2 years ago
June 15, 2023
काठमाडौं(हाम्रो खेलकुद) – ओमानले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अघि अभ्यास खेलमा नेपालविरुद्ध उत्कृष्ट पूनरागमन गरेको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमान २५.२ ओभरमा ९१-५ को अवस्थामा छ ।
ओमान कप्तान जिशान मकसुद ४९ बलमा ३७ रनमा अविजित छन् । उनलाई सन्दीप गौडेले साथ दिनेछन् । ओमान एक समय ७ ओभरमै ८-४ को दयनीय अवस्थामा थियो । तर पाँचौं विकेटका लागि कप्तान जिशान मकसुद र शोएब खानले ८३ रनको साझेदारी गर्दै राम्रो पूनरागमन गराएका थिए ।
यसअघि तीन खेलमा विश्राम दिएका स्पिनर सन्दीप लामिछानेलाई आज मैदान उतारेको छ । सन्दीप लामिछानेको २६ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका शोएब खान ३८ रनमा समातिन पुगे । सन्दीपले ५.२ ओभरमा २५ रन खर्चिदै एक विकेट लिएका छन् ।
नेपालका तीव्र गतिका बलर सोमपाल कामीले पाँचौं ओभरको पहिलो बलमा ओपनर कश्याप प्रजापतिलाई शून्यमा आउट गरेका थिए । सोमपालको बलमा प्रजापति कट एण्ड बोल्ड आउटको शिकार हुन पुगेका थिए । त्यसको एक बलपछि अर्का ओपनर अकिब इलियास अफ साइडको बल एज लागेर विकेटकिपर आसिफ शेखबाट शून्यमा क्याच आउट हुन पुगे । अकिबले वार्मअप खेलमा यसअघिको खेलमा जिम्बावेविरुद्ध शतक हानेका थिए ।
करण केसीको छैटौं ओभरको पाँचौं बलमा अर्का ओपनर जतिन्दर सिंह ५ रनमा क्याच आउट हुन पुगे । सोमपाल कामीले सातौं ओभरको दोस्रो बलमा मोहम्मद नदीमलाई एक रनमा कुशल भुर्तेलबाट क्याच गराएपछि ओमान ७-४ को दयनीय अवस्थामा पुगेको थियो ।
February 12, 2025
एजेन्सी – अर्को साता सुरु हुने च्याम्पियन्स ट्रफीका लागि स्टिभ स्मिथको कप्तानीमा अस्ट्रेलिया क्रिकेट टोलीको घोषणा भएको छ । अस्ट्रलियन क्रिकेट बोर्डले बुधवार १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो । प्राम्भिक टोलीमा रहेका ५ खेलाडी अन्तिम टोलीमा परेनन्। प्रारम्भिक टोलीमा रहेका कप्तान प्याट कमिन्स, जोस हेजलवुड र अलराउन्डर मिचेल मार्स यसअघि नै टोलीबाट बाहिरिएका […]
February 12, 2025
एजेन्सी – भारतका तीव्र गतिका बलर जसप्रित बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन् । बुमराहले जनवरीमा सिड्नी टेस्टका क्रममा ढाडमा लागेको चोटट पूर्णरुपमा निको नभएपछि च्याम्पियन्स ट्रफी गुमाउने भएका हुन् । बुमराहको पछिल्लो स्वास्थ्य परिक्षण गत साताको अन्तिममा बेंगलुरुमा भएको थियो । बुमराहले चोटका कारण आइसिसीको यो दोस्रो प्रतियोगिता गुमाउने भएका हुन् । बुमराहले ढाडको […]
February 11, 2025
सुमन अधिकारी,बुटवल वेष्टर्न क्रिकेट क्लबले २३ औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिवार फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रोपटक सुपर लिगको उपाधि जितेको हो। टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरमा ४०.४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय २५ रन […]