2 years ago
June 25, 2023
एजेन्सी – युवा ब्याटर ब्रेन्डन म्याकमुलेनको सानदार शतकमा स्कटल्यान्डले आइसिसी विश्वकप छनोटमा ओमानलाई ३ सय २१ रनको विशाल लक्ष्य दिएको छ । बुलावायो क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड निर्धारित ५० ओभरमा ३ सय २० रनमा अल आउट भयो ।

स्कटल्यान्डका २३ वर्षीय युवा खेलाडी ब्रेन्डन म्याकमुलेनले १ सय २१ बलमा १४ चौका र ३ छक्कासहित १ सय ३६ रनको सानदार शतकीय इनिङ खेले । उनको यो करिअरको पहिलो शतक हो ।
कप्तान रिची बेरिंग्टन ६२ बलमा ७ चौकासहित ६० रनमा आउट भए । तेस्रो विकेटका लागि रिची बेंरिग्टन र म्याकमुलेनले तेस्रो विकेटका लागि १ सय ३८ रनको शतकीय साझेदारी गरेका थिए ।
म्याथ्यु क्रस ५५ बलमा २ चौकासहित २७ रनमा आउट भए । दोस्रो विकेटका लागि म्याथ्यु र म्याकमुलेनले ८२ रनको साझेदारी गरेका थिए । मार्क वाट् २५ र थोमस मार्किन्टस ३२ रनमा आउट भए ।
ओमानका तीव्र गतिका बलर बिलाल खानले १० ओभरमा २ मेडनसहित ५५ रन खर्चेर ५ विकेट लिए । फैयाज बटले दुई र जय ओडेराले एक विकेट लिए । यस खेलमा विजयी हुने टोली सुपर सिक्समा जानेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]