ्घममा सुरु हुँदैछ । खेल शुक्रबार ३ : ४५ देखी सुरु हुनेछ ।

बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डले पहिलो खेलको लागि आफ्नो प्लेइङ ११ दुई दिन अघिनै सार्वजनिक गरेको हो । पछिल्लो समय टेस्टमा विष्फोटक ब्याटिङ अपनाएको इंग्ल्यान्डले एशेजमा पनि त्यसैलाई निरन्तरता दिएको छ । पछिल्लो पटक आयरल्यान्डसँगको टेस्ट सिरिजबाट टोलीमा दुई तीव्र गतिका बलर जिमी एन्डरसन र ओली रोविन्सन फर्किएका छन् । जिमी एन्डरसन इंग्ल्यान्डका सर्वाधिक अनुभवी तीव्र गतिका बलर हुन् ।

इंग्ल्यान्डको ओपनिङ बेन डकेट र ज्याक क्रलीले गर्नेछन् । तेस्रो नम्बरमा ओली पोप र चौथो नम्बरमा जो रुट हुनेछन् । पाँचौं नम्बरमा ह्यारी ब्रुक, छैटौं नम्बरमा बेन स्टोक्स र सातौं नम्बरमा जोनी बेयरस्टो हुनेछन् । आठौं नम्बरमा मोईन अली हुनेछन् । इंग्ल्यान्डको ब्याटिङमा गहिराई छ ।

नियमित स्पिनर ज्याक लेच घाइते भएपनि मोइन अलीको टेस्ट टोलीमा दुई वर्षपछि पूनरागमन हुनेछ । अली २०२१ को सेप्टेम्बरमा द ओभलमा भारतविरुद्धको खेलपछि टेस्ट टोलीमा पहिलो पटक फर्किएका हुन् । इंग्ल्यान्डले तीव्र गतिका बलर ओली रोबिन्सन, स्टुअर्ट ब्रोड र जिमी एन्डरसनलाई मैदान उतार्ने भएको छ ।

इंग्ल्यान्ड र अष्ट्रेलियाबीच दोस्रो टेस्ट लड्समा २८ जुनदेखी सुरु हुनेछ । तेस्रो टेस्ट ६ जुलाई देखी लिड्स, चौथो टेस्ट १९ जुलाईदेखी म्यानचेस्टर र पाँचौं तथा अन्तिम टेस्ट खेल २७ जुलाई देखी द ओभलमा हुनेछ । यसै साता आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतलाई २ सय ९ रनले हराउँदै उपाधि जितेको अष्ट्रेलियाले भने अन्तिम प्लेइङ ११ सार्वजनिक गर्न बाँकी छ ।

पछिल्लो पटक इंग्ल्यान्डले एशेज सिरिज ४-० ले हारेको थियो । एशेजमा खराब प्रदर्शनको कारण जो रुटले टेस्ट कप्तानी नै छाड्नु परेको थियो । तर बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्ड फेरिएको छ । विश्व टेस्ट क्रिकेटमै नयाँ तरङ्ग लिएको छ । विश्व टेस्ट च्याम्पियनसिप विजेता अष्ट्रेलिया र फेरिएको इंग्ल्यान्डबीच कडा टक्कर हुने अनुमान गरिएको छ ।

पहिलो टेस्टको लागि इंग्ल्यान्डको प्लेइङ ११ :

ज्याक क्रली, बेन डकेट, ओली पोप, जो रुट, बेन स्टोक्स (कप्तान), जोनी बेयरस्टो (विकेटकिपर), ह्यारी ब्रुक, मोईन अली, ओली रोविन्सन, स्टुअर्ट ब्रोड र जिमी एन्डरसन ।

October 22, 2024

नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिका ए विरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । अमेरिकामा आयोजना हुने विश्व कप लिग टू अगाडीको ५० ओभरको अभ्यास खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । अमेरिका ए ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन […]

October 22, 2024

वेस्ट इन्डिजका फिलिप पोखराबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर एन्डरसन फिलिपलाई टोलीमा भित्र्याएको छ । पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौस र नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडेलाई टोलीमा भित्र्याएको थियो । फिलिपले वेस्ट इन्डिजका लागि २ टेस्ट र […]

October 22, 2024

अमेरिकाबारे जानकार नेपालको सफल ब्याटिङ

डालस, अमेरिका (हाम्रो खेलकुद) – क्यानडामा बिर्सनलयाक भ्रमणको एक सातामै नेपालले घरेलु टोली अमेरिकाविरुद्ध ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा तीन खेलको टी-२० आई सिरिज क्लिन स्वीप गर्यो । अमेरिकालाई उसकै घरेलु मैदानमा हराउनु कुनै सामान्य प्रदर्शन होइन । अमेरिका गत जुनमा टी२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध पारेर सुपर ८ मा पुगेको टोली थियो । अमेरिकाले अर्को […]

Success

Thank you for your time.