2 years ago
June 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा आइतबार राती जिम्बावेसँग ८ विकेटले पराजित हुन पुग्यो । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेपनि नेपालले ब्याटिङ अपेक्षा गरे भन्दा धेरै उत्कृष्ट गरेको थियो ।

नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो । ओपनर कुशल भुर्तेलले ९५ बलमा १३ चौका र २ छक्कासहित ९९ रनको एक यादगार इनिङ खेले । अर्का ओपनर आसिफ शेख १ सय बलमा ७ चौकासहित ६६ रनमा आउट भए ।
नेपाललाई पहिलो विकेटका लागि कुशल र आसिफ शेखले ३१.५ ओभरमा १ सय ७१ रनको कीर्तिमानी साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । तर पनि जितको लागि त्यो साझेदारी पर्याप्त हुन सकेन । जितको लागी २ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली जिम्बावेले ४४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
जिम्बावेको जितमा क्रेग इर्विनले १ सय २८ बलमा १५ चौका र १ छक्कासहित १ सय २१ रनमा अविजित शतकीय इनिङ खेले । सेन विलियम्स ७० बलमा १३ चौका र १ छक्कासहित १ सय २ रनमा नट आउट रहे ।
नेपाली ओपनरले कल्पना गरे भन्दा धेरै राम्रो ब्याटिङ गरेका थिए । तर नेपालले विशाल योगफल बनाउने अवसर भने चुकाएको थियो ।
नेपालले आफ्नो क्रिकेट इतिहासमा टेस्ट टोलीलाई पहिलो पटक हराउने अवसर गुमाउन पुगेको थियो । नेपालले जिम्बावेसँग हार्नुमा ब्याटिङ र बलिङ दुबैमा गल्ती गरेको छ । जितको दुर्लभ कीर्तिमान नजिक पुगेर हार्नुको प्रमुख पाँच कारण यस प्रकार छन् ।
५.विलियम्स र एर्विनको साझेदारी तोड्न नसक्नु

जुनसुकै टोली होस् क्रिकेटमा साझेदारी सधैं घातक हुन्छ । विकेट गएपछि टोलीको रनको गति घट्छ । नयाँ ब्याटरलाई खेल्न कठिन पर्छ । क्रिजमा समय बिताएको ब्याटरले योर्करमा चौका हान्न सक्छ भने नयाँ ब्याटर त्यहिँ बलमा आउट हुनसक्छ ।
राम्रो साझेदारीपछि ब्याटरहरु खुलेर उत्कृष्ट ब्याटिङ गर्ने गर्दछन् ।
तेस्रो विकेटका लागि यी दुई ब्याटरले १ सय २५ बलमा १ सय ६४ रनको अविजित साझेदारी गर्दै जितको आधार तय गरे । नेपालले यी दुई ब्याटरलाई समयमै आउट गर्न सकेको भए खेलमा दबाब बनाउन सक्थ्यो ।
दबाबमा सिकन्दर राजा र रायन बर्ल सस्तैमा आउट हुन सक्थे । त्यसपछि नतिजा आफ्नो पक्षमा आउन सक्थ्यो । तर यी दुई अनुभवी ब्याटरले आफ्नो भरपूर्ण फाइदा उठाउँदै नेपालको जितको आशा समाप्त पारे ।
४. ब्याटिङक्रममा गल्ती र पिचको अवस्था नबुझ्नु

नेपाली ब्याटरले हरारे स्पोर्ट्स क्लबको पिच कन्डिसन बुझ्न सकेनन् । ब्याटिङ सहयोगी पिच र तेज आउट फिल्डको कारण नेपालले धेरै रन बनाउन सक्थ्यो । पिचमा टर्न, बाउन्स र स्वींग कम थियो । ओपनर आसिफ र कुशलको अप्रयाशित साझेदारीले त्यो आधार तय गरेका थिए । तर कुशल र आसिफ आउट भएपछि नेपालले राम्रो रन बनाउन सकेन ।
नेपालले ३ सय ३० माथिको योगफलमा रन बनाउदै मानसिक दबाबमा राख्न सक्थ्यो । अर्कोतर्फ नेपालले अन्तिम समयतिर ब्याटिङक्रममा गल्ती गरेको थियो । ४३.१ ओभरमा रोहित पौडेल आउट हुँदा नेपाल २४६-३ को अवस्थामा थियो । बाँकी ४१ बलमा नेपालले ७०/८० रन रन सजिलै बनाउन सक्थ्यो । तर नेपालले रोहित आउट भएपछि आरिफ शेखलाई ब्याटिङमा पठायो ।
आरिफ नेपालका ओडिआईका उत्कृष्ट ब्याटर हुन् । तर क्लिन हिटर भने होइनन् । उनी बाउन्ड्री भन्दा पनि डबल सिंगलका लागि चिनिन्छन् । त्यसैले आरिफको स्थानमा करण केसीलाई पठाउनु पर्दथ्यो । त्यो समयबाट करणले क्लिन हिटका साथ राम्रो योगफलमा पुर्याउन सक्थे । नेपालले करणलाई गुलशन, दीपेन्द्र र भीमपछि पठाएको थियो । त्यो समयमा भीमलाई पठाउनु आफैंमा अर्को कमजोरी थियो ।
३. कमजोर बलिङ आक्रामण

नेपालको बलिङ प्रदर्शनबाट खासै आश्चर्य मान्नु प्रदैन । नेपालको बलिङ आक्रामण निकै कमजोरछ । यसअघि नेपालको उत्कृष्ट ब्याटिङको कारण बलिङ कमजोरी लुकेको थियो ।
स्कटल्यान्डले टियु मैदानमा १११-६ को अवस्थाबाट २ सय ७४ रन बनाएको थियो । नामियियाले नेपालविरुद्ध २ सय ८५, पपुवा न्युगिनीले २ सय ९२ र युएईले ३ सय १० रन घरेलु मैदान टियुमै हानेका छन् । यी सबै कमजोर राम्रो ब्याटिङले लुकेका थिए ।
नेपाली तीव्र गतिका बलरको बलमा गति छैन । बाउन्स र स्वींग पनि छैन । त्यसैले विपक्षी ब्याटर सहजै बुझ्न सक्छन् । विश्व क्रिकेटमा वर्तमान समयमा हरिस रौफ, शाहिन शाह अफ्रिदी, एचनरिच नोर्किया, कागिसो रबाडा, मार्क वुड लगायतका बलरले १ सय ५० माथिको गतिमा फाल्दै आएका छन् । उक्त गतीमा जिम्बाबेका ब्याटरलाई खेल्ने बानी परेको छ । तर नेपाली बलरले १२०/२५ को गतिमा बलिङ गरेका थिए । नेपाली बलरको गतीमा खेल्न उनीहरुलाई कुनै कठिन प्रदैन ।

नेपाली बलरमा गति छैन । स्वींग छैन । बाउन्स छैन । स्पिनरमा टर्न छैन । यो स्तरमा नेपालको बलिङ आक्रामण निकै कमजोर छ । सोमपाल र करणपछि तेस्रो राम्रो बलर नेपालमा छैन । सधैं यी दुई बलर चल्छन् भन्ने हुँदैन । तेस्रो आक्रामणको राम्रो विकल्प छैन ।
गुलशन झा ब्याटिङको आशामा खेल्दै आएका छन् । स्पिनर सन्दीप लामिछानेले खराब बलिङ गर्दा साथ दिने अर्को बलर थिएन । नेपालको बलिङ आक्रामण कमजोर हुँदा जिम्बावेका ब्याटरलाई रन जोड्न कुनै कठिन परेन । यस बलिङ आक्रामण यस प्रतियोगिताभर भारी पर्न सक्छ ।
बाउन्स र योर्करको क्षमता राख्ने किशोर महतो नेपालको अन्तिम टोलीमै छैनन् । ब्याटिङको लोभमा नेपालले आफ्नो पहिचान बलिङलाई कमजोर बनाएको छ । आगमी खेलमा पनि यस बलिङ आक्रामण भारी पर्न सक्छ ।
२. प्रमुख बलरकै खराब प्रदर्शन

२ सय ९० रन कम योगफल पनि होईन । एउटा प्रतिस्पर्धात्मक योगफल हो । सुरुवातमै दुई तीन विकेट लिँदा खेल जित्न सक्थ्यो । जिम्बावे टेस्ट टोली भएपनि नेपालले लगातार विकेटका साथ दबाबमा राख्न सक्थ्यो । तर नेपालका प्रमुख बलरकै खराब प्रदर्शन रह्यो । त्यो नै हारको कारण बन्यो ।
सर्वाधिक आशा गरिएका सन्दीपले १० ओभरमा ७७ रन खर्चिदा एक पनि विकेट लिन सकेनन् । सन्दीप नै विकेट विहीन बनेपछि समग्र टिममै दबाब पर्यो । सन्दीपबाट नेपालले ठूलो अपेक्षा गरेको थियो । विश्वका विभिन्न लिग खेलेको हुँदा यो स्तरमा राम्रो गर्न सक्ने अनुमान गरिएको थियो ।
सोमपाल कामी ५.३ ओभरमा १ मेडनसहित ३० रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा २६ रन खर्चिन पुगे । गुलशन झा ८ ओभरमा ५६ रन खर्चिए । नेपालले चार प्रमुख बलर खेलाएको थियो । कम्तिमा दुई बलरले राम्रो गर्न सक्नु पर्दथ्यो । जसले गर्दा पार्ट टाइम बलरलाई पनि सहज हुन्थ्यो । सन्दीपसहित प्रमुख बलरको खराब प्रदर्शन हारको एक कारण हो ।
१.अन्तिम ५ ओभरमा खराब ब्याटिङ गर्नु

नेपालको हारको मुख्य कारण नै अन्तिम पाँच ओभरमा खराब ब्याटिङ थियो । एक समय नेपालले ३ सय २० रन सजिलै कटाउन सक्ने अनुमान गरिएको थियो । तर नेपालले अन्तिम पाँच ओभरमा निकै खराब ब्याटिङ गर्यो ।
अन्तिम पाँच ओभर अर्थात ३० बलमा नेपालले ४ विकेट गुमाउँदै मात्रै ३२ रन बनाउन सक्यो । नेपालले अन्तिम पाँच ओभरमा बाउन्ड्रीको रुपमा एकमात्रै चौका प्रहार गरेको थियो ।
गुलशन झाले ४९ औं ओभरको पहिलो बलमा त्यो पनि नोबलमा चौका हानेका थिए । नेपाल ४५ ओभरमा २५८-४ को मजबुत अवस्थामा हुँदा अन्तिम ३० बलमा कम्तिमा पनि ५५/६६ रन बनाउन सक्नुपर्ने थियो । जसले गर्दा स्कोर बोर्डको दबाब कायम राख्न सक्थ्यो ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]