2 years ago
June 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिका कप्तान मोनांक पटेलले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालविरुद्ध गुमाउने भएका छन् । जिम्बावेको ताकशिंगा स्पोर्ट्स क्लबमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

अमेरिका नियमित कप्तान मोनांक पटेल बिरामीको कारण आजको खेल गुमाउने भएका छन् । त्यसैको कारण अमेरिकाको कप्तानी आरोन जोन्सले गर्ने छन् । मोनांकको स्थानमा अमेरिकाले स्पिन अलराउन्डर निसर्ग पटेललाई मैदान उतारेको छ ।
मोनांक नहुँदा अमेरिका ब्याटिङ भने केहि कमजोर हुनसक्छ । कप्तान मोनांक पटेलले नेपालविरुद्ध राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले नेपालविरुद्ध ४, ४, १००, ३८, ८५ र ४ रनमा आउट भएका छन् ।
उनले ४४ ओडिआई खेलमा २ मा शतक र ९ मा अर्धशतकसहित १३ सय ७६ रन बनाएका छन् । उनले लिग २ मा उनले २ शतक र ८ अर्धशतकसहित १२ सय १९ रन बनाएका थिए । उनी नहुँदा शीर्षक्रममा असर पर्ने देखिन्छ ।
यता नेपालले टोलीमा एक परिवर्तन गरेको छ । घाइते सोमपाल कामीको स्थानमा बायाँ हाते स्पिनर ललितनारायण राजवंशी टोलीमा फर्किएका छन् । आइतबार जिम्बावेसँगको खेलको क्रममा घाइते भएका सोमपाल अमेरिकासँगको खेलमा फिट नभएका हुन् ।
३४ औं ओभरको तेस्रो बलमा जिम्बावेका ब्याटर सन विलियम्सले प्रहार गरेको शट रोक्नेक्रममा उनको दायाँ हातको बुढी औंलामा लाग्न पुगेको थियो । सोमपाले समूह चरणका सबै खेल गुमाउन सक्ने रोहितले बताएका छन् । नेपाल पहिलो खेलमा जिम्बावेसाँग ८ र अमेरिका वेस्टइन्डिजसँग ३९ रनले पराजित भएको थियो । नेपाल र अमेरिका दुबैले टेस्ट टोलीविरुद्ध सानदार प्रदर्शन गरेको हुँदा उच्च मनोबलका साथ मैदान उत्रर्नछन् ।
नेपालको प्लेइङ ११ :
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल९कप्तान०, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।
अमेरिकाको प्लेइङ ११ :
आरोन जोन्स (कप्तान), शयान जहाजिंगर, केंजिगे, सुशान्त मोदानी, साईतेजा मुकामल्ला, सौरभ नेत्रवालकर, निसर्ग पटेल, कायल फिलिप, गजानन्द सिंह, जेसी सिंह र स्टिभ टेलर ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]