2 years ago
June 20, 2023
एजेन्सी – जिम्बावेका ब्याटर सन विलियम्सले नेपालविरुद्ध बनाएको कीर्तिमान अलराउन्डर सिकन्दर राजाले तोडेका छन् । आइसिसी विश्वकप छनोटमा सिकन्दर राजाले नेदरल्यान्ड्सविरुद्ध जिम्बावेबाट सर्वाधिक छिटो ओडिआई शतकको कीर्तिमान कायम गरेका छन् ।
मंगलबार नेदरल्यान्ड्सले प्रस्तुत गरेको ३ सय १६ रनको बलियो लक्ष्य जिम्बावेले ४०.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । जिम्बावेको जितमा सिकन्दर राजा ५४ बलमा ६ चौका र ८ छक्कासहित १ सय २ रनमा नट आउट रहे । उनले ५४ बलमा जिम्बावेबाट ओडिआईमा शतक प्रहार गर्ने कीर्तिमान कायम गरेका हुन् ।
राजाले दुई दिन अघि नेपालविरुद्ध अनुभवी ब्याटर सन विलियम्सले ७० बलमा पूरा गरेको कीर्तिमान तोडेका हुन् । नेपालले प्रस्तुत गरेको २ सय ९१ रनको विजयी लक्ष्य जिम्बावेले ४४.१ ओभरमा पूरा गर्न विलियम्सले आक्रामक शतक हानेका थिए । नेपालविरुद्ध विलियम्स ७० बलमा १३ चौका र १ छक्कासहित १ सय २ रनमा नट आउट रहेका थिए ।
विलियम्सले भने विकेटकिपर रेजिस चकाब्बाको कीर्तिमान तोडेका थिए । विकेटकिपर रेजिस चकाब्वाले गतवर्ष बंगलोदशविरुद्ध दोस्रो ओडिआई खेलमा हरारेमै ७३ बलमा शतक हानेका थिए । जिम्बावेले पहिलो खेलमा नेपालललाई ८ विकेटले हराएको थियो । अव शनिबार वेस्टइन्डिज र सोमबार अमेरिकासँग खेल्नेछ ।
June 18, 2025
एजेन्सी – अस्ट्रेलियाको बिग बास लिग(बिबिएल) को ड्राफ्टमा नेपालका ६ क्रिकेटर अटाएका छन् । बिबिएलको १५औं संस्करणमा नेपालका ६ खेलाडी समावेश भएका बिबिएलले जनाएको छ । यस संस्करणको बिबिएल ड्राफ्ट बिहिबार हुनेछ । बिबिएल ड्राफ्टमा सन्दीप लामिछाने, देव खनाल, शेर मल्ल, अर्जुन साउद, विपिन शर्मा र आरिफ शेख रहेका छन् । नेपालबाट सन्दीपले मात्र बिबिएल […]
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले हराएको छ । सिरिजमा नेपालको यो पहिलो जित हो । स्कटल्याण्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा अन्तिम ओभरमा पूरा गरेको हो । यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । […]
June 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले स्कटल्याण्डमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा घरेलु टोलीबाट ९८ रनको सामान्य लक्ष्य प्राप्त गरेको छ । नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्याण्ड १९.४ ओभरमा मात्र ९७ रनमा अलआउट भएको हो । लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चिए । सन्दीपले पावरप्लेमा अन्य बलरले […]