default_image

1 year ago

June 18, 2023

नेपालले आज जिम्बावेसँग खेल्दै

206 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा आज घरेलु टोली जिम्बावेसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः ४५ मा जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा सुरुहुनेछ ।

नेपालको रोहित पौडेल र जिम्बावेको क्रेग इर्विनले कप्तानी गर्नेछन् । विश्वकपको दाबेदार जिम्बावे नेपाललाई हराउँदै प्रतियोगितामा सहज सुरुवात गर्न चाहन्छ । पछिल्लो समय उच्च लयमा रहँदै सानदार प्रदर्शन गर्दै आएको नेपाल आफ्नो उत्कृष्ट क्रिकेट खेल्दै घरेलु टोलीलाई स्तब्ध पार्ने सोचमा हुनेछ ।

नेपालले पहिलो पटक टेस्ट टोलीसँग ओडिआई खेल खेल्दैछ । ओडिआई विश्व वरियतामा नेपाल १५ औं र जिम्बावे ११ औं स्थानमा छन् । नेपालका सन्दीप लामिछाने र जिम्बावेका सिकन्दर राजा प्रमुख हतियार हुन् । राजाले अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका छन् । २०१८ को विश्वकप छनोटमा सर्वोत्कृष्ट खेलाडी चुनिएका राजा नेपाललाई घातक बन्नसक्ने खेलाडी हुन् । नेपालले जिम्बावेसँग एकमात्रै ५० ओभरको खेल खेलेको छ ।

२०१८ को विश्वकप छनोटमा नेपाल जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो । राजाले ६६ बलमा १ सय २३ रन बनाएपछि जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ८० रन बनाएको थियो । राजाको प्रदर्शन ब्याटिङ र बलिङ दुबैमा महत्वपूर्ण हुनेछ । यता ओडिआईमा सर्वाधिक छिटो ४२ खेलमा १ सय विकेट लिने सन्दीप नेपालका प्रमुख हतियार हुन् । उनको उत्कृष्ट प्रदर्शन बिना जित कठिन देखिन्छ ।

जिम्बावेको ब्याटिङक्रम भने अस्थिरछ । कप्तान के्रग इर्विन र सेन विलियम्सन दुई अनुभवी खेलाडी हुन् । विलियम्सले १ सय ४९ र इर्विनले १ सय १० ओडिआई खेल खेलेका छन् । यी दुई अनुभवी ब्याटर जिम्बावेका ब्याटिङका खम्बा हुन् ।

राजा, रायन बर्ल र वेस्ली मेधभरे जिम्बावेरका ब्याटिङमा खेल जिताउन सक्छन् । २२ वर्षीय वेल्सी नेपाली बलरलाई सरप्राइज दिनसक्छन् । जिम्बावेको तल्लोक्रम ब्याटिङ भने तुलनात्मक रुपमा कमजोरछ । जिम्बावेको तीव्र गतिको बलिङ आक्रामण उत्कृष्ट छ ।

ब्लेसिङ मुर्जाबानी बाउन्सर र योर्करका लागि चिनिन्छन् । उनलाई ब्रान्ड इभान्सले साथ दिनेछन् । इभान्स र मुर्जाबानीको शारीरिक उचाई राम्रो हुँदा बाउन्सरमा हाबी हुनसक्छन् । अनुभवी टेन्न्डाई चतारा नेपाललाई निराश बनाउन सक्ने बलर हुन् ।

सिकन्दर राजा र रायन बर्लले नेपालमा टि२० लिग खेलि सकेका छन् । राजाले नेपाल टि२० लिग र एभरेष्ट प्रिमियर लिग विराटनगरबाट खेलेका थिए । त्यस्तै रायन बर्लले काठमाडौंबाट खेलेका थिए । यी दुईलाई नेपाली खेलाडीबारे राम्रो जानकार छ ।

यता नेपालले डेथ ओभरमा राम्रो बलिङ गर्नुपर्ने हुन्छ । डेथ ओभर बलिङ नेपालको कमजोरीको रुपमा छ । नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेलले ब्यक्तिगत रुपमा राम्रो प्रदर्शन गर्दै आएका छन् । तर साझेदारी भने ठूलो गर्न सकेका छैनन् ।
नेपाल राम्रो साझेदारी चाहन्छ । नेपालको ब्याटिङ ११ नम्बरसम्म नै छ । नेपालले एसिसी प्रिमियर कपको फाइनलबाट ललितनारायण राजवंशीलाई बाहिर राख्दै दीपेन्द्रलाई खेलाउन सक्छ ।

जिम्बावेको पिच तीव्र गतिको सहयोगी हुँदा नेपालले प्रमुख स्पिनरमा सन्दीपलाई मात्रै मैदान उतार्ने सम्भावना छ । दीपेन्द्रको आगमनले नेपालको टोली थप सन्तुलिन बन्ने देखिन्छ । दीपेन्द्र फिनिसरको रुपमा खेल्नेछन् । उनलाई पनि राम्रो प्रदर्शनको दबाब हुनेछ ।

स्पिनरमा सन्दीपलाई कुशल मल्ल र दीपेन्द्रले साथ दिनेछन् । तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी र गुलशन झा हुनेछन् । आवश्यक परेमा आरिफ शेख चौथो विकल्प हुनेछन् । नेपालसँग बलिङमा ७ राम्रो विकल्प छ । ब्याटिङ अन्तिम नम्बरका सन्दीपले समेत राम्रो गर्दछ । नेपालले खराब सुरुवात गर्दा पनि राम्रो पूनरागमन गर्नसक्छ ।

नेपालको मुख्य हतियार ब्याटिङ हो । त्यसैले ब्याटिङमा सानदार प्रदर्शन गर्नुपर्ने हुन्छ । कप्तान रोहित पौडेल र आरिफ शेख नेपालका प्रमुख ब्याटर हुन् । भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, गुलशन झा लगायतका खेलाडीले नेपालको ब्याटिङ मजबुत बनाएका छन् ।

सोमपाल र करणबाट नेपाल राम्रो अन्त्य चाहन्छ । नेपालले पहिलो खेलमा ज्ञानेन्द्र मल्ल, अर्जुन साउद, प्रतिश जि.सी, किशोर महतो र ललितलाई बेन्चमा राख्ने सम्भावना छ ।

समूह ए : नेपाल, जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका

समूह बी : श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड, ओमान र युएई

हेड टु हेड :

नेपालले जिम्बावेसँग एक लिष्ट ए र दुई टि२० आई खेल खेलेका छ । नेपालले कुनैपनि खेलमा जिम्बावेलाई हराउन सकेको छैन ।
मौसम :

खेल हुने हरारे स्पोर्ट्स मैदानमा कुनैपनि वर्षाको सम्भावना छैन ।

लाइभ : लाइभ स्टार स्पोर्ट्सबाट हेर्न सकिनेछ ।

नेपालको खेल तालिका, समय र मिति

असार ३ ( जुन १८) – जिम्बावेविरुद्ध नेपाल, हरारे स्पोर्ट्स क्लब

असार ५ (जुन २०) – नेपालविरुद्ध अमेरिका, ताकाशिंगा स्पोर्ट्स क्लब

असार ७ (जुन २२) – नेपालविरुद्ध वेस्टइन्डिजः हरारे स्पोर्ट्स क्लब

असार ९ (जुन २४) – नेपालविरुद्ध नेदरल्यान्ड्स, ताकाशिंगा स्पोर्ट्स क्लब

समय : सबै खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा सुरुहुनेछन् ।

यदि नेपाल सुपर सिक्समा पुग्न नसकेको खण्डमा प्लेअफमा बाँकी दुई खेल खेल्न पाउनेछ । छैटौं देखी १० औं सम्मको लागि प्लेअफ हुनेछ ।

 नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

 जिम्बावेको टोली :

रयान बर्ल, टेन्दाई चतरा, क्रेग इर्विन (कप्तान), ब्राड्ली इभान्स, जोयलोड गम्बी, ल्यूक जाेंगवे, इनोसेन्ट कैया, क्लाइभ माडांडे, वेस्ली मधेभेरे, वेलिंग्टन मककड्जा, तडिवानासे मरुमणि, ब्लेसिङ मुर्जाबानी, रिचर्ड नगराव, सिकन्दर राजा र सेन विलियम्स ।

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

Success

Thank you for your time.