default_image

2 years ago

June 18, 2023

विश्वकप छनोटः नेपालको असली परिक्षा

201 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेमा आजदेखी आइसिसी एकदिवसीय विश्वकप छनोट सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित विश्वका १० टोलीको सहभागीता छ । नेपाल, वेस्टइन्डिज, जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, ओमान, युएई र स्कटल्यान्डछन् ।

हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ । आफ्नो समूहबाट जाने टोलीको भने समूह चरणकै प्रदर्शन सुपर सिक्समा गणना गरिनेछ । सुपर सिक्सबाट शीर्ष दुईमा रहने टोली फाइनलमा पुग्दै आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउछन् ।

नेपालले पछिल्लो समय विश्व क्रिकेटमै सानदार प्रदर्शन गर्दै आएको छ । त्यसैको कारण विश्वकप छनोटमा नेपालमाथि धेरैको नजर हुनेछ । नेपालले पछिल्ला १७ मध्य १६ अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ । आइसिसी विश्वकप लिग २ मा नेपालले पछिल्ला १२ मध्य ११ खेल जितेको थियो ।

मोन्टी देशाई मुख्य प्रशिक्षक बनेर आएपछि नेपालले सानदार प्रदर्शन गरेको थियो । नेपालले लिग–२ को अन्तिम खेलमा युएईले प्रस्तुत गरेको ३ सय ११ रनको विशाल लक्ष्य पछ्याउनेक्रममा ४४ ओभरमा २६९–६ को अवस्थामा कट अफ टाइमको कारण खेल रोकिएपछि डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले जित हात पारेको थियो ।

त्यसअघि नेपालले नामिबियाले प्रस्तुत गरेको २ सय ८६ रनको विशाल लक्ष्य ४७.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको थियो । जुन नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल थियो । नेपालले लिग–२ च्याम्पियन स्कटल्यान्डले प्रस्तुत गरेको २ सय ७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो । नामिबियाले नै दिएको २ सय ७५ रनको लक्ष्य ४७.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो ।

अघिल्लो महिना एसिसी प्रिमियर कपमा ओमानविरुद्ध निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो । नेपालले पहिलो पटक ओडिआईमा ३ सयमाथि रन बनाएको थियो ।

घरेलु मैदान टियुमा नेपालले सानदार प्रदर्शन गरेको थियो । नेपाल पछिल्ला १५ खेलमा घरेलु मैदानमा अपराजित छ । नेपालले टियुमा सानदार प्रदर्शन गर्दै आएकोछ । ब्याटिङमा अविश्वसनीय प्रदर्शन गरेको थियो । नेपालले उच्च प्रदर्शन गुर्नमा घरेलु मैदान, दर्शक र वातावरण एक कारण थियो ।

कुनैपनि टोली घरेलु मैदानमा अतिरिक्त बलियो हुन्छन् । उदाहरणलाई बंगलादेशले घरेलु मैदानमा भारतलाई हराउने गर्दछ । टियुमा आसिफ शेख, कुशल भुर्तेल र कुशल मल्लले पछिल्लो समय शतक हानेका छन् । तर पारस खड्का बाहेक अन्य कुनैपनि नेपाली ब्याटरले विदेशी भूमिमा ओडिआईमा शतक हान्न सकेका छैनन् । नेपालको स्तर साँच्चै सुधारिएको हो वा टियुको फाइदा उठाएको हो त्यो विश्वकप छनोटमा स्पष्ट थाहा हुनेछ ।

विश्वकप छनोटमा नेपालले अहिलेसम्मकै उच्च स्तरका टोली वेस्टइन्डिजसँग पनि खेल्नेछ । नेपालको अझ असली परिक्षा दुई टेस्ट टोली जिम्बावे र वेस्टइन्डिजविरुद्ध हुनेछ । जिम्बावेमा सिकन्दर राजा, रायन बर्ल, क्रेग इर्विन, सेन विलियम्सन, ब्लेसिङ मुर्जाबानी जस्ता स्टार खेलाडी छन् । २०१८ मा राजाले नेपालविरुद्ध ६६ बलमै १ सय २३ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

तीव्र गतिका बलर मुर्जाबानी र ब्रान्ड इभान्सको बलिङ सामु ब्याटरको परिक्षा हुनेछ । नेपालले बिहीबार वेस्टइन्डिजसँग खेल्नेछ । समान दुई पटक टि२० विश्वकप र ओडिआई विश्वकप जितेको वेस्टइन्डिजविरुद्ध नेपालको प्रदर्शन हेर्न लायक हुनेछ ।

वेस्टइन्डिजमा विश्व क्रिकेटकै उत्कृष्ट विष्फोटक ब्याटर निकोलस पुरन, रोभम्यान पावेल, कायल मेयर्स र ब्रेन्डन किंग र जोनसन चाल्र्स जस्ता ब्याटर छन् । उनीहरुविरुद्ध नेपाली बलरको परिक्षा हुनेछ ।

वेस्टइन्डिजका तीव्र गतिका बलर अल्जारी जोशेफ प्रतिघण्टा १ सय ५० को गतिमा बलिङ गर्ने खुबी राख्दछन् । नेपाली ब्याटरले १ सय ४० माथिको गतिको बलिङ खासै सामना गरेका छैनन् । जोेशेफको गति र बाउन्स हेर्न लायक हुनेछ । विश्व स्टार अलराउन्डर जेसन होल्डर, रोमारियो शेफर्ड र स्पिनर अकिल हुसैन पनि वेस्टइन्डिजको टोलीमा छन् ।

अमेरिका र नेदरल्यान्ड्स पनि नेपालकै स्तरका टोली हुन् । काउन्टीको कारण डच टोलीमा केहि प्रमुख खेलाडी छैनन् । तर अभ्यास खेलमा नेपाललाई हराउँदै आफूहरु कम नभएको जवाफ दिएको छ ।

मोन्टी प्रशिक्षक र रोहित कप्तान बनेपछि नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । त्यसैको कारण नेपालबाट समग्र क्रिकेट समर्थकले नै ठूलो आशा र अपेक्षा गरेका छन् । टियुको लय जिम्बावेमा धेरैको लागि प्रतीक्षा हुनेछ । टियुमा सानदार प्रदर्शन गरेको नेपालको असली परिक्षा चार पटकको विश्वकप च्याम्पियन वेस्टइन्डिज र घरेलु टोली जिम्बावेविरुद्ध हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.