default_image

1 year ago

June 16, 2023

द एशेजः रुटको उत्कृष्ट शतकमा इंग्ल्यान्डको बलियो योगफल

149 views

0 Bookmark

एजेन्सी – वर्तमान समयका विश्वका एक उत्कृष्ट ब्याटर जो रुटको शतकमा इंग्ल्यान्डले द एशेजको पहिलो टेस्ट खेलमा अष्ट्रेलियाविरुद्ध पहिलो इनिङमा बलियो योगफल बनाएकोछ ।

बर्मिङ्घमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड पहिलोे दिन मात्रै ७८ ओभरमा ३९३-८ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । पहिलो दिनको खेल समाप्त हुन २० मिनेट बाँकी रहँदा इनिङ समाप्तिको घोषणा गरेको थियो । इंग्ल्यान्डका जो रुट १ सय ५२ बलमा ७ चौका र ४ छक्कासहित १ सय १८ रनमा नट आउट रहे । उनको यो टेस्ट करिअरको ३० औं शतक हो ।

ओली रोविन्सन ३१ बलमा २ चौकासहित १७ रनमा नट आउट रहे । छैटौं विकेटका लागि रुट र जोनी बेयरस्टोले १ सय २१ रनको शतकीय साझेदारी गरेका थिए । बेयरस्टो ७८ बलमा १२ चौकासहित ७८ रनमा आउट भए । उनी स्पिनर नाथन लायनको बलमा विकेटकिपर एलेक्स केरीबाट स्टम्पिङ आउट भए ।

ओपनर बेन डकेट १२ रनमै आउट भएका थिए । तर अर्का ओपनर ज्याक क्रलीले ७३ बलमा ७ चौकासहित ६१ रनमा आउट भए । क्रली स्कट बोलान्डको बलमा केरीबाट क्याच आउट भए । ओली पोप ४४ बलमा २ चौकासहित ३१ रनमा नाथन लायनको बलमा एलबीडब्लू आउट भए ।

ह्यारी ब्रुकलाई लायनले ३७ बलमा ४ चौकासहित ३२ रनमा बोल्ड आउट गरे । बेन स्टोक्स जोश हेजलवुडको बलमा केरीबाट एक रनमै क्याच आउट भए । अष्ट्रेलियाका नाथन लायनले सर्वाधिक चार विकेट लिए । जोश हेजलवुडले दुई, स्कट बोलान्ड र क्यामरन ग्रीनले समान एक विकेट लिए ।

अष्ट्रेलिया पहिलो इनिङमा १४-० को अवस्थामा पहिलो दिनको खेल सकिएकोछ । अष्ट्रेलियाका डेविड वार्नर ८ र उस्मान खवाजा ४ रनमा अविजित छन् । अष्ट्रेलिया ३ सय ७९ रनले पछि ।

October 22, 2024

नेपाल टस हारेर ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिका ए विरुद्ध टस हारेर नेपालले ब्याटिङको निम्तो पाएको छ । अमेरिकामा आयोजना हुने विश्व कप लिग टू अगाडीको ५० ओभरको अभ्यास खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । अमेरिका ए ले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । यसअघि अमेरिकासँग ३ खेलको टी ट्वान्टी सिरिज नेपालले क्लिन […]

October 22, 2024

वेस्ट इन्डिजका फिलिप पोखराबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर एन्डरसन फिलिपलाई टोलीमा भित्र्याएको छ । पोखराले तेस्रो विदेशी खेलाडीको रुपमा फिलिपलाई टोलीमा अनुबन्ध गरेको हो । पोखराले यसअघि अमेरिकाका विकेट किपर ब्याटर आन्द्रेस गौस र नेदरल्यान्ड्सका अलराउन्डर बास डि लिडेलाई टोलीमा भित्र्याएको थियो । फिलिपले वेस्ट इन्डिजका लागि २ टेस्ट र […]

October 22, 2024

अमेरिकाबारे जानकार नेपालको सफल ब्याटिङ

डालस, अमेरिका (हाम्रो खेलकुद) – क्यानडामा बिर्सनलयाक भ्रमणको एक सातामै नेपालले घरेलु टोली अमेरिकाविरुद्ध ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा तीन खेलको टी-२० आई सिरिज क्लिन स्वीप गर्यो । अमेरिकालाई उसकै घरेलु मैदानमा हराउनु कुनै सामान्य प्रदर्शन होइन । अमेरिका गत जुनमा टी२० विश्वकपमा पाकिस्तानलाई स्तब्ध पारेर सुपर ८ मा पुगेको टोली थियो । अमेरिकाले अर्को […]

Success

Thank you for your time.