2 years ago
June 19, 2023
काठमाडौं ( हाम्रो खेलकुद ) – ओमानले आइसिसी एकदिवसीय विश्वकप छनोटमा आयरल्यान्डमाथी ५ विकेटको किर्तिमानी जित हात पारेको छ ।

जितको लागि २ सय ८२ रनको बलियो विजयी लक्ष्य पछ्याएको ओमानने ४८.१ ओभरमा ५ विकेट गुमाउदै पूरा गर्यो । ओमानको जितमा मोहम्मद नदिम ५३ बलमा ४ चौका सहित ४६ रनमा अविजित रहे ।सोएब खान १७ बलमा ३ चौका सहित १९ रनमा नट आउट रहे ।
ओमानले ओडिआई खेलमा टेस्ट टोली आयरल्यान्डलाई पहिलो पटक हराएको हो । ओपनर कश्याप प्रजापतिले ७४ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ७२ रनको योगदान दिए ।
ओपनर जतिन्दर सिंह १ रनमै आउट भए । दोस्रो विकेटका लागि अकिब इलियास र कश्याप प्रजापतिले १ सय २ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । अकिब ५९ बलमा ८ चौका सहित ५२ रनमा आउट भए । अकिब जर्ज डोकरेलको बलमा ग्यारेथ डेलानीबाट क्याच आउट भए ।
कप्तान जिशान मकसुद ६७ बलमा ४ चौका र १ छक्कासहित ५९ रन बनाउदै आउट भएपछि ओमान जित तर्फ अघि बढेको थियो

आयरल्यान्डका जोश लिटिलले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । मार्क आदिरले २ विकेट लिए ।
त्यसघी बुलावायोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । आयरल्यान्डका जर्ज डोकरेल ८९ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ९१ रनमा नट आउट रहे
शीर्ष र मध्यक्रमका प्रमुख ब्याटरले ठूलो इनिङ खेल्न नसकेपछि टेस्ट टोली आयरल्यान्ड चुनौतीपूर्ण लक्ष्यमै रोकिएको थियो । पहिलो विकेटका लागि ओपनर पल स्टरलिङ र एन्डी म्याकबर्नीले ९ ओभरमा ५१ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए ।

प्रमुख तथा विष्फोटक ब्याटर स्टर्लिलिङ बिलाल खानको बलमा आयन खानबाट २३ रनमा क्याच आउट भए । उनले २७ बलमा ४ चौका प्रहार गरे । अर्का ओपनर म्याकबर्नी २८ बलमा ४ चौकासहित २० रनमा आउट भए ।
जिशान मकसुदले कप्तान एन्डी बालबर्नीलाई ७ रनमा विकेटकिपर नसिम खुशीबाट क्याच गराउँदै दबाब बढाए । ह्यारी टेक्टर ८२ बलमा ५ चौकासहित ५२ र लोर्कान टकर २६ रनमा आउट भए । ग्यारेथ डेलानी २० र मार्क आदिरले १५ रन जोडे ।
ओमानका बिलाल खान र फैयज बटले समान दुई विकेट लिए । जिशान मकसुद, आयन खान र जय ओडेराले एक एक विकेट लिए । त्यस्तै अर्को खेलमा श्रीलंकाले युएईलाई ३ सय ५६ रनको विशाल लक्ष्य दिएको छ ।
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]
November 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]
November 13, 2025
भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]