default_image

2 years ago

June 20, 2023

अमेरिकाविरुद्ध भीमको अर्धशतक

274 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका शीर्षक्रमका ब्याटर भीम सार्कीले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका छन् । भीमले ९७ बलमा आफ्नो ओडिआई करिअरको तेस्रो अर्धशतक पूरा गरेका हुन् । भीम ९८ बलमा ४ चौकासहित ५२ रनमा क्रिजमा छन् ।

जितको लागि २ सय ८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३७ ओभरमा ४ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको छ । ओपनर कुशल भुर्तेल ५४ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाउँदै आउट भए । स्पिनर नोष्तुश केन्जिगेको १७ औं ओभरको दोस्रो बलमा कट एण्ड बोल्ड आउट भए ।

अर्का ओपनर आसिफ शेख १२ रनमा सौरभ नेत्रवालकरको बलमा एलबीडब्लू आउट गरे । आसिफले चौथो ओभरको दोस्रो बलमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर कायल फिलिपको चौथो ओभरको दोस्रो बलमा आसिफको क्याच ब्यक्तिगत ६ रनमा फाइन लेगमा निसर्ग पटेलले क्याच छाड्न पुगेका थिए ।

भीम सार्कीले ब्यक्तिगत ९ रनमा जीवनदान पाएका थिए । फिलिपेको १० औं ओभरको अन्तिम बलमा फस्ट स्लिपमा स्टिभ टेलरले क्याच छाड्न पुगेका थिए ।

कप्तान रोहित पौडेल २९ बलमा २ चौकासहित १६ रनमा आउट भए । स्पिनर निसर्ग पटेलको बलमा रोहित जेसी सिंहबाट क्याच आउट भए । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए । कुशल स्टिभ टेलरको बलमा लङअफमा सिंहबाट क्याच आउट हुन पुगे ।

November 13, 2025

पारस सोमानी सेरामिक्सको ब्रान्ड एम्बेसेडेर

काठमाडौं (हाम्रो खेलकुद)- टायल्स र बाथवेयर ब्राण्ड सोमानी सेरामिक्स लिमिटेड ले नेपाल तथा दक्षिण-पूर्व एसियाका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्‌का ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। पारससँगको सहकार्यले सोमानी सेरामिक्सको नेपाली उपभोक्तासँगको सम्बन्धलाई अझ गहिरो बनाउने र बजारमा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास लिएको छ । पारस नेपालमा सोमानी सेरामिक्सको ब्राण्ड फेसको […]

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

Success

Thank you for your time.