default_image

2 years ago

June 25, 2023

नेपालले नेदरल्यान्ड्ससँग हार्नुको प्रमुख पाँच कारण

282 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप छनोटमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरियो । जित्नै पर्ने खेलमा खराब ब्याटिङ गरेपछि नेपालको विश्वकप यात्रा यहिँ समाप्त भएको हो ।

जितको लागि १ सय ६८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर म्याक्स ओडाउडले ७५ बलमा ८ चौका र ४ छक्कासहित ९० रनको इनिङ खेले ।

पहिलो रोजाईका प्रमुख ७ बलर (पल भान माक्रेन, ब्रेन्डन ग्लोभर, फर्द क्लासेन, टिम भान डर गुर्टेन, शेन स्नेटर, रोलेफ भान मर्वे र स्पिनर टिम प्रिन्गल) नेदरल्यान्ड्सको टोलीमा थिएनन् । प्रिन्गल चोट र अन्य खेलाडी इंग्ल्यान्डको घरेलु क्रिकेट काउन्टीले नछोड्दा टोलीमा थिएनन् ।

तर पनि राम्रो गृहकार्यका साथ नेदरल्यान्ड्सका बलरले नेपाली ब्याटरको कमजोरीमाथि नै बलिङ गर्दै कुनैपनि समय खुलेर खेल्न दिएनन् । नेपालले हार्नुमा ब्याटरको गल्ती प्रमुख कारण छ । समग्रमा नेपालले नेदरल्यान्ड्ससँग हार्नुको प्रमुख पाँच कारण यस प्रकार छ ।

५.ठूलो साझेदारीको अभाव

क्रिकेटमा विशाल योगफल बनाउन एउटा ठूलो साझेदारीको आवश्यक पर्छनै । तर नेपालले ब्याटिङ सुरुवात देखीनै भने राम्रो गर्न सकेन । तेस्रो ओभरमै ओपनर आसिफ शेखलाई शून्यमा गुमाएको थियो । त्यो समय नेपालले ७ रन जोडेका थियो । ओपनरबाट राम्रो सुरुवात नहुँदा नेपाल दबाबमा पर्यो । नेपालले पहिलो पावर प्ले अर्थात १० ओभरमा २३ रन मात्रै बनाएको थियो ।

राम्रो लयमा रहेका कुशल भुर्तेल २७ रनमा आउट हुँदा नेपाल १४.५ ओभरमा ४६–२ को अवस्थामा छ । दोस्रो विकेटका लागि भीम र कुशलले ३७ रनको साझेदारी गरेका थिए । आरिफ शेख ६ रनमै क्याच आउट हुँदा नेपाल १६.१ ओभरमा ५४–३ को अवस्थामा थियो । नेपालले रन जोड्न सकेको थिएन । नेदरल्यान्ड्सलाई मध्यम लक्ष्य दिएर जित्न सक्ने अवस्था थिएन ।

तर खुलेर रन बनाउन पनि सकेको थिएन । नेपालले लगातार विकेट गुमाउँदै पूरा गर्यो । नेपाल सुरुवाती २५ ओभरमा ९१–४ को अवस्थामा थियो । नेपालको प्लेइङ ११ मा ललित बाहेक अन्य सबै खेलाडीले ब्याटिङको क्षमत राख्छन् । त्यसैले एउटा ठूलो साझेदारीले खेलमा फर्किन सक्थ्यो । तर कुनैपनि खेलाडीको जोडीले राम्रो र ठूलो साझेदारी गर्न सकेनन् ।

साझेदारी हुँदा रन बनाउन सहज हुन्छ । क्रिजमा धेरै समय बिताएपछि रनको गति पनि बढ्छ । तर नेपाली ब्याटरले त्यो धैयता क्रिजमा देखाउन सकेनन् । त्यसैले सस्तैमा अल आउट भएको हो । नेपालले जिम्बावेविरुद्ध २ सय ९० रन बनाउनुको मुख्य कारण पहिलो विकेटका लागि आसिफ र कुशलको १ सय ७१ रनको शतकीय साझेदारी नै थियो ।

४.महत्वपूर्ण टस हार्नु

नेदरल्यान्ड्सविरुद्ध टस निकै महत्वपूर्ण हुने पक्का थियो । नेपालले पहिला भन्दा पनि लक्ष्य पछ्याउँदा सानदार प्रदर्शन गर्दै आएको थियो । नेदरल्यान्ड्सका प्रमुख बलर नहुँदा दोस्रो इनिङमा ब्याटिङ गर्न सहज हुन सक्थ्यो ।

तर नेपालले पहिला टस हारेर ब्याटिङको निम्तो पाएको थियो । विहानको समयमा ब्याटिङ गर्न कुनैपनि टोलीलाई कठिन पर्दछ । नेदरल्यान्ड्सले पनि त्यसको भरपूर्ण फाइदा उठायो । यदि टस जितेर नेपालले लक्ष्य पछ्याएको भए नतिजा अर्कै आउन सक्थ्यो ।

३.बलिङमा सानदार सुरुवात गर्न नसक्नु

नेपालले उक्त ब्याटिङ गरेपछि जितको अन्तिम आशा बलिङ थियो । बलिङमा पनि नेपालको सुरुवाती १० ओभरले निर्धारण गर्दथ्यो । पावर प्लेमा नेपालले तीन वा चार विकेट लिन सकेको खण्डमा खेलमा पुरा हाबी बन्न सक्थ्यो ।

दबाबमा मध्यक्रमका ब्याटरको प्रदर्शन थप खराब हुन सक्थ्यो । नेदरल्यान्ड्सको तल्लोक्रम ब्याटिङ भने कमजोर छ । तर पावर प्लेमा कुनै विकेट नदिई नेपालले ५८ रन खर्चेको थियो । पावर प्लेमै नेपालको हार पक्का बनेको थियो ।

२.खराब ब्याटिङ

नेपालको हारको एक कारण खराब ब्याटिङ हो । नेपालका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालले ७ प्रमुख ब्याटर खेलाएको थियो । ७ मध्य दुई ब्याटरले ठूलो इनिङ खेल्नु पर्ने थियो । उक्त पिचमा रन बनाउन त्यति धेरै कठिन भने थिएन । आउट फिल्ड भने केहि स्वलो थियो ।

अनुभव र धैर्यताको कमीको कारण नेपाली ब्याटरले क्रिजमा टिकेर रन बनाउन सकेनन् । नेपालको तर्फबाट सर्वाधिक धेरै रोहित पौडेलले ३३ रन बनाएका थिए । १२ टेस्ट टोलीसँग सुपर लिग खेल्दै आएको एसोसिएटको शीर्ष टोली नेदरल्यान्ड्सलाई जित्न उक्त योगफल पर्याप्त थिएन ।

१. नेपाली ब्याटरले शर्ट बल खेल्न नसक्नु

नेपालको हारको मुख्य कारण शर्ट बल र बाउन्सर बल खेल्न नसक्नु हो । नेदरल्यान्ड्सका तीव्र गतिका बलरले नेपालको कमजोरीको भरपूर्ण फाइदा उठाउँदै लगातार बाउन्सर र शर्ट बलका साथ नेपाली खेलाडीलाई दबाबमा राखे । कुनैपनि नेपाली ब्याटरले शर्ट बलको सामना धेरै समय गर्न सकेनन् ।

कुशल भुर्तेल, आरिफ शेख, रोहित पौडेल, दीपेन्द्र, करण, गुलशन सट बलमै आउट भएका थिए । नेदरल्यान्ड्सका लोगन भान बिक, बास डि लिडे, लायन केलिन र बिक्रमजित सिंहले लगातार शर्ट बलका साथ नेपाली ब्याटरलाई दबाबमा राखेका थिए ।
कुशल मल्ल तेजाबाट उत्कृष्ट क्याच आउटको शिकार भएका थिए ।

लोगन भान बिंकले चार, लिडे र सिंहले समान दुई विकेट लिएका थिए । आसिफ शेख इन साइट एज लागेर आउट भएका थिए । अन्य ६ खेलाडी शर्ट बलमै आउट भएका थिए । शर्ट बल खेल्न नसक्दा नै नेपाल सस्तैमा अल आउट हुन पुगेको थियो ।

November 18, 2025

विराटनगरको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा विराटनगर किंग्सले सनादार सुरुवात गरेको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो। विराटनगरको जितमा लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। जितको लागि २ सय २१ रनको लक्ष्य पछ्याएको पोखरा १८ .५ ओभरमा अलआउट हुँदै १ सय ६७ रनमा […]

November 18, 2025

विराटनगरद्वारा पोखरालाई कीर्तिमानी लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सबीलाई २ सय २१ रनको कीर्तीमानी चुनौती दिएको छ। एनपिएलमा कुनै टोलीले बनाएको यो सर्वाधिक योगफल हो। विराटनगरको लागि लोकेश बम र मार्टिन गप्टिलले शतकीय साझेदारी गरे। पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै एनपिएलकै सर्वाधिक २ […]

November 18, 2025

पोखराले पहिला बलिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल हुँदैछ। टस जितेर पोखरले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। पोखरा र विराटनगर दुवैसँग गत संस्करण प्ले अफमा पुग्न नसकेको तीतो अनुभव रहेको छ। त्यसैले दुबै टोली जितबाट यो सिजनको सुरुवात गर्ने दाउमा रहनेछन्। विराटनगर स्टार खेलाडी सन्दीप लामिछानेको कप्तानीमा हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा […]

Success

Thank you for your time.