default_image

1 year ago

June 19, 2023

नेपाललाई घातक बन्नसक्ने अमेरिका पाँच स्टार

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत दोस्रो खेलमा मंगलबार अमेरिकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२: ४५ मा जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । दुवै टोली पहिलोे जितको सोचमा हुनेछन् । वेस्टइन्डिजविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको अमेरिकाको नेपालसँग खेल्नुअघि मनोबल उच्च छ ।

सुपर सिक्समा पुग्न दुबै टोलीलाई यस खेल निकै महत्वपूर्ण हुनेछ । नेपाललाई खेलमा घातक बन्नसक्ने अमेरिकाका पाँच हतियार यस प्रकार छन् ।

५.काइल फिलिप

युवा तीव्र गतिका बलर काइल फिलिप अमेरिका एक आशा लाग्दा नयाँ हतियार हुन् । उनको बलमा गति र स्वींग छ । उनी राम्रो लयमा छन् । वेस्टइन्डिजविरुद्ध फिलिपले तीन विकेट लिएका थिए ।

वेस्टइन्डिजका मुलका फिलिपले नेपालविरुद्ध २०२१ अल अलअमरेत क्रिकेट मैदानमा डेब्यू गर्दै तीन विकेट लिएका थिए । २६ वर्षीय फिलिपको बलमा गति, स्वींग र बाउन्स हुँदा नेपाली ब्याटरलाई दबाबमा राख्न सक्छन् ।

४. मोनांक पटेल

कप्तान मोनांक पटेलले नेपालविरुद्ध राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले नेपालविरुद्ध ४, ४, १००, ३८, ८५ र ४ रनमा आउट भएका छन् । पटेल अमेरिका एक प्रमुख ब्याटर हुन् । उनले ४४ ओडिआई खेलमा २ मा शतक र ९ मा अर्धशतकसहित १३ सय ७६ रन बनाएका छन् ।

आइसिसी विश्वकप लिग-२ मा उनी सर्वाधिक धेरै रन बनाउने ब्याटरमा तेस्रो स्थानमा थिए । लिग २ मा उनले २ शतक र ८ अर्धशतकसहित १२ सय १९ रन बनाएका थिए । भारतीय मुलका उनी स्पिन राम्रो खेल्ने गर्दछन् । गुजरातबाट यू१९ क्रिकेट खेलि सकेका पटेल नेपाललाई निराश बनाउन सक्ने ब्याटर हुन् ।

३. गजानन्द सिंह

गजानन्द सिंहले वेस्टइन्डिजविरुद्ध शतक हान्दै राम्रो लयको संकेत देखाएका छन् । वेस्टइन्डिजविरुद्ध उनले ५५-४ को अवस्थाबाट १ सय १ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

वेस्टइन्डिजबाट यू१९ क्रिकेट खेलि सकेका उनले २७ ओडिआई खेलमा ८ सय ३५ रन बनाएका छन् । गतवर्ष नेपाललाई ३९ रनले हराउन उनले ६० बलमा ५८ रनको इनिङ खेलेका थिए ।

२.सौरभ नेत्रवालकर

भारतीय मुलका सौरभ नेत्रवालकर अमेरिका प्रमुख बलर हुन् । उनी बायाँ हाते बलर हुँदा नेपालविरुद्ध हाबी हुनसक्छन् । बायाँ हाते बलर नेपाली ब्याटरको लागि ठूलो समस्या हो । जिम्बावेका बायाँ हाते बलर रिचर्ड नागरावाले चार विकेट लिएका थिए ।
भारतीय यू१९ टोलीबाट खेलेका सकेका उनले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।

बायाँ हाते बलरको साथै उनको बलमा स्वींग छ । त्यसैले नेपाली ब्याटरलाई दबाबमा राख्न सक्छन् । वेस्टइन्डिजविरुद्ध उनले राम्रो बलिङ गर्दै तीन विकेट लिएका थिए । ३१ वषीय नेत्रवालकर अनुभवी बलर हुन् । उनले ४४ ओडिआई खेलमा ७० विकेट लिएका छन् । उनले नेपालविरुद्ध ६ खेलमा १२ विकेट लिएका छन् । भारतमा रणजी अनुभव बटुलेका अनुभवी उनको बलिङ नेपालविरुद्ध महत्वपूर्ण हुनेछ ।

१. स्टिभ टेलर

विष्फोटक ब्याटर स्टिभ टेलर नेपालविरुद्ध सधैं हाबी हुँदै आएका छन् । विष्फोटक ब्याटर टेलरले नेपालविरुद्ध ५ खेलमा २ सय २१ रन बनाएका छन् । गतवर्ष घरेलु मैदानमा २ सय ७५ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा खेल टाई गराउन उनले १ सय २३ बलमा ११ चौका र ३ छक्कासहित १ सय १४ रनको शतकीय इनिङ खेलेका थिए ।

ओमानमा नेपाललाई ६ विकेटले हराउन टेलरले ६३ बलमा ९३ रनको आक्रामक इनिङ खेलेका थिए । २०१३ को डिभिजन थ्री मा टेलरले नेपालविरुद्ध १ सय २ बलमा १२ चौका र १२ छक्कासहित १ सय ६२ रनको विष्फोटक शतकीय इनिङ खेलेका थिए । स्पिन बलिङ पनि उनले त्यतिनै राम्रो गर्ने गर्दछन् ।

उनले वेस्टइन्डिजविरुद्ध तीन विकेट लिँदै मध्यक्रम धरासयी बनाएका थिए । ४१ ओडिआई खेलमा उनले ११ सय ५५ रन बनाउनुको साथै ३६ विकेट लिएका छन् । वेस्टइन्डिजविरुद्ध पहिलो खेलमा १८ रनमा आउट हुँदा ३ विकेट लिएका थिए । नेपालले अमेरिकालाई हराउन टेलरको विकेट चाँडैनै लिनुपर्छ । अन्यथा टेलरले नेपालको जितको सपना निराश बनाउन सक्छन् ।

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ । पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो । वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । […]

Success

Thank you for your time.