default_image

11 months ago

June 18, 2023

नेपाललाई घातक बन्न सक्ने जिम्बावेका पाँच खेलाडी

111 views

0 Bookmark

एजेन्सी – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा आज घरेलु टोली जिम्बावेसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

जिम्बावे घरेलु मैदान, वातावरण र कन्डिसनको फाइदा उठाउँदै सानदार विजयी सुरुवात गर्न चाहन्छ । यता नेपाल भने आफ्नो पछिल्लो समयको उच्च लयलाई निरन्तरता दिने सोचमा हुनेछ । क्रिकेटमा जितको लागि सबै खेलाडीको योगदान त्यतिनै महत्वपूर्ण हुन्छ । तर पनि एक खेलाडीको उत्कृष्ट प्रदर्शनमा टोलीले जित सहज रुपमा हात पार्न चाहन्छ ।

टोलीका केहि प्रमुख खेलाडी हुन्छन् । जसको प्रदर्शनले टोलीको नतिजामा प्रत्यक्ष प्रभाव पार्दछ । उनीहरु सस्तैमा आउट हुँदा समग्रमा टोलीकै मनोबलमा ठूलो असर पर्ने गर्दछ । जिम्बावेका पनि केहि यस्ता खेलाडी छन् जसले आफ्नो उत्कृष्ट प्रदर्शनमा जित सहज बनाउन सक्छन् । नेपाललाई घातक बन्नसक्ने जिम्बावेका पाँच खेलाडी यस प्रकार छन् ।

५. वेस्ली मधेभेरे

२२ वर्षीय युवा खेलाडी मधेभेरे जिम्बावेका भरपर्दा युवा ब्याटर हुन् । ओपनर वेस्ली जिम्मेवारी ब्याटिङ गर्ने गर्दछन् । जिम्बावेबाट लगातार राम्रो प्रदर्शन गर्दै आएका उनी आक्रामक ब्याटिङको क्षमता राख्छन् । पार्टटाइम स्पिनर समेत हुन् ।

जिम्बावेबाट उनले २९ ओडिआई खेलमा ५ अर्धशतकसहित ५ सय ९७ रन बनाएका छन् । टि२० आईमा ४७ खेलमा ७ अर्धशतकसहित ९ सय २० रन बनाएका छन् । उनको मुख्य विशेषता भनेको जिम्मेवारी ब्याटिङ हो ।

गतवर्ष उनले बलियो टोली अष्ट्रेलियाविरुद्ध ७२ रनको इनिङ खेलेका थिए । बलिया टोलीसँग खेलेको अनुभव र प्रतिभाले भोरिएका खेलाडी हुँदा नेपाललाई घातक बन्नसक्छन् । उनी त्यतिनै राम्रो फिल्डर समेत हुन् ।

४.ब्लेसिङ मुर्जाबानी

तीव्र गतिका बलर ब्लेसिङ मुर्जाबानी नेपाललाई निराश बनाउन सक्ने खेलाडी हुन् । उनको शरीरिको उचाई ६ फिट ८ इन्च छ । उनी योर्करका लागी चिनिन्छन् । उनले जिम्बावेको टोलीबाट लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।

गतवर्ष उनलाई लखनऊ सुपर जायन्ट्सले टोलीमा समेत बोलाएको थियो । उनीसँग पाकिस्तान सुपर लिग र काउन्टी जस्ता विदेशी लिग खेलेको अनुभवछ ।

२६ वर्षीय मुर्जाबानीले ३६ ओडिआई खेलमा ४८ विकेट लिएका छन् । उनी लगातार लाइन एन्ड लेन्थमा बलिङ गर्दै विपक्षी ब्याटरलाई दबाबमा राख्ने गर्दछन् । उनको योर्कर र लेन्थ बलले नेपाली ब्याटरलाई समस्यामा पार्नसक्छ ।

३.रायन बर्ल

रायन बर्ल जिम्बावेका फिनिसर हुन् । ठूला सटको लागि चर्चित बर्ल लेग स्पिन बलिङ समेत गर्ने गर्दछन् । बर्ल जिम्बावेका एक म्याच विनर अलराउन्डर हुन् । उनलाई नेपाली खेलाडीको राम्रो जानकार छ ।

उनले नेपाल टि२० लिग र एभरेष्ट प्रिमियर काठमाडौंबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेका थिए । २९ वर्षीय बर्लले ४० ओडिआई खेलमा ४ अर्धशतकसहित ६ सय ३५ रन बनाउनुको साथै १८ विकेट लिएका छन् । टोलीले खराब सुरुवात गर्दा पनि उनले तल्लोक्रममा सम्हाल्न सक्छन् ।

२. सेन विलियम्स

जिम्बावेका सर्वाधिक अनुभवी ब्याटर सेन विलियम्स आफ्नो करिअरको अन्तिम समयतिर छन् । ३६ वर्षीय विलियम्ससँग राम्रो अनुभव छ । महत्वपूर्ण खेलमा त्यो अनुभवको भरपूर्ण फाइदा उठाउँदै नेपालविरुद्ध ठूलो इनिङ खेल्नसक्छन् ।

भारत, पाकिस्तान, इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका लगायत विश्वका सबै ठूला टोलीविरुद्ध सानदार प्रदर्शन गरेका उनी नेपालविरुद्ध पनि हाबी बन्ने अनुमान गरिएको छ । उनले जिम्बावेबाट १ सय ४९ ओडिआई खेलमा ५ शतक र ३३ अर्धशतकसहित ४ हजार ३ सय ८६ रन बनाएका छन् ।

विलियम्स बायाँ हाते अर्थोड्रक्स स्पिनर हुन् । अर्थोड्रक्स स्पिनर नेपाली ब्याटरको ठूलो समस्या हो । विलिम्सले ओडिआईमा ८० विकेट लिएका छन् । उनले नेपालविरुद्ध अनुभवको भरपूर्ण फाइदा उठाउन सक्ने हुँदा नेपाल सचेत हुन आवश्यक देखिन्छ ।

१. सिकन्दर राजा

सिकन्दर राजा जिम्बावेका प्रमुख अलराउन्डर हुन् । उनको प्रदर्शनले जिम्बावेको विश्वकप सपना निर्धारण गर्नेछ । मध्यक्रममा ब्याटिङ गर्ने राजा स्पिन बलिङ गर्ने गर्दछन् । राजा विष्फोटक ब्याटिङको क्षमता राख्छन् ।

२०१८ को विश्वकप छनोटमा राजाले नेपालविरुद्ध ६६ बलमा ७ चौका र ९ छक्कासहित १ सय २३ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । विश्व क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएका राजाको प्रदर्शनले पनि नेपालको जित र हार निर्धारण हुनसक्छ ।

यसै सिजनमा आइपिएलमा पन्जाब किंग्सबाट खेलेका राजाले १ सय २९ ओडिआई खेलमा ६ शतक र २० अर्धशतकसहित ३ हजार ७ सय ६४ रन बनाएका छन् । ७६ विकेट लिएका छन् । नेपाल टि२० लिग र इपिएल खेलि सकेको हुँदा उनलाई नेपाली खेलाडीको बारे राम्रोसँग जानकारी छ ।

नेपाल टि२० लिगमा उनी र नेपालका कप्तान रोहित एकै टोलीबाट खेलेका थिए । अर्कोतर्फ राजा विश्वका एक स्टार म्याच विनर अलराउन्डर हुन् । जिम्बावेलाई विश्वकप खेलाउने सपना देखेका राजा नेपालविरुद्ध उत्कृष्ट प्रदर्शनका साथ सानदार सुरुवात गर्न चाहन्छ ।

May 20, 2024

कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ । कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर […]

May 19, 2024

एनसीसीएस भ्याली कप क्रिकेट यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला क्रिकेट संघले एनसीसी आमन्त्रित उपत्यकाव्यापी टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । शैक्षिक संस्था एनसीसीएस समूहसँग मिलेर भक्तपुरले जेठ १२ देखि १९ गते सम्म आयोजना गर्ने प्रतियोगितामा पुरुषतर्फ ६ एकेडेमी र महिलातर्फ ३ जिल्लाले सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी […]

May 19, 2024

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

एजेन्सी – लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब विरुद्ध ४ विकेटको जित दर्ता गर्दै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । हैदराबादका लागि अभिषेक […]

Success

Thank you for your time.