default_image

3 years ago

June 21, 2023

ओमानको लगातार दोस्रो जितसँगै सुपर सिक्स सम्भावना मजबुत

389 views

0 Bookmark

एजेन्सी – ओमानले आइसिसी विश्वकप छनोटमा युएईलाई ५ विकेटले हराउँदै सुपर सिक्स सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा टेस्ट टोली आयरल्यान्डलाई ५ विकेटले हराएको ओमानले समूह बी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स सम्भावना मजबुत बनाएको हो ।

जितको लागि २ सय २८ रनको विजयी लक्ष्य पछ्याएको ओमानले ४६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । ओमानको जितमा मोहम्मद नदिम ५७ बलमा ५ चौकासहित ५० रनमा नट आउट रहे । त्यस्तै शोएब खान ७० बलमा ५ चौका र १ छक्कासहित ५२ रनमा नट आउट रहे ।

अकिब इलियास ७५ बलमा ३ चौका र १ छक्कासहित ५३, कश्याप प्रजापति ६, जतिन्दर सिंह २ र जिशान मकसुद १ रनमा आउट भए । युएईका रोहन मुस्तफा र जुनैद सिद्दिकले समान दुई विकेट लिए । आयन खानको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो । युएईका आयन खानले ५२ बलमा १० चौकासहित सर्वाधिक ५८ रनमा नट आउट रहेका थिए ।

वृत्य अरविन्द ८४ बलमा ३ चौकासहित ४९, रमिज शाहजाद ३८, आसिफ खान २७, मोहम्मद वासिम, रोहन मुस्तफा र बासिल हामिद समान ८ रनमा आउट भए । ओमानका स्पिनर जय ओडेराले ७ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए । बिलाल खान र फैयज बटले समान दुई विकेट लिए ।

ओमान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंका एक खेलमा २ जितका साथ दोस्रो स्थानमा छ । ओमानले अव शुक्रबार श्रीलंका र आइतबार स्कटल्यान्डसँग खेल्नेछ । दुई मध्य एक खेलमा विजयी हुँदा सुपर सिक्समा पुग्नेछ ।

यता युएईको लगातार दोस्रो हार हो । युएई पहिलो खेलमा श्रीलंकासँग १ सय ७५ रनले पराजित भएको थियो । युएईले शुक्रबार स्कटल्यान्ड र मंगलबार आयरल्यान्डसँग खेल्नेछ । दुबै खेलमा जितले मात्रै युएई सुपर सिक्समा पुग्न सक्दैन । अन्य टोलीको नतिजा र नेटरनरेटमा पनि निर्भर रहेनछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.