default_image

8 months ago

June 20, 2023

रोमान्चक अवस्थामा द एशेजको पहिलो खेल

एजेन्सी – विश्व क्रिकेटको एक प्रतिष्ठित द एशेज सिरिजको पहिलो टेस्ट खेल निकै रोमान्चक अवस्थामा पुगेको छ । चौथो दिनको खेल सकिँदा २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १०७-३ को अवस्थामा छ । अन्तिम अर्थात पाँचौं दिन अष्ट्रेलियालाई जितको लागि १ सय ७४ रन आवश्यक पर्दछ । इंग्ल्यान्डलाई ७ विकेट आवश्यक पर्दछ । […]

39 views

0 Bookmark

एजेन्सी – विश्व क्रिकेटको एक प्रतिष्ठित द एशेज सिरिजको पहिलो टेस्ट खेल निकै रोमान्चक अवस्थामा पुगेको छ । चौथो दिनको खेल सकिँदा २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १०७-३ को अवस्थामा छ ।

अन्तिम अर्थात पाँचौं दिन अष्ट्रेलियालाई जितको लागि १ सय ७४ रन आवश्यक पर्दछ । इंग्ल्यान्डलाई ७ विकेट आवश्यक पर्दछ । पाँचौं दिनको पहिलो सेसन दुबै टोलीलाई निकै महत्वपूर्ण हुनेछ।

अष्ट्रेलियाका ओपनर उस्मान खवाजा ८१ बलमा ४ चौकासहित ३४ र स्कट बोलान्ड १३ रनमा नट आउट छन् । अष्ट्रेलियालाई ओपनर डेविड वार्नर र उस्मान खवाजाले ६१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । डेविड वार्नर ओली रोविन्सनको बलमा विकेटकिपर जोनी बेयरस्टोबाट क्याच आउट भए ।

वार्नरले ५७ बलमा ४ चौकासहित ३६ रन बनाए । चौथो दिन अन्तिम समयतिर स्टिभ स्मिथ ६ र मार्नस लाबुसेन १३ रनमा आउट भएपछि खेल रोचक बनेको थियो । यी दुबै ब्याटर स्टुअर्ट ब्रोडको बलमा आउट भएका थिए ।

दोस्रो इनिङमा इंग्ल्यान्ड २ सय ७३ रनमा अल आउट हुन पुगेको थियो । इंग्ल्यान्डका जो रुट र ह्यारी ब्रुकले सर्वाधिक समान ४६ रन बनाए । ओपनर ज्याक क्रली ७, बेन डकेट १९, ओली पोप १४, बेन स्टोक्स ४३, जोनी बेयरस्टो २० र मोईन अली १९ रनमा आउट भए ।

ओली रोविन्सन २७ र जिमी एन्डरसन १२ रनमा आउट भएका थिए । अष्ट्रेलियाका कप्तान प्याट कमिन्स र नाथन लायनले समान चार विकेट लिए ।

अष्ट्रेलिया पहिलो इनिङमा ३ सय ८६ रनमा अल आउट भएको थियो । ओपनर उस्मान खवाजाले ३ सय २१ बलमा १४ चौका र ३ छक्कासहित सर्वाधिक १ सय ४१ रनको शतकीय इनिङ खेलेका थिए । विकेटकिपर एलेक्स केरी ६६, ट्रविस हेड ५०, स्मिथ १६ र मार्नस लाबुसेन डक आउट भए ।

इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र ओली रोबिन्सनले समान तीन विकेट लिए । मोईन अलीले दुई, जिमी एन्डरसन र बेन स्टोक्सले एक एक विकेट लिए ।

त्यसअघि बर्मिङ्घमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड पहिलो दिन मात्रै ७८ ओभरमा ३९३-८ को अवस्थामा इनिङ समाप्तिको घोषणा गरेको थियो । इंग्ल्यान्डका जो रुट १ सय ५२ बलमा ७ चौका र ४ छक्कासहित १ सय १८ रनमा नट आउट रहेका थिए ।

छैटौं विकेटका लागि रुट र जोनी बेयरस्टोले १ सय २१ रनको शतकीय साझेदारी गरेका थिए । बेयरस्टो ७८ बलमा १२ चौकासहित ७८ रनमा आउट भए ।

ओपनर ज्याक क्रलीले ७३ बलमा ७ चौकासहित ६१ रनमा आउट भए । अष्ट्रेलियाका नाथन लायनले सर्वाधिक चार विकेट लिए । जोश हेजलवुडले दुई, स्कट बोलान्ड र क्यामरन ग्रीनले समान एक विकेट लिए

February 29, 2024

लेभिटको शतकमा नेदरल्यान्ड्सको कीर्तिमानी योगफल

काठमाडौं (हाम्रो खेलकुद) – युवा ओपनर माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० सिरिजको तेस्रो खेलमा नामिबियाविरुद्ध कीर्तिमानी योगफल खडा गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४७ रन जोड्यो । लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १ सय ३५ रन जोड्यो । त्यस्तै साइब्रान्ड […]

February 29, 2024

‘सो क्लोज एट सो फार’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा विहीबार नेपाललाई एक समय जितको लागि १८ बलम ४८ रन आवश्यक थियो । प्रति ओभर १६ रन चाहिएको अवस्थाबाट दीपेन्द्रसिंह ऐरीले खेल ४ बलमा ५ रन आवश्यकको स्थितिमा ल्याए । तर अन्त्यमा नेपाल २ रनले खेल हार्न पुग्यो । लिग-२ अन्तर्गतको ओडीआई सिरिजमा ३ […]

February 28, 2024

वाल्मीकि र अर्डिक एक्सपर्ट भरतपुर मेयर्स कपको फाइनलमा

चितवन (हाम्रो खेलकुद) – वाल्मीकि शिक्षा सदन र अर्किड स्कुल एक्सपर्ट भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (बुधबार) भएका सेमिफाइनलका खेलहरुमा सहज जित निकाल्दै वाल्मीकि र अर्किड फाइनलमा पुगेका हुन् । पहिलो सेमिफाइनलमा वाल्मीकिले सनराइज इङलिस स्कुललाई १८ रनले पराजित ग¥यो […]

Success

Thank you for your time.