default_image

2 years ago

June 20, 2023

दीपेन्द्रले लिए वेस्टइन्डिजविरुद्धका शतकधारीको विकेट

336 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – वेस्टइन्डिजविरुद्ध शतक हानेका अमेरिकाका मध्यक्रमका ब्याटर गजानन्दसिंह आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालविरुद्ध आउट भएका छन् । जिम्बावेको ताकशिंगा स्पोट्र्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले २३ ओभरमा ५ विकेट गुमाउँदै ७४ रन बनाएको छ ।

सुशान्त मोदानी ३१ र शयान जहानजिगर ६ रनमा क्रिजमा छन् । गजानन्द ४१ बलमा २ चौका र १ छक्कासहित २६ रनमा आउट भए । उनी स्पिनर दीपेन्द्रसिंह ऐरीको २२ औं ओभरको तेस्रो बलमा फस्ट स्लिपमा आरिफ शेखबाट उत्कृष्ट क्याच आउट हुन पुगे ।

आउट साइड एज लागेको बल विकेटकिपर आसिफ शेखको खुट्टामा लागेर आरिफ शेखले क्याच लिएका थिए । एक समय १८-४ को दयनीय अवस्थामा पुगेको अमेरिकालाई पाँचौं विकेटका लागि सुशान्त मोदानी र गजानन्दसिंहले ७३ बलमा ४७ रनको साझेदारी गर्दै पूनरागमन गराएका थिए ।

गजानन्दले वेस्टइन्डिजविरुद्ध १ सय १ रनको शतकीय इनिङ खेलेका थिए । करण केसीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर स्टिभ टेलरलाई ४ रनमा एलबीडब्लू आउट गरे । लगत्तै अर्को बलमा युवा ब्याटर साइतेजा मुकामल्ला शून्यमा आउट भए । उनी आरिफ शेखबाट फस्ट स्लिपमा क्याच आउट भएका थिए ।

कुशल भुर्तेलले अमेरिका कप्तान आरोन जोन्सलाई दुई रनमा जीवनदान दिएका थिए । करण केसीको आठौं ओभरको पहिलो बलमा भुर्तेलले दुई रनमा क्याच छाड्न पुगेका थिए । तर पाँचौं बलमा उनी कुशलबाटनै आउट भए । करणले दशौं ओभरको दोस्रो बलमा नोष्तुश केन्जिगेलाई एक रनमा स्लिपमा आरिफ शेखबाट क्याच गराएपछि अमेरिका संकटमा पुगेको थियो ।

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.