default_image

1 year ago

June 17, 2023

नेपालले सुधार गर्नुपर्ने पाँच प्रमुख कमजोरी

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइतबारदेखी जिम्बावेमा आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता सुरु हुँदैछ । नेपालसहित १० सहभागी प्रतियोगिताबाट सुपर सिक्स हुँदै शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

समूह ए मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, युएई र ओमान छन् । नेपाल पछिल्लो समय आफ्नो क्रिकेट इतिहासकै उच्च लयमा छ । नेपालले विश्वकप छनोटमा स्थान बनाउन आइसिसी विश्वकप लिग २ मा पछिल्ला १२ मध्य ११ खेल जितेको थियो । एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने भएको छ ।

नेपालले पछिल्ला १७ मध्य १६ अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हात पारेको छ । त्यसमध्य विदेशी भूमिमा चार खेल मध्य तीनमा जित र एकमा हारछ । घरेलु मैदान टियुमा सानदार प्रदर्शन गरेको नेपाललाई त्यहिँ लय जिम्बावेमा दोर्याउन सहज हुनेछैन । नेपालले लगातार जितको कारण टोलीका कमजोरी लुकेका थिए । तर ती कमजोरी विश्वकप छनोटमा नेपाललाई भारी पर्नसक्छ ।

नेपालले सानदार प्रदर्शन गर्दै विश्वकपको सुपर सिक्समा स्थान बनाउन टोलीमा भएका कमजोरी सुधार गर्नुपर्ने हुन्छ । नेपालले यी पाँच कमजोरी सुधार गर्न सके विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नसक्छ ।

५.फिल्डिङमा सुधार र ब्याटिङमा राम्रो सुरुवात

नेपालले आइसिसी विश्वकप लिग-२ मा खेलेका पछिल्ला तीन सिरिज र प्रिमियर कपमा फिल्डिङमा कमजोर प्रदर्शन गरेको थियो । नेपालले थुप्रै खेलमा क्याच र रन आउटको अवसर छाडेको थियो । उक्त समस्या नेपालले सुधार गर्नुपर्ने हुन्छ । क्रिकेटमा एउटा क्याच वा रन आउटले खेल जित र हार निर्धारण गर्नसक्छ । खेलाडीको मनोबलमा प्रत्यक्ष असर पार्छ ।

अर्कोतर्फ नेपालले ब्याटिङमा राम्रो सुरुवात गर्न सकेको छैन । नेपालले ओपनरमा कुशल भुर्तेल र आसिफ शेखलाई मैदान उतार्दै आएकोछ । नेपालले खेलेका पछिल्ला सबै अन्तर्राष्ट्रिय खेलमा ओपनरले ठूलो साझेदारी गर्न सकेका छैनन् । ओपनरले ब्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गरेका छन् । कुनै खेलमा कुशल र केहिमा आसिफले ठूला इनिङका साथ जित दिलाएका छन् ।

राम्रो सुरुवातले मात्रै टोलीले ठूलो योगफल निर्धारण गर्न सकिन्छ । राम्रो सुरुवातले मध्यक्रम र तल्लोक्रमका ब्याटरलाई समेत खेल्न सहज हुन्छ । त्यसैले नेपालले ब्याटिङमा राम्रो सुरुवात गर्न आवश्यक देखिन्छ ।

४. तेस्रो तीव्र गतिको बलर र पहिला ब्याटिङ

जिम्बावे तीव्र गतिका बलर सहयोगी मानिन्छ । नेपालले पहिलो रोजाईमा सोमपाल कामी र करण केसीलाई मैदान उतार्दै आएको छ । तर नेपालले तेस्रो तीव्र गतिका बलर टुङ्गो लगाउन आवश्यक देखिन्छ । नेपालसँग गुलशन झा, प्रतिश जि.सी र किशोर महतो तेस्रो तीव्र गतिका बलरका दाबेदार हुन् । गुलशन करण केसीको स्थानमा खेल्दै आएका छन् । गुलशनले एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध ६७ र लिग २ को अन्तिम खेलमा युएईविरुद्ध ५० रन जोडेका थिए ।

तर गुलशनले बलिङ भने राम्रो गर्न सकेका छैनन् । ब्याटिङको आशामा नेपालले बलिङमा खराब प्रदर्शन गर्दै विशाल लक्ष्य पाउन सक्छ । त्यसैले गुलशनलाई निरन्तता दिने वा किशोर र प्रतिश मध्य एकलाई मौका दिने अन्यौलछ । जिम्बावेमा तेस्रो तीव्र गतिको बलर अति आवश्यक देखिन्छ । त्यसैले नेपालले तेस्रो तीव्र गतिको बलर निर्धारण गर्दै विश्वास दिन आवश्यक देखिन्छ ।

अकोतर्फ नेपालले पहिला ब्याटिङ गर्दा पनि संघर्ष गर्दै आएकोछ । अभ्यास खेलमा नेपालले हारेका तीनै खेल पहिला ब्याटिङ गर्दा थियो । नेपालको लक्ष्य पछ्याउँदा राम्रो गर्दै आएको छ । पहिला ब्याटिङ गर्दा भने संयमित हुन आवश्यक छ । नेपाली ब्याटर फिनिसर गर्न पनि चुक्दै आएका छन् । राम्रो फिनिसिङ गर्न पनि त्यतिनै आवश्यक देखिन्छ ।

३. मिडिल ओभरमा साझेदारीमा ब्रेक

नेपाली बलरले राम्रो सुरुवात गरेपछि मध्यक्रममा विपक्षी ब्याटरको साझेदारी ब्रेक गर्न सकेका छैन । अभ्यास खेलमै ओमान एक समय ७-४ को दयनीय अवस्थामा पुगेको थियो । तर पछि ओमान २ सय ६८ रन बनाएको थियो । चौथो विकेटका लागि जिशान मकसुद र शोएब खानले ८४ रनको साझेदारी गरेका थिए । सातौं विकेटका लागि जिशान र आयन खानले १ सय १५ रनको साझेदारी गरेका थिए ।

लिग २ मा स्कटल्यान्डले पहिलो खेलमा १११–६ को अवस्थाबाट २ सय ७४ रन बनाएको थियो । माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए । त्यस्तै युएईले १२८–४ को अवस्थाबाट ३ सय १० रन बनाएको थियो ।

मध्यक्रममा नेपालका स्पिनर सन्दीप लामिछाने बाहेक अन्य बलर विकेट लिन खासै सफल हुन सकेका छैनन् । जसले गर्दा खराब सुरुवातबाट पनि विपक्षीले राम्रो पूनरागमन गर्दै आएका छन् । मध्यक्रममा पनि नेपालले राम्रो विकेट लिन आवश्यक पर्दछ ।

२.बायाँ हाते बलरविरुद्ध राम्रो प्रदर्शन आवश्यक

बायाँ हाते तीव्र गतिका बलर र अर्थोड्रक्स स्पिनर नेपाललाई लगातार भारी बन्दै आएका छन् । नेपालले बायाँ हाते तीव्र र स्पिनर दुबै बलरविरुद्ध लगातार खराब प्रदर्शन गर्दै आएको छ । एसिसी प्रिमियर कपमा कतारसँग १ सय ५७ रनमा अल आउट हुनुको मुख्य कारण नै त्यहिँ थियो । १११-९ को अवस्थाबाट सन्दीप र ललितले नेपालको साख बचाएका थिए ।

कतारका बायाँ हाते तीव्र गतिका बलर आमिर फारुकीले चार, स्पिनर क्वाइस अहमदले तीन र गायन मुनविराले दुई विकेट लिएका थिए । यी तीनै बलर बायाँ हाते थिए । यो त उदाहरण मात्रै हो ।

युएईका आयन खान, पूर्वकप्तान अहमद राजा, स्कटल्यान्डका मार्क वाट, ताहिर हाम्जा, ओमानका जिशान मकसुद, नामिबियाका बेर्नार्ड श्कोट्ज आदि नेपालविरुद्ध हाबी हुँदै आएका छन् । त्यसको मुख्य कारण नेपाली ब्याटर बायाँ हाते बलर खेल्न नसक्नु हो । विश्वकप छनोटमा सबै टोलीमा स्तरिय बायाँ हाते बलर छन् ।

तर जिम्बावेका बायाँ हाते तीव्र गतिका बलर रिचर्ड न्गारावा र वेस्टइन्डिजमा स्पिनर अकिल हुसैन जस्ता स्तरिय बलर छन् । अमेरिकामा सौरभ नेत्रवालकार र नेदरल्यान्ड्समा क्लेटन फ्योयड छन् । बायाँ हाते बलरविरुद्ध नेपाली ब्याटर संयमित हुन आवश्यक देखिन्छ ।

१.डेथ ओभरमा उत्कृष्ट बलिङ

नेपालको ठूलो कमजोरी नै डेथ ओभर हो । नेपालले डेथ ओभर अर्थात ४० देखी ५० ओभर सम्म लगातार खराब प्रदर्शन गर्दै आएको छ । आइसिसी विश्वकप लिग-२ मा नेपालले डेथ ओभरमा खराब प्रदर्शन गरेको थियो । युएईले लिग २ मा ३ सय १० रन बनाउँदा अन्तिम १० ओभरमा १ सय २१ रन खर्चेर १ विकेट लिएको थियो ।

आसिफ खानले त्यसको फाइदा उठाउँदै ४१ बलमै शतक हानेका थिए । स्कटल्यान्डविरुद्ध पहिलो खेलमा डेथ ओभरमा ८१ रन खर्चेर २ विकेट लिएको थियो । नामिबियाविरुद्ध डेथ ओभरमा पहिलो खेलमा ९५ रन खर्चेर ६ विकेट र दोस्रो खेलमा १ सय १५ रन खर्चेर १ विकेट लिएको थियो । नेपालको डेथ ओभर सबैभन्दा ठूलो कमजोरी हो । टोलीमा डेथ ओभर स्पेलिष्ट बलर छैनन् ।

किशोर महतोले घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेपनि अन्तर्राष्ट्रियमा मौका पाउन सकेका छैनन् । नेपालका प्रमुख बलर सोमपाल, करण र सन्दीप तीनैको डेथ ओभरमा सबैले खराब प्रदर्शन गर्दै आएका छन् । त्यसैको कारण नेपालले डेथ ओभर समस्या समाधान गर्नुपर्ने हुन्छ । अन्यथा टेस्ट टोलीले नेपालविरुद्ध चौका र छक्काको वर्षा गराउँदै विशाल योगफल बनाउन सक्छन् ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.