2 years ago
June 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा आइतबार जिम्बावेविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार आइतबार बिहान १२: ४५ मा हरारे स्पोर्ट्स क्लबमा सुरुहुनेछ।

नेपालले पहिलो पटक टेस्ट टोलीविरुद्ध खेल्दैछ । नेपाल पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बाबेलाई स्तब्ध विश्वकप छनोटमा विश्व क्रिकेटमै तहल्का पिट्न चाहन्छ । त्यसको लागि नेपालले ब्याटिङलाई ध्यानमा राख्दै प्लेइङ ११ मैदान उतार्ने अनुमान गरिएको छ । नेपालले अघिल्लो महिना एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध टोलीबाट परिवर्तन गर्ने सम्भावना छ ।
स्पिनर ललितनारायण राजवंशीको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई मैदान उतार्न सक्छ । जिम्बावे तीव्र गतिका बलरलाई सहयोगी बढी मानिन्छ । नेपालसँग स्पिनर सन्दीप लामिछानेसँगै कुशल मल्ल र दीपेन्द्र राम्रो स्पिन विकल्प हुनेछन् । दीपेन्द्रले २०१७ मा नेपाली टोलीमा डेब्यू गरेपछि पहिलो पटक लयका कारण प्लेइङ ११ बाहिर हुनु परेको थियो । दीपेन्द्र ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रका अब्बल खेलाडी हुन् । उनले यी तीन मध्य कुनैपनि क्षेत्रबाट टोलीलाई जिताउन सक्छन् ।
जिम्बावेको पिचमा नेपालले दुई प्रमुख स्पिनर खेलाउने सम्भावना देखिदैन । त्यसैले ललितको ठाउँमा दीपेन्द्रलाई खेलाउन सक्छ । जसले गर्दा नेपालको ब्याटिङ-११ नम्बरसम्म हुनेछ । ललितलाई नेपालले घरेलु मैदान टियुमा मात्रै प्रयोग गरेको थियो । युएईमा भने ललितलाई नेपालले बेन्चमै राखेको थियो ।

उक्त फाइनलमा दीपेन्द्रको स्थानमा गुलशन झाले खेलेका थिए । गुलशनले उक्त खेलमा ८४ बलमा ६ छक्कासहित ६७ रनको नटआउट इनिङ खेलेका थिए । गुलशन तीव्र गतिका बलर हुन् । उनको बलमा गति पनिछ । पिच तीव्र गतिको बलर सहयोगी हुँदा सोमपाल र करण पहिलो रोजाईमा खेल्नेछन् । गुलशन तीव्र गतिको बलिङ अलराउन्डरमा खेल्न सक्छन् ।
टोलीमा अन्य परिवर्तनको सम्भावना कम छ । ओपनरमा आसिफ शेख र कुशल भुर्तेल हुनेछन् । भुर्तेलले अभ्यास खेलमा ओमानविरुद्ध शतक हान्दै राम्रो लयको सम्भावना देखाएका छन् । कुशलको भूमिका आक्रामक र आसिफको संयमित रुपमा ठूलो इनिङ खेल्नेहुनेछ ।
कम्तिमा १० ओभरसम्म विकेट नगुमाउने नेपालको रणनीति हुनसक्छ । राम्रो सुरुवात पाउँदा नेपालले विशाल योगफल बनाउने देखिन्छ । तेस्रो नम्बरमा भीम सार्कीले निरन्तरता पाउनेछन् । भीमले एक एन्डबाट इनिङ बचार खेल्नु पर्ने हुन्छ ।
रोहित पौडेल चौथो नम्बरमा खेल्ने छन् । रोहित नेपालका ब्याटिङका खम्बा हुन् । रोहितले २०१८ को छनोटमा जिम्बावेविरुद्ध राम्रो प्रदर्शन गरेका थिए । त्यसैको कारण उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । नेपालले खराब सुरुवात गर्दापनि राम्रो पूनरागमन गर्ने ब्याटिङ लाइनअप हुनेछ ।

कुशल मल्ल पाँचौं नम्बरमा खेल्नेछन् । कुशलबाट नेपाल विष्फोटक ब्याटिङ चाहन्छ । कुशल राम्रो लयमा पनि छन् । उनले अघिल्लो महिना ओमानविरुद्ध ५९ बलमै शतक हानेका थिए । छैटौं नम्बरमा आरिफ शेख हुनेछन् ।
यदि नेपाल राम्रो अवस्थामा भएमा गुलशन झा र दीपेन्द्रलाई माथि खेलाउन सक्छ । टोलीले खराब ब्याटिङ गरेको खण्डमा इनिङ सम्हाल्न आरिफलाई छैटौं नम्बरमा पठाउन सक्छ । पाँचदेखी तल टोलीको अवस्थामा ब्याटिङक्रम निर्भर रहनेछ ।
नेपालले सातौं र आठौं नम्बरमा गुलशन र दीपेन्द्रलाई मैदान उतार्नेछ । दीपेन्द्रबाट नेपाल फिनिसिङ चाहन्छ । नेपाल फिनिसिङमा चुक्दै आएको छ । नवौं र दशौं नम्बरमा करण केसी र सोमपाल कामी हुनेछन् । नेपालको ब्याटिङ अन्तिम नम्बरछ । सोमपाल र करण दुबै राम्रो ब्याटिङका लागि चिनिन्छन् ।

करणबाट नेपाल विष्फोटक अन्त्य चाहन्छ । सन्दीप ११ औं नम्बरमा खेल्नेछन् । सन्दीपले पनि पछिल्लो समय राम्रो ब्याटिङ गर्दै आएका छन् । नेपालको ब्याटिङ १ देखी ११ नम्बरसम्म कुनैपनि खेलाडीले गर्न सक्छन् । जसले गर्दा नेपालको ब्याटिङ निकै मजबुत हुनेछ । तीव्र गतिका बलरमा सोमपाल र करण केसी पहिलो रोजाईमा खेल्नेछन् ।
गुलशन तेस्रो रोजाईका बलर हुनेछन् । आवश्यक परेमा आरिफ शेख चौथो विकल्प हुनेछन् । स्पिनर सन्दीप लामिछाने नेपालका प्रमुख स्पिनर हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । उनलाई दीपेन्द्र र कुशल मल्लले पार्टटाइममा साथ दिनेछन् । नेपालसँग तीव्र गतिमा चार र स्पिनरमा तीन गरि सात बलिङ विकल्प हुनेछ । आवश्यक परेमा रोहित पौडेल र कुशल भुर्तेल पनि स्पिन गर्न सक्छन् ।
नेपालको सम्भावित प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]